गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा अर्पण र दर्पणको संयुक्त आयोजनामा सोमबार संयुक्त वृक्षरोपण कार्यक्रम पोखराको लामाचौरमा सम्पन्न भयो । पोखरा–१६ लामाचौरस्थित शुरथेश्वर शिवालय, पोखरा–१९ स्थित तल्लो अकलादेवी र माथिल्लो अकलादेवी मन्दिर हाताभित्र वृक्षारोपण गरिएको हो । त्यस अवसरमा आँप, अनार, बेलौती, सुन्तला, लिची, कागती, मेवाका साथै रुद्राक्ष, पारिजात, नीम, भक्तपुरे लप्सी पाम गरि करिब २ सय विरुवा रोपिएको थियो ।कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लव डिष्ट्रिक्ट ३२५ बी १ का वृक्षरोपण संयोजक तीर्थ बहादुर बस्नेतले सेवाको भावनाले समाज सेवा गर्दै सम्वृद्ध समाज निर्माणमा सबे लाग्नुपर्नेमा जोड दिए । उनले वृक्षरोपण गर्ने तर संरक्षण र हेरचाह नगर्ने प्रवृत्तिले वृक्षरोपणले सार्थकता पाउन नसक्ने भन्दै अर्पण र दर्पण लायन्सले वृक्षरोपण गरेर निरन्तर हेरचार र संरक्षण गर्ने विश्वास व्यक्त गरे । लायन्स क्लव अफ डिष्ट्रिक्ट ३२५ बी १ का मूल्याङ्कन संयोजक श्यामकृष्ण श्रेष्ठले मानवले मानवीयमात्र नभएर वातावरणीय काम समेत गर्ने गरेको भन्दै वृक्षरोपणले वातावरण संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने बताए । क्लवका गाइडिङ गोविन्द बहादुर खत्री क्षेत्रीले धेरै लायन्स क्लवले वृक्षरोपण गरेर औपचारिकतामात्र पुरा गर्ने तर संरक्षणका लागि फर्किएर नहेर्ने प्रवृत्ति बढ्दै गएको बताए । लायन्स क्लव अफ अर्पणकी अध्यक्ष लक्ष्मी पाण्डेले आफूहरुले रोपेका विरुवाको संरक्षण र हेरचाह गर्नमा आफू निरन्तर लागिरहने प्रतिवद्धता जनाइन ।
कार्यक्रममा जोन चियर पर्सन रमेशबहादुर खत्री, सुरेथेश्वर शिवालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी मदनबहादुर खत्री क्षेत्री लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
अर्पण लायन्सकी अध्यक्ष लक्ष्मी पाण्डे र दर्पण लायन्सका अध्यक्ष सञ्जीव थापाको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा ध्वजाको अभिवादन दर्पणका सचिव दिनेश लामिछाने, धन्यवाद ज्ञापन दर्पणका अध्यक्ष सञ्जीव थापा र कार्यक्रम संचालन अर्पणकी सचिव अमिता बानियाँ केसीले गरेकी थिइन । कार्यक्रम अर्पण क्लवकी सविता क्षेत्री बानियाँ र दर्पण क्लवका अर्जुन गौतमको संयोजकत्वमा सम्पन्न भएको थियो ।

Post a Comment