0
गोल्डेन न्यूज संवाददाता
पोखरा सिमलचौरको मधयभागमा रहेको खाली जग्गालाई संरक्षण गरी हरियाली पार्क निर्माणमा दवाव दिन स्थानीयहरुको भेला गरेका छन् । सार्वजनिक जग्गाको संरक्षण गरौं, भावी सन्तानलाई खुला हरियाली पार्क हस्तान्तरण गरौं भन्दै २०३२ सालमा अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा नेपाल महिला संगठनको भवन निर्माण गरी महिला सम्बन्धी विविध कृयाकलापहरु गर्दै आएको त्यस क्षेत्रमा २०६८ मा जिल्ला विकास समितिले जग्गाको स्वामित्व लिएपछि केही महिनादेखि व्यवसायिक भवनका लागि सूचना प्रकाशित भएपछि पोखरा ८ का स्थानीय बासिन्दा आन्दोलित भएका छन् । २०७२ बैशाख १२ गते गएको भुकम्प पश्चात सार्वजनिक खाली जग्गालाई खाली पार्कको रुपमा विकास संरक्षण गर्नुपर्ने सरकारी निर्णय पश्चात जिविस कास्कीले अटेर गरी सो जग्गालाई भाडामा दिनु षड्यन्त्र भएकोले स्थानीयको तर्फबाट आम पोखेलीलाई समेटी जग्गाको उचित संरक्षण गर्नुपर्ने धारणा राखेका थिए । सो भेलामा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति सोभियत बहादुर अधिकारीले सार्वजनिक जग्गाको संरक्षण गर्न सबै राजनीतिक दल, सामाजिक कार्यकर्ताको सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताए । पूर्व वडा अध्यक्ष विरेन्द्रनारायण विजुक्छेले विकासलाई राजनैतिक रुपमा नहेरी सबै एक हुनुपर्ने बताए । नागरिक समाज अगुवा विष्णु प्रसाद बरालले सार्वजनिक स्थान सबैको हो भन्ने भावना ल्याउन सशक्त दवावमूलक कार्यक्रम ल्याउनुपर्ने बताए ।सोही भेलाले सृजना विकास केन्द्रका संस्थापक अध्यक्ष, पर्यटन व्यवसायी, सामािजक योद्धा डम्बर बहाुदर केसीको संयोजकत्वमा पार्क निर्माण तथा जग्गा संरक्षण समिति गठन गरेको छ । सो समितिको सहसंयोजकमा विष्णु प्रसाद बराल, कृष्ण मान ठुसाजु, सचिव कृष्ण थापा, कोषाध्यक्ष भीम पौडेल, सदस्यहरुमा गणेश बहादुर अधिकारी, राजकुमार गिरी, टेकन गिरी, रमेश बराल, राजु पौडेल, रुद्रनाथ बराल, कृष्ण प्रसाद बराल, पवित्रा के.सी., मिरा गिरी, बलराम बराल र सल्लाहकारहरुमा सोभियत बहादुर अधिकारी, विरेन्द्रनारायण विजुक्छे, परशुराम बराल, डा.भरत खत्री, हरिप्रसाद बराल र डण्डपाणि बराल रहको छन् । सो समितिले चरणवद्ध रुपमा दवावमूलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । हाललाई समितिको कार्यालय सोही स्थान वार गर्ने, सरसफाई सहित महिलाहरुको तीजगीत प्रतियोगिता गरिने भएको छ । अभियन्ता डम्बर बहादुर केसीको सभापतित्वमा भको कार्यक्रममा जाल्पादेवी महिला उद्दार संस्थाका अध्यक्ष पवित्रा केसी, जनप्रिय बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष परशुराम बराल, बराल सेवा समाजका अध्यक्ष रमेश बराल, पत्रकार कृष्ण थापा, नेकपा एमाले वडा अध्यक्ष राजकुमार गिरी, नेपाली काँग्रेसका वडा सभापति टेकन गिरी, एनेकपा माओवादीका वडा नेता कृष्ण बराल, सृजना विकास केन्द्रका अध्यक्ष राजु पौडेल, जाल्पादेवी टोल सुधार समितिका अध्यक्ष कृष्णमान ठुसाजु, सृजना टोल विकास संस्थाका बलराम बराल, अभिभावक शान्ता बराल, शैलेन्द्र ताङ्वे लगायतले जग्गा संरक्षणको लागि जस्तोसुकै दवावमूलक कृयाकलापहरु गर्न पछि पर्न नहुने धारणा राखेका थिए । सिमलचौर क्षेत्रलाई सिमल र चौरहरु भएको ऐतिहासिक ठाउँ अहिले व्यवसायिक भवन मात्र भएकोका दुःख व्यक्त गर्दै बाँकी रहेको खाली जमिन संरक्षण गरी पार्क बन्न सके आम पोखरेलीको गहना बन्न सक्ने यसका लागि सबै राजनीतिक पार्टीहरु एक हुनुपर्ने भनाई सहभागीहरुले राखेका थिए ।

Post a Comment

 
Top