गोल्डेन न्यूज संवाददाता
तीज पर्वको अवसर पारेर सिद्धार्थ टोल विकास संस्था पोखरा–४ ले रामकृष्णटोलमा शुभकामना आदान–प्रदान र दर खाने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष गोमा कोइराला सुवेदीले कार्यक्रममा गीत गाउने र नाच्नेलाई पुरस्कारको समेत व्यवस्था गरेकी थिइन । उनले कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्दै स्थानीय सर्वसाधारण तथा संस्थामा संलग्न सबैको सहयोगले आफ्नो नेतृत्वमा तीज विशेष कार्यक्रमका साथै अन्य रचनात्मक काम हुँदै आएको बताइन । कार्यक्रममा शुभकामना महिला विकास केन्द्रकी अध्यक्ष राधिका थापा, नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कल्पना श्रेष्ठ, सिद्धार्थ क्लवका सचिव तीर्थ श्रेष्ठ, पोखरा–४ टोल समन्वय समितिका कोषाध्यक्ष गोमा गोदार, नेवाः झिंः गुठी, बगालेटोलका अध्यक्ष भक्तराज श्रेष्ठ, नागरिक मञ्चका संयोजक अनन्त लम्साल, वडा नं. ४ का वडा सचिव दुर्गा प्रसाद कोइराला, हुर्जा कास्कीका अध्यक्ष राजेश पराजुली र सिद्धार्थ टोल विकास संस्थाका निवर्तमान अध्यक्ष पार्वती माकाजू लगायतले तीजलाई भड्किलो तवरले नभइ मौलिक तवरले मान्नुपर्नेमा जोड दिएका थिए । यसैगरी संस्थामा अक्षयकोष राख्नेहरु मध्येबाट देवमाया कोइराला, देवकुमारी माकाजू, पोखरा–उपमहानगरपालिका कार्यक्रम अधिकृतहरु दुर्गा न्यौपाने, सविता ढुङ्गाना र सरस्वती अधिकारीले सिद्धार्थ टोल विकास संस्थाले गरेका कामको सह्राना गरेका थिए । कार्यक्रम संयोजक ज्योति कोइराला, संस्थाकी सचिव सीमा कोइराला र उपाध्यक्ष सम्झना माकाजूले पनि त्यस अवसरमा बोलेका थिए ।
Post a Comment