0
गोल्डेन न्यूज संवाददाता
 पोखरामा खाजा घरको नाममा खोलिएका रेष्टुरण्टभित्र अबैध यौन व्यवसाय हुने गरेको खुलासा भएको छ । पोखराको जाल्पारोड स्थित अधिकांश खाजा घरहरुबाट शुक्रवार ठूलो संख्यामा यौनकर्मीहरु पक्राउ परेका छन् । पोखरा–८ जाल्पारोड स्थित सात वटा खाजाघरमा छापा मारेर प्रहरीले ३१ महिला र १२ पुरुष सहित ४३ जनालाई पक्राउ गरेको छ । यसअघि यौन व्यवसायको लागि नाम चलेको बाग्लुङ बसपार्कमा नियन्त्रण गरेपछि त्यहाबाट विस्थापित भएकाहरु पोखराकै बिभिन्न स्थानमा यौन व्यवसायमै संलग्न भएको पाईएको छ । सोहि सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रवार अपरान्ह  रहरुमा छापा मारेको हो । कतिपयलाई आपत्तिजनक अबस्थामा भेटिएको र कतिपय युवतीहरु यौन व्यवसायकै लागि सो स्थानमा आश्रय लिएर बसेकाहरु पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरिक्षक विरेन्द्र गोदारले जानकारी दिए । पक्राउ पर्नेमा खाजा घरको सञ्चालक, यौन ब्यबशायका लागि राखिएका युवती र तीनका ग्राहकको साथै खाजाघरमा खाजा खाँदै गरेका समेत छन् । यौन व्यवशाय सञ्चालनको लागि कोठा भाडामा दिने घरबेटीपनि पक्राउ परेका छन् । यौन व्यवसाय सञ्चालनका लागि आफ्नो घरमा दुई तला भाडामा दिने घरबेटी बुद्धि बहादुर जिसी पनि पक्राउ परेका छन् । बढी भाडा लिने लोभमा अवैध कार्यका लागि कोठा भाडामा दिने घरबेटी पनि उत्तिकै दोषी हुने प्रहरी उपरीक्षक हरि बहादुर पालले बताए । कोठा भाडामा दिदा कुन प्रयोजनको लागि भन्ने बिषयमा घरबेटी पहिल्यै सचेत हुनुपर्ने र भाडामा दिएका कोठामा भैरहेका क्रियाकलाप बारे पनि जानकार हुनुपर्ने उनले बताए । पक्राउ परेका सबैलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

Post a Comment

 
Top