गोल्डेन न्यूज संवाददाता
ओरियन ट्रेनिङ एण्ड ल्याङ्ग्वेज इन्स्टिच्युटले शुक्रवार कास्कीको ढिकुरपोखरी गाविस वडा नं. ८ पुरानो मैदान पाउदुरमा रहेको श्री लक्ष्मी सामुदायिक प्राविलाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । भूकम्पपछि इन्स्टिच्युटले कास्कीका २५ र तनहुँका विभिन्न १० वटा विद्यालयमा पुगेर पुनःनिर्माणमा सहयोग पु¥याएको थियो । विद्यार्थीहरुको अध्ययनमा सहयोग र हौसला प्रदान गर्ने उद्देश्यले करिब ३० हजार रुपैयाँ बराबरको शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरिएको हो । विद्यालयमा आयोजित कार्यक्रममा पत्रकार राजन उपाध्याय लगायतले सो सामाग्री प्रदान गरेका थिए । संस्थाका संस्थापक विष्णुप्रसाद तिमिल्सिनाले प्राथमिक उपचार बक्स विद्यालयका प्रधानाध्यापक टंक प्रसाद भण्डारी र व्यवस्थापन समितिका अध्यक्ष दण्डपाणि पौडेललाई हस्तान्तरण गरे । विद्यालयमा कक्षा ३ सम्म कुल ५४ जना विद्यार्थी अध्ययनरत छन् ।
सो अवसरमा बोल्दै ओरियन ट्रेनिङ एण्ड ल्याङ्ग्वेज इन्स्टिच्युटका निर्देशक श्रीराम तिमिल्सिनाले संस्थाले आयआर्जन, विद्यालयमा सहयोग, कम्प्युटर तालिम, नेतृत्व विकास लगायतका विषयमा तालिम प्रदान गर्दै आएको जानकारी दिए । हिंसा रहित सञ्चारका पत्रकारिता संयोजक राजन उपाध्यायले विद्यार्थी, अभिभावक र शिक्षकको त्रिकोणात्मक सम्बन्धले मात्र विद्यालय तथा विद्यार्थीहरुलाई सफलतातर्फ लैजान सकिने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दण्डपाणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक टंकप्रसाद भण्डारीले पनि बोलेका थिए ।

Post a Comment