0
गोल्डेन न्यूज संवाददाता
नेपाल राष्ट्रबैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले बढ्दो व्यापार आयात दरलाई व्यवस्थापन गर्न नसके अर्थतन्त्र गम्भीर संकटमा पर्ने बताएका छन् । उनले निजी क्षेत्रलाई सशक्त बनाउन लगानी मैत्री वातावरण आवश्य रहेको समेत स्पष्ट पारे । लेखनाथ उद्योग बाणिज्य संघको १९औं बार्षिक साधारणसभा तथा १०औं अधिवेशनको शनिबार लेखनाथमा उद्घाटन गर्दै गर्भनर नेपालले ८९ प्रतिशत आयात रहेको व्यापारलाई व्यवस्थापन गर्न नसके अर्थतन्त्र संकटमा पर्ने बताएका हुन । उनले मुलुकको निर्यातदर ११ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै, हुँदा–हुँदै कृषिका उत्पादनहरु समेत नेपालीले आयात गर्न थालेको बताए । ‘चामल समेत आयात हुन थालेको छ,’गर्भनर नेपालले भने–‘यही अवस्था रहिरहने हो भने रेमिटान्सले धानेको मुलुक चौपट हुन्छ ।’ उनले ६ सय १७ अर्व रेमिटान्स भित्रिएको बताउँदै ७ सय ७४ अर्व आयातमा खर्च भएको उल्लेख गरे । गर्भनर नेपालले गत आ.ब. मा ८५ अर्वको मात्र निर्यात भएको बताए ।
गर्भनर नेपालले सरकार र नीजि क्षेत्र मिले मुलुकको कायापलट गर्न सकिने उल्लेख गर्दै ८ सय २३ अर्व रुपैया राज्यमा संचिति रहेको बताए । उनले वित्तीय क्षेत्रलाई बलियो बनाउनका लागि पनि बैंकहरुका लागि पूँजी बृद्धिको व्यवस्था गर्न लागिएको उल्लेख गरे । उनले बैंक तथा वित्तीय क्षेत्रलाई धनी बन भन्दा, राष्ट्र बैंकका विरुद्ध लविङ गरेको बताए । बैंकको चुक्ता पूँजी बृद्धिका लागि मर्जर हुनुको विकल्प नभएको स्पष्ट पारे । ठूलो र बलियो बैंक बन्नका लागि मर्जरमा जानुको विकल्प नभएको गर्भनर नेपालले स्पष्ट पारे । पूर्वाधार बैंक स्थापनाका लागि राष्ट्र बैंकले खुल्ला गर्दा लाइन लागेको नेपालले बताए ।
झण्डै २३ अर्ब भन्दा बढी नाफा कमाएका वित्तीय क्षेत्रले विनाशकारी भूकम्पका बेला सामाजिक उत्तरदायित्व अन्र्तगत प्रशस्त सहयोग गर्न नसकेको आरोप लगाए । ह्याट लगाएर, चाउचाउ बाँडेको फोटो फेसबुकमा हाल्दैमा बैंकहरुको सामाजिक उत्तरदायित्व पुरा नहुने बताए । सरकारले हरेक आर्थिक गतिविधिहरुमा निजी क्षेत्रसंग सहकार्य गर्दै अघि बढनु पर्ने बेला आएको भन्दै डा.नेपालले समाजवादमा खुल्ला अर्थतन्त्रको महत्वपूर्ण भूमिका रहने स्पष्ट पारे । नयाँं संविधान घोषणा हुने भएपछि संविधान आउंदैनकी भन्ने द्विविधा अब नरहेको भन्दै गभर्नर नेपालले हरेक नागरिकले मुलुकवाट के लिएँ भन्दा पनि के दिएँ भन्ने सोचका साथ अघि  बढ्नु पर्ने वेला आएको बताए । उनले विदेशी दातृ निकायले दिएको सहयोगले २० वर्षमा हुने काम आफ्नै श्रोत र साधन जुटाएर लागे पाँच वर्षमै पूरा गर्न सक्ने ठोकूवा गरे ।
शिक्षा सचिव विश्व प्रकाश पण्डितले मुलुकले नयाँ संविधान पाए लगत्तै आर्थिक समृद्धिमा जोड दिनुपर्नेमा जोड दिए । उनले लेखनाथ नगर क्षेत्रमा धेरै सम्भावना भएको उल्लेख गर्दै त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले संघीय सरकारका श्रोतहरु बाँडफाँडमा स्पष्ट हुनु पर्नेमा जोड दिए । हाम्रो क्षेत्र हामी आफै बनाउँछौं भनेर संघीयतामा गएकाले विकासका लागि केन्द्र सरकारको मुख ताक्ने अवस्था अव नरहने बताए । अहिलेसम्म राज्यले विभिन्न क्षेत्रबाट श्रोत जुटाउँदै आएको उल्लेख गर्दै मुल्मीले अव संघियताले त्यो अवस्थाको अन्त्य भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले मुलुकले नयाँ संविधान पछि आर्थिक बृद्धिदरमा सुधार हुने आशा व्यक्त गरे ।
नेपाली कांग्रेस कास्कीका सभापति एवं सभासद् यज्ञवहादुर थापाले लेखनाथ उद्योग वाणिज्य संघले अघि सारेका राम्रा एजेण्डालाई निरन्तरता दिन आग्रह गरे । संघका अध्यक्ष बाबुराम गिरीको अध्यक्षतमा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापा, लेखनाथ नगरपालिकाका कानुनी अधिकृत राममणि अधिकारी, पारालिगल कमिटी लेखनाथकी अध्यक्ष कोपिला रानाभाट, एमाओवादी कास्कीका अध्यक्ष दिपक कोइराला, नेकपा एमाले कास्कीका उपाध्यक्ष मनवहादुर गुरुङ्ग, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दु थापा, लेखनाथ नगरपालिकाका कानूनी सल्लाहकार राममणि अधिकारी, पारा लिगल लेखनाथका अध्यक्ष कोपिला रानाभाट लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम संचालन महसचिव बलराम ढकालले गरेका थिए ।
यसैबीच लेखनाथ उद्योग वाणिज्य संघको आगामी दुई वर्षका लागि नयांँ नेतृत्व आज निर्वाचित हुँदैछ । जसका लागि आइतबार बिहान ८ बजेदेखि दिउसो २ वजेसम्म मतदान हुने निर्वाचन आयुक्त खगेन्द्रराज आचार्यले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । मतदान प्रक्रियाका लागि सम्पूर्ण तयारी पूरा भएको उनले बताए । संघको नेतृत्वका लागि वर्तमान प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र सल्लाहकार एलके शर्माबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । दुवै समूहले आ–आफ्ना समूह बनाएर चुनावी प्रक्रियालाई अघि बढाएका छन् । अध्यक्षका प्रत्यासी दुवैले आ–आप्mनो भावी योजना सार्वजनिक गर्दै चुनावमा आफूले नै जित्ने दावी गर्दै आएका छन् ।  उनीहरु दुबै आ–आप्mनो समूहमा दिनहुँ जसो ब्यवसायीहरुको घर दैलोमा पुगी आ–आफनो पक्षमा भोट माग्दै आएका छन् । लेउवासंघको विधानले अध्यक्ष सहित खुल्ला सदस्य १०, महिला सदस्य एक, एशोसिएट सदस्यमा एक र सस्थागत तर्फ एक गरी १३ सदस्यीय कार्यसमितिको चयन निर्वाचन मार्फत गर्ने ब्यवस्था रहेको छ भने अन्य पदाधिकारी कार्यसमितिको सल्लाहमा अध्यक्षले तोक्न पाउने व्यवस्था छ ।

Post a Comment

 
Top