0
नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाइएको छ । डिजेल र मटितेलमा २ रुपैयाँ मूल्य घटेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य लिटरको १०४ रुपैयाँ भएको छ । डिजेल र मटितेल भने ८२ रुपैयाँ भएको छ । नियमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि समायोजन गरेको छ । ग्यासमा प्रति सिलिण्डर ३५ रुपैयाँ मूल्य घटेको छ । अब ग्यास प्रतिसिलिण्डर १ हजार ४०० रुपैयाँ भएको छ ।

Post a Comment

 
Top