0
गोल्डेन न्यूज संवाददाता
पोखरामा रहेका एमाले निकट धादिङवासीहरुको छाता संस्था नेकपा एमाले धादिङ–पोखरा सम्पर्क मञ्च कास्कीको छैटौं वार्षिक साधारणसभा एवं चौथो अधिवेशन शनिबार हुँदैछ । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताइएको छ । मञ्चका सचिव वेनी पाठकले गोल्डेन न्यूज दैनिकलाई दिएको जानकारी अनुसार कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य एवं एमाले कास्कीका निवर्तमान अध्यक्ष मानबहादुर जिसी रहनेछन् । कार्यक्रमका लागि सभासदहरु धनबहादुर घले, गुरुप्रसाद बुर्लाकोटी पनि पोखरा आउने कार्यक्रम रहेको प्रचार–प्रसार समितिका संयोजक योगप्रसाद सापकोटाले जानकारी दिए कार्यक्रम सम्पन्न गर्नका लागि मञ्चका सचिव वेनी पाठकको मूल संयोजकत्वमा विभिन्न कमिटी गठन गरिएको छ । जसमध्ये मञ्च व्यवस्थापन समिति संयोजकमा गुणप्रसाद सापकोटा, अतिथि सत्कारमा अर्जुन खतिवडा, खाना व्यवस्थापनमा समीर अर्याल, प्रचार–प्रसारमा योगप्रसाद सापकोटा (नवराज), युवा परिचालनमा बेलबहादुर तामाङ र प्रतिवेदन लेखनमा वेनी पाठक र स्वयंसेवक परिचालनमा केशरमणि पुलामी रहेका छन् । यसैबीच मञ्चको चौथो अधिवेबाट नेतृत्व लिन वर्तमान सचिव वेनी पाठक र सल्लाहकार वीरबहादुर थापाले ईच्छा जाहेर गरेको बताइन्छ । पाठकले यसअघि ३ कार्यकाल सचिव भएर काम गरिसकेका छन् भने थापाले सल्लाहकारको भूमिका निर्वाह गर्दै आइरहेका छन् । गोल्डेन न्यूज दैनिक संग कुरा गर्दै अध्यक्षका प्रत्यासी थापाले सबैले मेरो अवश्यकता ठाने आफू नेतृत्व लिन तयार भएको बताए । यस्तै अर्को प्रत्यासी पाठकले भने खुरेर बोल्न चाहेनन् । उनले भने–‘पहिला कार्यक्रम सम्पन्न गरौं, अन्य विषय पछि सोचौंला ।’ सबै धादिङवासी लाई एकठाउँमा ल्याउने आफ्नो चाहना भएको उनले बताए । मञ्चमा थापालाई अध्यक्ष दिन हुन्न भन्ने मत रहेको समेत बताइन्छ भने पाठकले पार्टी र मञ्चप्रति कर्तव्यनिष्ठ भएर काम गरेकाले पाठकले नै नेतृत्व गर्नुपर्ने मञ्चमा आवद्ध केही सदस्यको भनाइ छ ।  अध्यक्षमा चाहना गरेको थापा नेकपा एमाले पोखरा उप–महानगरपालिका वडा नं. १२ का अध्यक्ष भएर काम गरिसकेका छन् । यसैगरी मञ्चको वरिष्ठ उपाध्यक्षमा पुनः अर्जुन खतिवडाले नै दोहो¥याउने सम्भावना छ भने वर्तमान उपाध्यक्ष भुवन पाण्डेले पनि वरिष्ठ उपाध्यक्षमा चाहना गरेको बताइन्छ । मञ्चको उपाध्यक्षमा वर्तमान कोषाध्यक्ष प्रेम थापा, कार्यसमिति सदस्य शेरबहादुर अधिकारी र मेघबहादुर न्यौपानेले चाहना गरेको बुझिएको छ । यस्तै सचिवमा वर्तमान कार्यसमिति सदस्य योगप्रसाद सापकोटा, कुमार आचार्य र सल्लाहकार गोकर्ण अधिकारीले चाहना गरेका छन् भने कोषाध्यक्षमा अम्मबरबहादुर थापा मुन्ना र समिर अर्यालले ईच्छा जाहेर गरेको बताइएको छ । सचिवमा चाहना गरेको तीन प्रत्यासी मध्ये आचार्य र अधिकारी मिलेर अघि बढ्न सक्ने सम्भावना रहेको बताइन्छ ।


Post a Comment

 
Top