0
गोल्डेन न्यूज संवाददाता
गत वैशाख १२ गते नेपालमा गएको महाभूकम्पले प्रभावित भएको पोखराको पर्यटन क्षेत्र उकास्नका लागि फिनल्याण्डको हुमक विश्वविद्यालयसँग सहकार्य हुने भएको छ । पोखरा पर्यटन परिषद (पिटिसी) र विश्वविद्यालय का पदाधिकारीबीच सहकार्य गर्ने बारे आइतबार पोखरामा छलफल भएको थियो । पोखरा र आसपासका पर्यटन क्षेत्रको प्रर्वद्धनका लागि विश्वविद्यालयले सघाउने बारेमा प्रारम्भिक चरणको छलफल भएको पिटिसीका अध्यक्ष सोमबहादुर थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार हुमक विश्वविद्यालयले साहसिक पर्यटन र त्यससँग सम्बन्धित विषयमा अध्ययापन गराउँदै आएको छ । पोखरा र आसपासका साहसिक पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा सघाउन विश्वविद्यालय तयार भएको उनले बताए । विश्वविद्यालयले पोखरा र आसपासका साहसिक पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सघाउने गरि विद्यार्थी पठाउने र पोखराको बारेमा फिनल्याण्डमा प्रचार–प्रसारमा सघाउने बारे छलफल भएको हो’ उनले भने,–‘त्यसो भयो भने पोखराबारे अन्तर्राष्ट्रियस्तरमा अझै सकारात्मक सन्देश फैलन्छ । भूकम्पको मार खेपेको यो बेला अन्तर्राष्ट्रिय सम्बन्धले पोखराबारे सकरात्मक सन्देश जान्छ ।’ साहसिक गन्तव्य प्रवद्र्धनमा सघाउनका लागि विश्वविद्यालय तयार भएको उनले बताए । अध्यक्ष थापाका अनुसार विश्वविद्यालयले वार्षिक रुपमा विद्यार्थीलाई पोखरा घुम्न पठाउनेछ । त्यसले गर्दा पोखराबारे सकारात्मक सन्देश फैलाउन सहज हुनेछ । पोखरा आएका विश्वविद्यालयका विद्यार्थीले यहाँका साहसिक प्रोडक्टबारे अनुसन्धान गर्नेछन् । पोखरा र आसपासका क्षेत्रमा अहिले भूकम्पले पारेको असर कम गर्न विश्वविद्यालय सँगको सहकार्यले सघाउने थापाले बताए ।
‘पोखरा र आसपासका साहसिक क्षेत्रको प्रवद्र्धन गर्न सके अहिलेको शून्यतामा केहि राहत मिल्छ । पोखरा बारे अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश फैलाउनु नै अहिलेको आवश्यकता हो’ उनले भने,–‘त्यहि आवश्यकता पुरा गर्न चाहेका हौं । विश्वविद्यालयका विद्यार्थी ल्याउन सक्ने हो भने पोखराबारे सकारात्मक सन्देश जाने र यहाँका सामसिक गन्तव्य अभ्यासका लागि उपयुक्त थलो बन्न सक्नेछन् ।’
व्यवसायीसँगको छलफलमा बोल्दै विश्वविद्यालयका म्यानेजर टिमो पार्ककोलाले पोखरासँग सहकार्य गर्न पाउनु विश्वविद्यालय का लागि सुखद् हुने बताए । उनले नेपालको साहसिक पर्यटन प्रवद्र्धनमा सघाउन पाउँदा खुशी लागेको बताए । ‘विश्वविद्यालयले धेरै विद्यार्थीलाई साहसिक पर्यटकीय गन्तव्यबारे अध्ययन गर्न पोखरा पठाउन सक्छ । त्यसो भयो भने पोखराबारेको सन्देश पनि फैलन्छ’ उनले भने, ‘यतिबेला पोखरालाई सकारात्मक सन्देश प्रवद्र्धनको खाँचो छ । त्यो पुरा गर्न यो सहकार्यले सघाउँछ । पोखरा र आसपासका क्षेत्रमा साहसिक पर्यटक प्रवद्र्धन गर्ने थुपै्र पूर्वाधार भएकोले पनि यतिबेला सहकार्य जरुरी रहेको उनले बताए । विश्वविद्यालयलाई पोखराको सहयोग चाहिएको र पोखराले अन्तर्राष्ट्रिय सहयोग खोजिगरिरहेको बेला यो सहकार्य हुनु सुखद् हुने उनले बताए । ‘पोखराको बारेमा यतिबेला सकारात्मक सन्देश प्रवाहको खाँचो छ । हामीले त्यहि सन्देश प्रवाहमा सघाउने छौ’ उनले भने,–‘त्यसले पोखरामा आगामी दिनमा साहसिक पर्यटक भित्र्याउन सघाउनेछ ।’ विश्वविद्यालयका प्राध्यापक किम लिण्डब्लाडले पोखरा र विश्व विद्यालयबीय सहयोग आदानप्रदान गर्नका लागि आफूहरुले सक्दो पहल गर्ने आश्वासन दिए । ‘विद्यार्थीलाई अभ्यासका लागि पोखरा पठाउन सकियो भने उनीहरुले व्यवहारीक ज्ञान पाउनेछन्’ उनले भने, ‘त्यसले व्यवसायिक रुपमा पोखरालाई फाइदा त हुनेछ नै प्रवद्र्धनमा पनि सहयोग पुग्नेछ । पोखरामा साहसिक पर्यटन प्रवद्र्धन गर्ने थुपै्र पूर्वाधार रहेको भएपनि पाहुना अभावमा ती पूर्वाधारले काम नपाएकोले यो सम्बन्धले आगामी दिनमा पोखराको बारेमा सन्देश फैलाउन सघाउने उनले बताए । हमक विश्वविद्यालय ले दुई सिजनमा विदेशी विद्यार्थी पढाउँदै आएको छ । साहसिक पर्यटन र सामाजिक समावेशीकरण बारे विश्वविद्यालयले वर्षमा ३०÷३० जना विद्यार्थीलाई पढाउँदै आएको छ

Post a Comment

 
Top