गोल्डेन न्यूज संवाददाता
पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको कास्की फाइनान्स लिमिटेडको नवौं वार्षिक साधारण सभा मंगलवार पोखरामा सम्पन्न भयो । साधारण सभाले आ.व. २०७१÷ ०७२ को मुनाफावाट आफ्ना शेयरधनीहरुलाई १८.१७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकहरु क्रमशः मदन शर्मा खनाल, श्रीराम पाण्डे, सुदीप आचार्य, बाबुराम पन्त र डम्बर कुमारी गुरुङ निर्वाचित भएका छन् । साधारण सभापश्चात बसेकोे संचालक समितिको बैठकले मदन शर्मा खनाललाई पुनः ४ बर्षको लागि अध्यक्षमा चयन गरेको प्रमुख कार्यकारी अधिकृत एबं कम्पनी सचिव तोयराज अधिकारीले बताए । संस्थाले नवौं साधारणसभाबाट पारित गरे पश्चात संस्थाको जारी तथा चुक्ता पुँजी ३३ करोड २५ लाख २८ हजार ३०० रुपैयाँ पुगेको छ । यस संस्था पोखरामा केन्द्रिय कार्यालय रहेको कामना विकास बैंकसंग मर्ज गरी राष्ट्रियस्तरको विकास बैंक बन्ने क्रममा दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भई मर्जरको लागि अन्य प्रकृयाहरु अगाडि बढिरहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । केन्द्रिय कार्यालय समेत ११ वटा शाखा कार्यालय रहेको फाइनान्सको हाल २ अर्व ९७ करोड रुपैयाँ निक्षेप र २ अर्व ५० करोड रुपैयाँ कर्जा लगानी भएको जनाएको छ । फाइनान्समा निक्षेप संकलन र कर्जा लगानी गर्ने नियमित कार्यको अतिरिक्त एबीबीएस सेवा, विविध रेमिट्यान्स सेवा, सन्ध्याकालीन सेवा, ३६५ दिन बैंकिङ्ग सेवा, एटीएम सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाको केन्द्रीय कार्यालयवाट सुनचाँदी कर्जाका साथै पोखराको अमरसिंह चोकमा लघुवित्त बिभाग स्थापना गरी सम्पूर्ण शाखाहरुबाट लघुबित्त सेवा प्रार्थमीकताका साथ प्रदान गर्दै आईरहेको अधिकारीले बताए ।
यसैगरी रामघाट महिला सहकारी संस्था पोखरा–१० रामघाटको चौंथो साधारणसभा सनसाइन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष गजकुमारी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङले कास्की जिल्लामै महिलाहरूद्वारा मात्र संचालन गरिएको यस संस्थाले छोटो समयमा नै ठूलो उन्नति गर्न सफल भएको र समाजमा छरिएर रहेको महिलाहरूको सानो–सानो बचतले भोलिको सुनौलो भविष्य निर्माणमा सहकारीको भूमिका उल्लेखनीय हुने बताइन । कार्यक्रममा सुनौलो भविष्य सहकारीका अध्यक्ष कलावती शर्मा, सहकारीका शेयर सदस्य एवम् शिक्षा संयोजक ज्योति गुरुङले शुभकामना व्यक्त गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन मायाँ कुँवर, आन्तरिक लेखा प्रतिवेदन माधवा ज्ञवाली, लेखा प्रतिवेदन टिकाराम ढुङ्गानाले प्रस्तुत गरेका थिए । हालसम्म ३७ लाख ३७ हजार ८ सय शेयर पूँजी रहेको सहकारीले छोटो समयमा नै एक करोड ९० लाख निक्षेप संकलन गर्न सफल भएको छ । संस्थाका उपाध्यक्ष यशोदा गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन संस्थाका सदस्य सीता तिमिल्सिनाले गरेकी थिइन् ।
यसैगरी बिरौटा बचत तथा ऋण सहकारी संस्था लि.को सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भिम बहादुर गुरुङको प्रमुख अतिथ्यिता र सम्पन्न भयो । सहकारीका संस्थाका कार्यबाहक अध्यक्ष राजेन्द्र गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाको तेस्रो अधिवेशनले राजेन्द्र गुरुङको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन गरेको छ । निर्वाचित पदाधिकारीमा उपाध्यक्ष टिका प्रसाद पौडेल, सचिव कृष्ण बहादुर श्रेष्ठ, कोषाध्यक्षरेशमलाल पौडेल निर्विरोध निर्वाचित भए भने सदस्यहरुमा ओमप्रकाश बराल, फणिन्द्रराज बराल, नविन भट्टराई, सावित्री शर्मा र मिना रानाभाट निर्वाचित भए ।
यस्तै लेखा समिति संयोजमा धु्रब अधिकारी निर्वाचित भए । निर्वाचन मण्डलका तर्फबाट अधिकृत गोविन्द शर्मा, टिकाराम पौडेल, राजन पराजुलीले बोलेका थिए । कार्यक्रममा प्रमुख अतिथि भिम बहादुर गुरुङले सहकारी क्षेत्रमा बैङ्किङ क्षेत्रमा भन्दा बढी निक्षेप संकलन तथा ऋण लगानी गरी सहकारीले आधा क्षेत्र ओगट्न सक्ने दावी गरे । कार्यक्रमका अध्यक्ष राजेन्द्र गुरुङले पो.उ.म.न. पा. वडा नं. १७ मा बिरौटा सहकारी एक नमूना सहकारीको रुपमा स्थापित भएको दावी गरे ।
यस्तै लेखा समिति संयोजमा धु्रब अधिकारी निर्वाचित भए । निर्वाचन मण्डलका तर्फबाट अधिकृत गोविन्द शर्मा, टिकाराम पौडेल, राजन पराजुलीले बोलेका थिए । कार्यक्रममा प्रमुख अतिथि भिम बहादुर गुरुङले सहकारी क्षेत्रमा बैङ्किङ क्षेत्रमा भन्दा बढी निक्षेप संकलन तथा ऋण लगानी गरी सहकारीले आधा क्षेत्र ओगट्न सक्ने दावी गरे । कार्यक्रमका अध्यक्ष राजेन्द्र गुरुङले पो.उ.म.न. पा. वडा नं. १७ मा बिरौटा सहकारी एक नमूना सहकारीको रुपमा स्थापित भएको दावी गरे ।
कार्यक्रममा जिल्ला सहकारी संघका लेखा समिति सदस्य कृष्ण प्रसाद बराल, नीलगिरि सहकारीका अध्यक्ष कालिदास शर्मा, विरुवा सहकारीका अध्यक्ष भेषराज बराल लगायतले पनि बोलेका थिए । त्यस अवसरमा एस.एल.सी., कक्षा १२ र स्नातक तहमा उत्कृष्ट नतिजा ल्याएका सदस्यका छोराछोरीहरुलाई नगद तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन सचिव टिका पौडेलले गरेका थिए ।यसैगरी उन्नती बचत तथा ऋण सहकारी संस्था लि. नयाँवजार, पोखराको सातौँ वार्षिक साधारणसभावाट आगामि ३ बर्षको कार्यकालका लागि अध्यक्षमा पुन पदमवन्धु पोखरेल निर्वाचित भएका छन् । त्यसैगरि उपाध्यक्ष पदमा राजेश रानाभाट, सचिवमा लेखनाथ अर्याल र कोषाध्यक्ष पदमा अभिषेक चौधरी निर्वाचित भए ।
यसैगरि सदस्यहरुमा रेवतिमणि भण्डारी, गणेश ढकाल र शालिकराम बराल निर्वाचित भएका छन् । लेखा समिति संयोजकमा प्रमोद थापा र सदस्यहरुमा अनिल लिगल र पिताम्बर अर्याल निर्वाचित भए । निर्वाचित सञ्चालक एवं लेखा समितिका पदाधिकारीहरुलाई निर्वाचन मण्डलका संयोजक प्रमेश पराजुलीले प्रमाण पत्रप्रदान गरेका थिए भने संस्थापक अध्यक्ष देबराज पौडेल र निर्वाचन मण्डलका सदस्य विश्वमणि भण्डारीेले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए । नवनिर्वाचित अध्यक्ष पदमबन्धु पोखरेलले छिट्टै सञ्चालक समितिको बैठक बसी भावि कार्यतालिका तथा कार्यक्रमहरु सार्वजनिक गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आफूहरुलाई निर्वाचित गर्ने सम्पूर्ण शेयरधनीहरु लाई धन्यवाद व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष पदमबन्धु पोखरेलको अध्यक्षता, उपाध्यक्ष राजेन्द्र लम्सालको स्वागत तथा सचिव राजेश रानाभाटले सञ्चालन गरेको उद्घाटन सत्रमा प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेडका उपाध्यक्ष हरिभक्त पौडेलले सहकारीहरु सहकारी मुल्य मान्यता भित्र रहेर कार्य गुर्नपर्ने बताए । सहकारी संस्थाहरु संचालनको क्रममा जोखिम रहेकोले सजगता अपनाउनुपर्ने खाँचो पौडेलले आंैल्याए । कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडका उपाध्यक्ष सुदिप ढकालले सहकारीका समस्या, अबसर, चुनौती बारेमा प्रकाश पार्दै सरकारी निति सहकारी मैत्री नभएको बताए । कार्यक्रममा २०७१ सालको एस.एल.सी. परीक्षा उत्तीर्ण गरेका संस्थाका सदस्यहरुका छोराछोरीहरु मध्ये सञ्चालक एवं कर्जा समिति संयोजक बैकुण्ठ बरालकी छोरी जेशिका बराल, सदस्य एवं कार्यालय प्रमुख भगवान भट्टराईका छोरा शुभाषिश भट्टराई र सदस्य राजकुमार बि.के. का छोरा आलिश दूधराजलाई सम्मानपत्र बाट सम्मानित गरिएको थियो ।
त्यसैगरि संस्थामा बचत गर्ने उत्कृष्ट बचतकर्ता सम्मान पूर्व सञ्चालक एवं सदस्य दयालक्ष्मी बतास, सदस्य एवं कर्जा समिति सदस्य रमेश प्रसाद सापकोटा, सदस्य प्रेम प्रसाद बराललाई प्रदान गरिएको थियो भने उत्कृष्ट ऋणि सम्मान संस्थाका सदस्य मार्टिना चौधरी, कृष्ण प्रसाद पराजुली र जानकी पाण्डेलाई प्रदान गरिएको थियो । साधारणसभाकौ अवसरमा संस्थाको स्थापनाकालदेखि विशिष्ठ योगदान पु¥याएका संस्थाका सञ्चालक समितिका सह–सचिव अमृत प्रसाद बयाली र नन्द प्रसाद अधिकारीलाई विशेष सम्मान प्रदान गरिएको थियो । साथै सञ्चालक समितिको तर्फबाट संस्थामा आफ्नो कार्यकालमा सहयोग पु¥याने संस्थाका सञ्चालकहरु, सल्लाहकार, लेखा समिति एवं अन्य उपसमितिहरुका संयोजक तथा सदस्यहरुलाई संस्थाका अध्यक्ष पदमबन्धु पोखरेलले सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
Post a Comment