गोल्डेन न्यूज संवाददाता
गत वैशाख १२ गतेको विनासकारी भूकम्प र त्यसपछिका पराकम्पबाट सुरक्षित रहेको पोखरालाई विश्वमाझ चिनाउँदै पर्यटन प्रबद्र्धनमा लाग्नुपर्नेमा बिज्ञहरुले जोड दिएका छन् । एबीसी टेलिभिजनले आफ्नो वार्षिकोतसवको अवसरमा मंगलवार आयोजना गरेको ‘हाम्रो पोखरा, सुरक्षित पोखरा’ बिषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्ने बक्ताहरुले प्राकृतिक रुपमा सुन्दर पोखरा भौगोलिक रुपमा पनि सुरक्षित रहेको सन्देश बिश्व बजारमा पुर्याउदै पर्यटन प्रबद्र्धन गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा सुरक्षित पोखराको बिषयमा कार्यपत्र प्रस्तुत गर्दै ईन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डीन डा. भरतराज पहारीले बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पोखरामा कुनैपनि भौतिक क्षति नहुनु पोखरा भौगोलिक रुपमा पनि मजवूद छ भन्ने प्रमाणित हुने बताए । पोखराको भौगोलिक अवस्था मजवूत रहेकाले भूकम्पबाट क्षति ब्यहोर्नुनपरेको उनको भनाई छ । भविष्यमा हुने जो जोखिमलाई टार्न सुरक्षित भबन निर्माणमा जोड दिनुपर्ने उनले सुझाए । भवन निर्माण विधिमा हुने त्रुटीले जोखिम निम्तने उनले बताए । ‘भवन निर्माण गर्दा बिज्ञतालाई ख्याल गर्दै बिधिसंवत योजना र डिजाईनमा जमिन र जगको सन्तुलन कायम गरी घर बनाउनुपर्छ ’ उनले भने । निर्माण सामाग्रीको प्रयोगमा पनि विशेष ध्यान दिन उनको सुझाव छ । पोखरा उपमहानगरपालिकाका वरिष्ठ ईन्जिनियर शारदा मोहन काफ्लेले पोखरा पूर्ण रुपमा सुरक्षित रहेको बताए । भूकम्पबाट नगर क्षेत्रमा क्षतिको कुनै जानकारी नआएकाले पोखरा भौगोलिक रुपमा पनि सुरक्षित रहेको उनले बताए । सुरक्षित आवासको लागि लागू भएको भवन संहिता परिमार्जनको तयारी गरिरहेको उनले जानकारी दिए । पोखरा उपमहानगर पालिकाले सुरक्षित नगरको रुपमा स्थापित गर्न गरिरहेका प्रयास बारे उनले जानकारी गराएका थिए ।पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनालले २०३२ सालमा तयार गरिएको मापदण्ड पोखराको लागि अहिले अब्यबहारिक भएको बताए । प्रविधिको विस्तार सँगै मापदण्डह रु परिमार्जन गरी मानव निर्मित संरचनालाई सुरक्षित बनाउनुपर्नेमा उनले जोड दिए ।भूगोलविद् डा. कृष्ण केसीले पोखराको बीचबाट बगेको सेती नदी र त्यस आसपासका धर्तीफाटालाई पनि पर्यटकीय आकर्षणको रुपमा चिनाउन सक्नुपर्ने बताए । गत बैशाखको भूकम्पबाट पोखरा सुरक्षित रहेको र भईपरी आउने विपतबाट पनि जोगिन सकिने गरी संरचना निर्माण गर्नुपर्नेमा उनले जोड दिए । राष्ट्रिय ताल संरक्षण विकास समितिका अध्यक्ष नानीकाजी थापाले तालहरुको संरक्षण गर्दै पर्यटन प्रबद्र्धनमा लाग्नुपर्ने बताए । पोखरा उपत्यकामा रहेका तालहरुको संरक्षणका लागि समितिले काम गरिरहेको उनले बताए ।एविसि मिडिया ग्रुपका प्रबन्ध निर्देशक शुभशंकर कंडेलले गत बैशाख १२ गतेको भूकम्पबाट देशका केहि जिल्ला प्रभावित भएपनि पोखरा सुरक्षित रहेकाले सोहि अनुसारको सन्देश प्रवाहको लागि कार्यक्रम गरिएको बताए । भूकम्पपछि सुस्ताएको पर्यटन क्षेत्र उकास्ने दायित्व राज्यको भएपनि त्यस अनुसारको काम हुन नसकेको उनले औल्याए । देशलाई निकास दिन आन्दोलनकारी शक्तिहरुलाई पनि साथमा लिएर समयमै संविधान जारी गर्नुको विकल्प नरहेको उनले बताए । पोखरा पर्यटन पुनर्जागरण समितिका संयोजक गणेश बहादुर भट्टराईले पोखराका पर्यटन ब्यबसायीहरु यहाको पर्यटन पुनरुत्थानको लागि खटिरहेको र पोखरा सुरक्षित छ भन्ने सन्देश दिंदै पर्यटन आगमनको प्रतिक्षामा रहेको बताए । समितिका सह–संंयोजक टिकाराम सापकोटाले पोखरा र यस आसपासका सबै पर्यटकिय क्षेत्र सुरक्षित रहेको बताए । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा पोखरा सुरक्षित रहेको शन्देश दिदै पर्यटन प्रवद्र्धन गर्नुको विकल्प नरहेको उनले बताए । वार्षिकोत्सव को अवसर पारेर मुलुकका विभिन्न भागबाट कार्यक्रमहरु प्रत्यक्ष प्रसारण गर्दै आएकोमा पोखरा प्रबद्र्धनका लागि प्रत्यक्ष अन्तत्र्रिmया कार्यक्रम गरिएको टेलिभिजनका पश्चिमाञ्चल ब्यूरो प्रमुख एमबि आस्थाले जानकारी दिए ।
Post a Comment