0
गोल्डेन न्यूज संवाददाता
समिर शेरचन र अनिल शाहीको जोडिले उपाधिका लागि गोपीबहादुर भट्टराई र शक्ति शर्माको जोडिसंग भिड्ने भएको छ । पोखरा रंगशालामा जारी दोश्रो पोखरा ओपन टेनिस प्रतियोगिता अन्तर्गत मेन्स डबल्सको सेमिफाइनलका खेलहरुमा जित हाँसिल गर्दै दुवै टोलीले आपसी भिडन्त निष्चित गरेका हुन् । कास्की जिल्ला टेनिस संघका सदस्य एवं अग्रज टेनिस खेलाडी शान्त श्रेष्ठद्वारा आयोजित प्रतियोगिता अन्र्तगत उक्त इभेण्टको पहिलो सेमिफाइनलमा समिर र अनिलले राजु श्रेष्ठ र निरज थापाको जोडिलाई ७–६, ६–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । त्यसैगरि गोपी र शक्तिको जोडिले अनिल तुलाचन र राजन पौडेलमाथि संघर्षपूर्ण खेलमा ४–६, ६–३ र सुपरटाईमा १०–८ को नतिजा निकालेका थिए ।मेन्स डबल्सकै ‘बि’ क्याटोगोरीतर्फको खेलमा कुमार गुरुङ्ग र सुरेश श्रेष्ठको जोडिले चन्द्र लामा र विरेन्द्र लामाको जोडिमाथि ६–३,३–६ र सुपरटाईमा १०–४ को नतिजा निकाल्दै फाइनल प्रवेश गरे । सोहि इभेण्टमा हरि सिग्देल र राजेन्द्र महर्जनको जोडिमाथि ६–३, ७–५ को नतिजा निकाल्दै सूर्य भुजेल र लोक गुरुङ्गको जोडिले पनि सेमिफाइनलमा स्थान बनाए । मेन्स सिंगलको ‘बि’तर्फको खेलमा सक्षम विजुक्छेलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै नारायण पहारीले सेमिफाइनलमा स्थान बनाए । त्यस्तै हर्क गुरुङ्गले विष्णु गुरुङ्गलाई ६–३, ६–४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउँदा नविन श्रेष्ठले लक्ष्मण पहारीलाई ६–४ र ७–६ ले पराजित गर्दै फाइनल पुगे ।

Post a Comment

 
Top