गोल्डेन न्यूज संवाददाता
पोखरा आउन चाहेका पर्यटकलाई सहि सन्देश पु¥याईदिन यहाँका पर्यटन व्यवसायीले विभिन्न मुलुकका संचारमाध्यमसँग आग्रह गरेका छन् । भूकम्प पछि पोखरा र आसपासका क्षेत्र असुरक्षित भएको भन्दै पर्यटक आउन डराएकोले उनीहरुलाई सकारात्मक सन्देश प्रवाह गरिदिन व्यवसायीको आग्रह छ । पोखरा सुरक्षित रहेको बारे सन्देश सम्पे्रषण गरिदिन व्यवसायीको संचारकर्मीलाइ आग्रह छ । पोखरा आएका विभिन्न मुलुकका पत्रकार र ट्राभल एजेन्सी सँग पोखरा पर्यटन पुर्नजागरण समिति (पिटिआरसी) ले सोमबार आयोजना गरेको अन्तरक्रियामा व्यवसायीले सहि सूचना दिएर पर्यटकलाई नेपाल घुम्न पठाइदिन आग्रह गरे । भूकम्प आएपनि पोखरा र आसपासका क्षेत्र सुरक्षित रहेकोले घुम्नका लागि कुनै खतरा नरहेको भन्दै व्यवसायीले उचित वातावरण बनाइदिन संचारकर्मीसँग आग्रह गरे ।
‘पोखरा धेरै विदेशी पर्यटकले रुचाएको ठाउँ हो । तर, अहिले भूकम्पका कारण उनीहरु चाहेर पनि नेपाल आउन सकेका छैनन । त्यहि भएर हामीले सकारात्मक सन्देश सम्पे्रषण गर्न अनुरोध गर्छाै’ पिटिआरसीका संचार संयोजक टिकाराम सापकोटाले भने, ‘यस्तो बेला संचारकर्मीको भूमिका महत्वपूर्ण रहेको छ । हामीले सकारात्मक सन्देशको अपेक्षा गरेका छौ ।’ पर्यटकीय पूर्वाधार बाहेक राजमार्ग, विमानस्थल पुरै सुरक्षित रहेकोले त्रसित हुनुनपर्ने उनले बताए । कार्यक्रममा पिटिआरसी संयोजक गणेशबहादुर भट्टराइले नेपाल आउने विदेशी पर्यटकलाई यतिबेला सहि र सकारात्मक सन्देशयुक्त समाचारको खाँचो रहेको बताए । नेपालका १४ जिल्ला मात्र भूकम्पले प्रभावित भएकोले अन्यत्र सुरक्षित ठाउँमा घुम्न कुनै समस्या नरहेको भन्ने सन्देश सुरक्षित रहेको भन्ने सन्देश पु¥याइदिन भट्टराईको संचारकर्मीलाई आग्रह थियो । पर्यटन बोर्ड पोखराकी अधिकृत श्रद्धा श्रेष्ठले पर्यटकहरु नेपालको संस्कृति, साहसिक पर्यटन, रहनसहन, प्रकृतिसँग रम्न रुचाउने बताइन । उनले पनि भूकम्पले सिमित पर्यटकीय धरोहर र सांस्कृतिक सम्पदामा मात्र असर पारेकोले पुरै नेपाल घुम्न आउन डराउन नपर्ने बताईन ।
कार्यक्रममा नेपाल एशोसिएसन अफ टुृर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष पोमनारायण श्रेष्ठले सुरक्षित क्षेत्रमा घुम्न कुनै समस्या नभएकोले सकारात्मक सन्देश दिएर पर्यटक आउने वातावरण बनाइदिन संचारकर्मीसँग आग्रह गरे ।
Post a Comment