हरेक दिन संधै जसो केही न केही इभेन्ट भइरहने पोखरामा शनिबार पोखरेलीले फरक इभेन्ट मार्फत मनोरन्जन लिए । सांगीतिक कन्र्सटमा रमाउने बानी परेका पोखरेली कविता कन्र्सटमा मज्जैले रमाए । पब्लिक इभेन्टको आयोजनामा भएको कार्यक्रममा कविता र संगीतको समिश्रणलाई दर्शकले निकै रुचाए । खचाखच दर्शकले भरिएको हलमा साँझ ५ बज्दा नबज्दै जब लक्ष्य समूहले मौलिक परम्परागत बाजामा धुन सुनाए, दर्शक मन्त्रमुग्ध बन्न पुगे । जब इभेन्ट संयोजक तथा कार्यक्रमका उद्घोषक सन्जय मल्लले कार्यक्रम शुरु भएको उदघोष गरे दर्शकहरु कवितामा कन्सर्टको कौतुहलतालाई मेटाउन आतुर देखिए । लक्ष्य ब्याण्डको संगीतमा कविका कविताहरु कार्यक्रमको मुख्य आकर्षण थिए । कविहरु ईश्वरमणि अधिकारी, सरस्वती प्रतिक्षा र श्रवण मुकारुङ एउटै मञ्चमा संगीतको मिश्रण संगै कविता सुनाएर पोखरेली दर्शकलाई कविताको नौलो स्वाद चखाए । कवि ईश्वरमणी अधिकारीले धरहरा चढ्ने सपना र भूकम्पपछिको धरहराको अवस्थाका विषयमा लेखिएको ‘धराहराको रहर’ प्रेमील कविता संगीतमा वाचन गरेपछि अन्त्य सम्मै दर्शकले नयाँनयाँ कविताको फरक–फरक स्वाद लिए । कवि अधिकारीले ‘धरहराको रहर’ सँगै ‘बा डराएको दिन’ ‘मित्र’, ‘समयको स्केच’ लगायत दुई कविता संगीतमा र दुई कविता विना संगीतमा वाचन गरे ।
कविता वाचनका लागि जब इभेन्ट संयोजक तथा कार्यक्रमका उद्घोषक सन्जय मल्लले पछिल्लो समयकी प्रखर कवि सरस्वती प्रतीक्षालाई मञ्चमा बोलाए अनि दर्शक दीर्घाको तालीले हल गुञ्जियो । उनले ‘किरिया बसेकी स्वास्नीमान्छे’ ‘पहेँलो’, ‘तथागत मलाई उत्खनन गर’ र ‘किनारा’ लगायतका कविता वाचन गरेर दर्शकदिर्घाको साथ पाइरहिन । कवि प्रतिक्षाले ब्याण्डको संगीतमा दुई कविता र बिना संगीतमा दुई कविता वाचन गरिन । कविताका बिचबिचमा समेत लक्ष्य ब्याण्डले स्थानीय बाजाको नयाँ संगीतको स्वाद प्रस्तुत गरेका थिए ।’
कार्यक्रमको अन्तिम कविका रुपमा मञ्चमा उक्लिएका कवि श्रवण मुकारुङले कार्यक्रमलाई सम्बोधन गर्दै कविता वाचनको सुरुमै आमालाई सम्झिए । उनले आफ्ना चर्चित कविता ‘भानुभक्त’ ‘भूपू गोर्खाको नाममा’ र उनलाई स्थापित बनाउन सघाएको कविता ‘बिसे नगर्चीको बयान’ कविता वाचन गर्दा दर्शकबाट वान्स मोर पाईरहे । लक्ष्य ब्याण्डको संगीतसँगै निर्धारित समय साँझ ५ बजे सुरु भएको कार्यक्रम व्याण्डको संगीतबाटै निर्धारित समय साँझ ७ बजे समापन भएको थियो । प्रमुख व्यक्तित्वका रुपमा उपस्थित कवि तीर्थ श्रेष्ठले पोखरामा भएको यस्तो खालको कार्यक्रमले कवि र कविताको सम्मानको संस्कृति बढाउने मात्र नभई पोखराकै उचाई र व्यवसायिकतामा पनि जोड दिने बताए । सधंै नयाँ र फरक कार्यक्रम दिन रुचाउने पब्लिक इभेन्टले यसअघि अघिल्लो बर्ष सारङ्गी र सुगम संगीत कार्यक्रम गरि लोकप्रियता हासिल गरेको थियो ।
मोफसलमा पहिलोपटक यस प्रकारको कार्यक्रम गरिएको भएपनि कार्यक्रम सफल भएको इभेन्ट संयोजक सन्जय मल्लले बताए । ‘यो नयाँ कार्यक्रम नभएपनि फरक किसिमको इभेन्ट गर्ने एउटा प्रयास हो’ मल्लले भने । कार्यक्रम संयोजक उपेन्द्र पौडेलले भने, ‘सधैं केही न केही फरक साहित्यिक कार्यक्रम भैरहने पोखरामा यो कार्यक्रमले साहित्यप्रेमीलाई पक्कै पनि फरकपनको अनुभूति गराउन सफल भएको छ । उनले कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने बताए ।
मोफसलमा पहिलोपटक यस प्रकारको कार्यक्रम गरिएको भएपनि कार्यक्रम सफल भएको इभेन्ट संयोजक सन्जय मल्लले बताए । ‘यो नयाँ कार्यक्रम नभएपनि फरक किसिमको इभेन्ट गर्ने एउटा प्रयास हो’ मल्लले भने । कार्यक्रम संयोजक उपेन्द्र पौडेलले भने, ‘सधैं केही न केही फरक साहित्यिक कार्यक्रम भैरहने पोखरामा यो कार्यक्रमले साहित्यप्रेमीलाई पक्कै पनि फरकपनको अनुभूति गराउन सफल भएको छ । उनले कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने बताए ।
Post a Comment