गोल्डेन न्यूज संवाददाता
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखराको लामाचौरमा सोमबारदेखि हरितालिका तीज महोत्सव–२०७२ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाली कला, सँस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले संस्थाको १९ औं वार्षिकोत्सवको अवसर पारी तीज महोत्सव सुरु भएको हो । स्थानीय ईन्द्रराज्य लक्ष्मी उच्चमाविको प्राङ्गणमा ३ दिनसम्म चल्ने महोत्सवलाई सफल पार्न लामाचौरबासी लागिपरेका छन् । महोत्सवका अन्य आकर्षणहरुमा अन्तरमावि छात्रा भलिबल, तीजगीत प्रतियोगिता, अन्तरमावि लोकनृत्य प्रतियोगिता, नरबहादुर बानियाँ स्मृति सितरियो कराँते, महिला म्यूजिक चियर, घैटो फुटाउने, टायरमा बल छिराउने, रस्साकस्सी, पत्रकार दौड, स्रष्टा सम्मान लगायत विभिन्न कलाकारको दिनहुँ प्रस्तुति रहने प्रचार संयोजक अर्जुन अधिकारीले जानकारी दिए । महोत्सव तथा भलिबल प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले उद्घाटन गरे । उनले स्थानीय कला बसँस्कृतिको संरक्षण र खेलकुद विकासमा क्लबले पु¥याएको योगदानको प्रशंसा गरे । उनले लामाचौरमा संस्थाद्धारा निर्माणाधीन खेलमैदानमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
संस्थाका अध्यक्ष धर्ममानसिंह भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा क्लबका पूर्वअध्यक्ष सञ्जय अधिकारी, प्रथम उपाध्यक्ष रहेका महोत्सवका अर्थसंयोजक बमबहादुर गुरुङ, सचिव लक्ष्मी पाण्डेले बोलेका थिए । संस्थाले हरेक वर्ष तीजको अवसरमा आयोजना गर्ने महोत्सवबाट संकलित रकम विभिन्न सामाजिक क्रियाकलापमा खर्चिदैआएको समाजका निवर्तमान अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीले बताए । उद्घाटन समारोहमा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला अध्यक्ष यामबहादुर गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । लोकदोहोरी गायक चोलेन्द्र पौडेल, जानकी तारणी मगर, चन्द्रा कार्कीलगायतका कलाकारले साँस्कृतिक कार्यक्रममा दर्शकलाई भरपूर मनोरञ्जन दिलाएका थिए । तीजगीत प्रतियोगितामा १७ टिमको सहभागिता छ । कैलास विकास बैकको मुख्य प्रायोजनमा आयोजित महोत्सवमा खानाका तथा विभिन्न प्रदर्शनीका स्टलहरु पनि राखिएका छन् ।

Post a Comment