सैनिक आवासीय महाविद्यालय, पोखरा लर्नस एकेडेमी र कान्तिपुर एकेडेमी पोखरामा जारी मावि स्तरीय छात्रा ह्याण्डवल प्रतियोगिताबाट बाहिरिएका छन । लिगका दुई वटा खेलमा लगातार हारसंगै तीन वटा बिद्यालयहरु लिग चरणबाटै बाहिरिएको ह्याण्डवल प्रशिक्षक चित्र थापाले बताए । मंगलबार भएको पहिलो खेलमा आयोजक गण्डकी बोर्डिङले मेरी गोल्डलाई एकको बिरुद्ध ६ गोल वर्षाउदै जित हासिल गर्यो । दोश्रो खेलमा भने मनकामनाले अल्फा बोर्डिङलाई एक को बिरुद्ध १४ गोलको फराकिलो अन्तरले पराजित गर्यो । सरस्वती आर्दश बिद्याश्रमले तेश्रो खेलमा कान्तिपुर एकेडेमीलाई ६–२ को गोल अन्तरले पन्छायो । ज्ञान ज्योति बोर्डिङले चौथो खेलमा पोखरा लर्नसलाई २ को बिरुद्ध ११ गोल फराकिलो अन्तरले पराजित गर्यो । पाचौं खेलमा जनप्रिय स्कुलले मेरी गोल्डलाई एक को बिरुद्ध ५ गोल अन्तरले पराजित गर्यो । अर्को खेलमा पोखरा एकेडेमीले लिटिल स्टेपलाइ ३–२ को झिनो गोल अन्तरले पराजित गर्यो । सृजना उच्च माविले पोखरा लर्नस एकेडेमी माथि एकतर्फी ९ गोल वर्षायो । मनकामना बोर्डिङले कान्तिपुर एकेडेमी माथि एक दर्जन गोल बर्षायो । लिटिल स्टेपले भने सोसल पब्लिक माथि एकतर्फी ३ गोल गर्यो । गण्डकीले जनप्रिय माथि २ को बिरुद्ध ७ गोल अन्तरले जित दर्ता गर्यो । मंगलबारको अन्तिम खेलमा पोखरा एकेडेमीले सैनिक आवासिय महाबिद्यालय माथि १ को बिरुद्ध ८ गोल गरी जित हासिल गर्यो । पोखराको लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुलमा बिद्यालयको स्वर्ण जयन्तीको अवसरमा बिद्यालयको स्वास्थ्य तथा शारीरिक शिक्षा बिभागको आयोजनामा उक्त प्रतियोगिता संचालन भएको हो । बुधबार लिग सहितका गरी ९ वटा खेलहरु हुने भएको बिद्यालयले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment