0
गोल्डेन न्यूज संवाददाता
शान्तिदीप बोर्डिङ स्कुल, ताराकुञ्ज बोर्डिङ स्कुल, अमरसिंह नमुना उमावि नेपाली विभाग र पोखरा एकेडेमी बाटुलेचौर पोखरा–२७ हेमजा मिलनचोक खेलमैदानमा जारी प्रथम अन्तरमावि छात्र फुटबल प्रतियोगिता–२०७२ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाल विद्यालय फुटबल सङ्घ कास्कीको आयोजनामा बिहीबार सम्पन्न पहिलो प्रिक्वाटर फाइनल खेलमा शान्तिदीप बोर्डिङ स्कुलले अञ्जुली बोर्डिङ स्कुललाई टाइब्रेकरमा ३–२ ले पराजित ग¥यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो खेलमा ताराकुञ्ज बोर्डिङ स्कुलले अमरसिंह नमुना उमावि अंग्रेजी विभागलाई टाइब्रेकरमा ४–१ ले पाखा लगायो ।   निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । तेस्रो खेलमा अमरसिंह नमुना उमावि नेपाली विभागले चिल्ड्रेन्स एकेडेमीलाई ३–० ले हरायो । चौथो खेलमा पोखरा एकेडेमीले रिभरडेल बोर्डिङ स्कुललाई १–० ले निराश पा¥यो । कास्की मोडनाइज्ड एकेडेमीले हिमालयन बोर्डिङ स्कुललाई ९–१ को फराकिलो अन्तरले परािजत ग¥यो । दोस्रो खेलमा वेलनन एकेडेमीले हेमजा बोर्डिङ स्कुललाई ६–३ ले हरायो । तेस्रो खेलमा धौलागिरि बोर्डिङ स्कुल हेमजाले स्नो भ्यू एकेडेमी हेमजालाई १–० ले निराश पा¥यो । चौथो खेलमा आदर्श बोर्डिङ स्कुलले वेसलाइन एकेडेमीलाई ३–० ले पाखा लगायो ।शुक्रबार कास्की मोडनाइज्ड एकेडेमी र टप्स उमाविबीच पाँचौं, वेलनन एकेडेमी र बेथानी बोर्डिङ स्कुलबीच छैटौं, धौलागिरि बोर्डिङ स्कुल र मेरीगोल्ड बोर्डिङ स्कुलबीच सातौं तथा आदर्श बोर्डिङ स्कुल र डाइनामिक बोर्डिङ स्कुलबीच आठौं प्रिक्वाटरफाइनल खेल हुने सङ्घका कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक हिमाल गुरुङले जानकारी दिए । भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टीमलाई नगद १५ हजार तथा उपविजेता टीमलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Post a Comment

 
Top