0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा लक्ष्मीप्रसाद त्रिपाठी र एल के शर्माले उमेदवारी दर्ता गराएका छन् । महिला सदस्यमा २, संस्थागतमा २ र एशोसिएटमा २ जनाले उम्मेदवारी दिएका छन् भने १० सदस्य पदका लागि २४ जनाले उम्मेदवारी दिएका छन् । संघको निर्वाचन तालिका अनुसार बिहीबार विहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको थियो । अध्यक्ष पदका प्रत्यासी त्रिपाठी र शर्माले आफ्नो प्यानल सहित उम्मेदवारी दर्ता गराएका हुन् ।उम्मेदवारी दिएकामा एशोसिएटमा भक्तबहादुर के.सी र उपेन्द्र सुवेदी, संस्थागत तर्फ होटल एशोसिएशनका दामोदर भक्त थापा र बेगनासताल बस संचालन समितिका बुद्धिप्रसाद बाँस्तोलाले उम्मेदवारी दिएका छन् ।महिला सदस्यमा विमला कुमारी बस्नेत र दिलकुमारी दाहाल सन्ध्याले उम्मेदवारी दिएका छन् । एशोसिएट, संस्थागत र महिला सदस्य एक÷एक पदका लागि ६ जनाको उम्मेदवारी परेको हो । एशोसिएटका केसी, संस्थागतका थापा र महिला तर्फका दिलकुमारी दाहाल त्रिपाठी समूहका हुन ।यसैगरी खुल्ला तर्फ १० सदस्य पदका लागि २४ जनाको उम्मेदवारी परेको छ । सदस्यमा त्रिपाठी समूहबाट कृष्णहरि भण्डारी, बलराम ढकाल, छत्रधर आत्रेय, भरतकुमार अधिकारी, बसन्त मोहन भट्टराई, विनोद श्रेष्ठ, ऋषिराम जमरकट्टेल, प्रशान्त धमला, गोपिचन्द्र वास्तोला, मेनुका श्रेष्ठ, रामजी पौडेल र राजेन्द्र ओझाले उम्मेदवारी दर्ता गराएका छन् ।शर्माको समूहबाट एशोसिएटमा उपेन्द्र सुवेदीले उम्मेदवारी दिएका छन् भने सदस्यमा धिरज श्रेष्ठ, भिमवहादुर सार्की, वीरभद्र कंडेल, धनु गिरी, दिपेन्द्र ज्योति ढुंगाना, गितादेवी सुवेदी, महेश्वर आचार्य, पूर्णवहादुर घले गुरुङ्ग, रामजी प्रसाद अधिकारी र शिवप्रसाद भण्डारी रहेका छन् । मेजर रामप्रसाद गुरुङ्ग र कृष्ण प्रसाद तिवारी भने कुनै पनि समूहमा खुलेका छैनन् ।संघको असोज ३ गते नयाँ कार्यसमितिको निर्वाचनमा १ हजार १ सय ८४ जनाले मतदान गर्ने छ । जसमध्ये एशोसिएटमा ३५ जनाले र संस्थागतमा ६ जनाले मतदान गर्नेछन् ।

Post a Comment

 
Top