विष्णुहरि पौडेल÷गोल्डेन
कास्कीको लेखनाथ उद्योग वाणिज्य संघको नेतृत्व पहिलो पटक वामपंथी पक्षधरले गर्ने अवसर प्राप्त गरेको छ । संघको १० महाधिवेशन बाट अध्यक्षमा निर्वाचित लक्ष्मी प्रसाद त्रिपाठी प्रजातन्त्रवादीहरुकै सहयोगमा चुनाव जितेर वामपंथी भएपनि अध्यक्ष बन्ने अवसर प्राप्त गरेका हुन् । संघको १९ बर्षको इतिहासमा पहिलो पटक बामपन्थी खेमाका लक्ष्मीप्रसाद त्रिपाठी नेतृत्वमा पुग्दा वामपंथी अर्थात कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता खुशी छन् । उनलाई अध्यक्ष जिताउन निवर्तमान अध्यक्ष बाबुराम गिरी र पूर्व अध्यक्ष सुमन भट्टराईसहित कांग्रेसका स्थानीय नेताहरुले पूर्ण सहयोग गरेका हुन् । अध्यक्षमा एमाले सम्वद्ध त्रिपाठी विजयी भएपनि कार्यसमितिमा भने कांग्रेस संवद्ध व्यवसायीहरुको वाहुल्यता छ । अध्यक्षमा निर्वाचित त्रिपाठीले ५ सय ९९ प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी लालकृष्ण शर्मा भट्टराईले ४ सय ८३ मतमात्र प्राप्त गरे । भट्टराई यसअघि पनि अध्यक्षमा पराजित भएका थिए । त्रिपाठी भने लेउवासंघमा डेढ दशक भन्दा बढी समय बिताएर अध्यक्ष बन्ने चाहनाका साथ समय गुजार्दै आएका थिए । सोही अनुरुप संघको संस्थापन पक्षको रुपमा रहेका प्रजातन्त्रवादी व्यवसायी समेतको मिश्रित प्यानल बनाएर यसपटक चुनावमा होमिएका हुन् ।
निर्वाचनबाट विजयी सदस्यमा छत्रधर आत्रेयले सर्वाधिक ७ सय ६१ मत ल्याएर विजयी भए । यसैगरी दोश्रो कृष्णहरि भण्डारीले ५ सय ९९ मत प्राप्त गरेका छन् । तेश्रोमा ५ सय ९८ मत ल्याएर बलराम ढकाल विजयी भएका छन् भने ऋषिराम जमरकट्टेल र राजेन्द्र ओझाले ५ सय ७० मत प्राप्त गरेका छन् । यस्तै भरतकुमार अधिकारीले ५ सय ६५, विनोद श्रेष्ठले ५ सय ५६, गोपीचन्द्र बाँस्तोलाले ५ सय ४७, बसन्त मोहन भट्टराईले ५ सय ३१ मत प्राप्त गरेका थिए । यस्तै गीतादेवी सुवेदी विजयीले ४ सय ९४ मत प्राप्त गरी विजयी भएकी छन् । यस्तै महिला सदस्यतर्फ डिल कुमारी दाहाल सन्ध्याले ७ सय ७७ मत प्राप्त गरेर तथा संस्थागत तर्फ दामोदरभक्त थापा र एशोसिएटमा उपेन्द्र सुवेदी राजु विजयी भएका छन् । विजयी हुनेहरुमध्ये एशोसिएट तर्फका राजु र खुल्लातर्फकी गीता सुवेदीमात्र एलके शर्माको प्यानलबाट उम्मेदवार बनेका थिए । यस पटक विजयी हुने नयाँ अनुहारमा राजेन्द्र ओझा, दामोदर भक्त थापा र उपेन्द्र सुवेदी रहेका छन् । सदस्यमा विजयी हुनेहरुमा अध्यक्ष त्रिपाठी र बलराम भण्डारी, ऋषिराम जमरकट्टेल, विनोद श्रेष्ठ र राजेन्द्र ओझा नेकपा एमाले संवद्ध व्यवसायी हुन् भने गोपीचन्द्र बाँस्तोला एमाओवादी सम्वद्ध मानिन्छन् । उल्लेखित ५ जना बाहेक अन्य सबै निर्वाचित सदस्यहरु नेपाली कांग्रेससंग आवद्ध व्यवसायी हुन् । सदस्यमा उम्मेदवारी दिएपनि विजयी हुन नसकेकाहरुमा रामजी प्रसाद पौडेलले ४ सय ६८, प्रशान्त धमलाले ४ सय ६५, मेनका श्रेष्ठको ३ सय ९४, पूर्णबहादुर घलेको ३ सय ६८, धिरज श्रेष्ठले ३ सय ५२, भिमवहादुर सार्की, ३ सय ४५, शिवप्रसाद भण्डारी ३ सय १७, मेजर रामप्रसाद गुरुङ्गले ३ सय ७, महेश्वर आचार्य २ सय ५९, धनु गिरी २ सय ७२, रामजी प्रसाद अधिकारी २ सय ६६, कृष्णप्रसाद तिवारी २ सय ५१ र दिपेन्द्रज्योति ढुंगाना २ सय ३० मत प्राप्त गरेका छन् । महिलातर्फ उम्मेदवारी फिर्ता लिएपनि बिमला थापा बस्नेतका नाउँमा २ सय ७५ मत खसेको थियो । यस पटक पराजय भोग्नेमा अघिल्लो कार्यकालका तीन सदस्य रहेका छन् । महिला तर्फका मेनका श्रेष्ठ र एशोसिएटका प्रशान्तराज धमला तथा मनोनित सदस्य मेजर रामप्रसाद गुरुङ्ग पराजित भएका हुन । कुल १ हजार १ सय ८४ मतमा एक हजार १ सय २४ मत खसेको थियो । त्यसमध्ये ३५ मत बदर भएको थियो ।
Post a Comment