0
गोल्डेन न्यूज संवाददाता
अमेरिकन प्रविधिमा भारतमा उत्पादित फोर्ड गाडीका लागि पोखराको अधिकृत बिक्रेता अटो भेन्चर प्रालिले नयाँ कार ‘फिगो अस्पायर’ को प्रदर्शनी गरेको छ । ग्राहकको चाहना र मागअनुसार भाटभटेनी सुपरस्टोर्स न्यूरोडमा शनिबार कार प्रदर्शनी गरिएको सेल्स म्यानेजर छबी गौतमले जानकारी दिए । सो अवसरमा फोर्डको इको स्पोटर्स कार पनि प्रदर्शनी गरिएको थियो । प्रदर्शनीका क्रममा ३ वटा कार बुकिङ भएको गौतमले जानकारी दिए । फिगो अस्पायर २ वटा र इको स्पोर्टस एउटा बुकिङ भएको हो ।  अस्पायरको मूल्य २४ लाख ९० हजार रूपैयाँबाट ३८ लाख ९० हजार रूपैयाँसम्म पर्ने गौतमले जानकारी दिए । ‘डिजेल, पेट्रोल र अटोमेटिक गियर गरी ३ इन्जिनमा अस्पायर उपलब्ध छ,’ गौतमले भने । प्रदर्शनीमा ६३ जनाले कारको अवलोकन गरेका छन् । अवलोकनकर्ता मध्ये २२ जनाले टेष्ट ड्राइभ गरेको गौतमले बताए । ‘धेरै ग्राहकले फिगो अस्पायर र इको स्पोर्टस् कार मन पराउनुभएको छ,’ गौतमले भने, ‘कतिपय अवलोकन कर्ताबाट शोरुममा आएर बुकिङ गर्ने प्रतिबद्धता आएको छ ।’ प्रदर्शनीका अवसरमा टेष्ट ड्राइभ गर्ने ग्राहकलाई विशेष उपहार प्रदान गरिएको गौतमले जानकारी दिए । यसैबीच, अटोभेन्चरले इको स्पोर्टस कारका लागि ‘एक्सचेन्ज अफर’ शुरु गरेको छ । शनिबारबाट शुरु अफर सेप्टेम्बरभर जारी रहने गौतमले जानकारी दिए । अफरका क्रममा पुराना गाडी ल्याउने ग्राहकले उच्चतम मूल्य प्राप्त गरी नयाँ गाडी चढ्न सक्ने गौतमले बताए । इको स्पोर्टस्को मूल्य ३१ लाख ९० हजार रूपैयाँदेखि ४७ लाख ९० हजार रूपैयाँसम्म पर्छ । अफरअन्तर्गत ग्राहकलाई विशेष छुट उपलब्ध गराइने गौतमले बताए । फोर्डको फिगो, क्लासिक, फियस्टा, रेन्जरलगायतका कार पनि पोखरामा निकै लोकप्रिय रहेको गौतमले बताए । ‘फोर्डका प्राय सबै कारहरु ग्राहकको रोजाइमा परेको छ,’ उनले भने, ‘नयाँ कार फिगो अस्पायरले अझ धेरै ग्राहकको मन जित्ने हाम्रो विश्वास छ ।’ फिगो अस्पायरको बुकिङ खुल्ला भएपनि बिक्री भने अर्को महिनाबाट मात्र शुरु हुने बताइएको छ । फोर्ड गाडीले छोटो समयमा नै निकै लोकप्रियता कमाउन सफल भएको कम्पनीको छ । पोखरामा पनि फोर्ड गाडीप्रति ग्राहकको आकर्षण निकै बढेको अटो भेन्चरका प्रवन्ध निर्देशक ध्रुब थापाले बताए ।

Post a Comment

 
Top