0

गोल्डेन न्यूज संवाददाता 
लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले पोखराको फलेपाटन स्थित रहेको सिद्ध उच्चमाविमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई पोशाक तथा स्टेशनरी सामग्री वितरण गरेको छ । वितरित सामाग्रीहरुमा स्कूल ब्याग, कापी, कलम ज्यामिती बक्स र विद्यालय पोशाक रहेका छन् । विद्यार्थीहरुलाई पोशाक एवं शैक्षिक सामाग्री प्रदान गर्दै डिष्ट्रिक्ट एडभाइजर विमला श्रेष्ठले विद्यालयमा अध्ययनरत गरिव तथा जेहन्दार छात्र–छात्राहरुलाई पोशाक तथा स्टेशनरी सामाग्री वितरण गरेर क्लवले समाजप्रतिको आफ्नो जिम्मेवारी र उत्तरदायित्व बहन गरेको बताइन् । उनले न्यून आय भएका र समाजमा विभिन्न अवसरबाट वञ्चित सर्वसाधारणहरु लाई गरिएको सहयोगले विद्यार्थीलाई यस सहयोग महत्वपूर्ण हुने बताइन । कार्यक्रममा स्ट्रिट चिल्डेन सपोर्ट प्रोग्राम चियर पर्सन दिनकुमारी शर्माले आर्थिक अवस्था कमजोर भएका सर्वसाधारहरुका लागि राहतको प्रत्याभूति गराउन सहयोग पुग्ने बताइन ।  कार्यक्रममा जोन चियर पर्सन कृष्ण बहादुर अधिकारी, विद्यालयका प्राचार्य शंकर ज्ञवाली, क्लवका कोषाध्यक्ष तुलसी प्रसाद पोखरेल, प्रथम उपाध्यक्ष पवित्रमणि पोखरेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । क्लवका अध्यक्ष दिपक राज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन क्लवका पूर्व अध्यक्ष नरहरि पौडेलले गरेका थिए । यसबैगरी लायन्स क्लव अफ पोखरा अर्पण र दर्पणको संयुक्त आयोजनामा लामाचौरस्थित ओम शिवशक्ति कल्याणी केन्द्रमा आश्रित १० बालबालिकाहरुलाई भोजनदान एवं खाद्यन्न वितरण गरिएको छ । त्यहाँ रहेका १० बालबालिका र संरक्षकहरुलाई एकछाक भोजन दान र चाकल, दाल, नून, साबुन, तेल, विभिन्न प्रकारका खाजाहरु वितरण गरिएको अर्पण लायन्सकी अध्यक्ष लक्ष्मी पाण्डेले गोल्डेन न्यूज दैनिकलाई बताइन । कार्यक्रमका प्रमुख अतिथि, अर्पण लायन्सका एक्सटेन्सन चियर पर्सन एवं दर्पणका गाइडिङ गोविन्द बहादुर क्षेत्री, शुरथेश्वर शिवालयका अध्यक्ष एवं समाजसेवी मदनबहादुर क्षेत्री, अर्पण क्लवकी सचिव अमिता केसी, दर्पणका सचिव दिनेशमणि लामिछाने, कार्यक्रम संयोजक एवं अर्पण क्लवकी सह–सचिव सविना केसी लगायतले बोलेका थिए । कार्यक्रम अर्पण क्लवकी अध्यक्ष लक्ष्मी पाण्डे र दर्पणका प्रथम उपाध्यक्ष ई.सुरेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । अर्पण र दर्पण लायन्सले संयुक्त रुपमै गत साता लामाचौरको तीन स्थानमा वृक्षरोपण गरेको थियो । यसैगरी लायन्स क्लब अफ पोखरा मेट्रोसिटीकोे आयोजनामा पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत बालश्रम न्युनिकरण कार्यक्रमले समेटेका श्रमिक बालबालिकाहरुका लागि खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।  ८ वटा केन्द्रका श्रमिक बालबालिका हरुलाई प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापा, स्टेट चिल्ड्रेन डिज्नी डिष्ट्रिक्ट चियर पर्सन दिनकुमारी शर्मा, रिजन चेयरपर्सन छबीलाल शर्मा, जोन चियरपर्सन बालकृष्ण बराल पोखरा उद्योग वाणिज्य संघकी सदस्य सीता गुरुङ्ग, बालश्रम न्युनिकरण कार्यक्रमका संयोजक एवं कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेश मानन्धर लगायतले खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए । त्यस अवसरमा टोल विकास समन्वय समिति महेन्द्रपुलका अध्यक्ष उत्तम जोशी, माटेपानी सम्पर्क केन्द्रका अध्यक्ष माया तभ्mया, जाल्पा केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराई, स्टेट चिल्ड्रेन डिज्नी डिष्ट्रिक्ट चियर पर्सन दिनकुमारी शर्मा, रिजन चेयरपर्सन छबीलाल शर्मा, जोन चियरपर्सन बालकृष्ण बराल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । क्लबका अध्यक्ष धर्ममासिंह भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन क्लबका सचिव सुशिल के.सी., स्वागत मन्तव्य कार्यक्रम संयोजक एवं तृतीय उपाध्यक्ष विशाल गुरुङ्ग, ध्वजाको अभिवादन केदार कोइराला र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष आनन्दराज पौडेलले गरेका थिए । यसैगरी लायन्स क्लव अफ पोखरा पिस टाउनद्वारा आयोजित प्रथम अन्तर लायन्स महिला कबड्डी प्रतियोगिताको उपाधि आयोजक पिस टाउनले नै प्राप्त गरेको छ । प्रतियोगितामा लायन्स क्लव अफ पोखरा ग्रिन हाउसले द्वितीय र लायन्स क्लव अफ पोखरा पिस होमले तृतीय स्थान प्राप्त गरेको छ । ६ टिमको सहभागिता रहेको प्रतियोगितामा लायन्स क्लव अफ पोखरा अमरवुद्ध वेस्ट टीम घोषणा भएको छ । दीपलक्ष्मी ब्राइट इन्टरनेशलन प्रा.लि.ले मुख्य प्रायोजन गरेको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयर पर्सन प्रेमबहादुर श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वित्तीय हुनेलाई ८ हजार र तृतीय हुनेलाई ५ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक उषा क्षेत्रीले बताइन । पुरस्कार वितरण कार्यक्रम लायन्स क्लव अफ पोखरा पिस टाउनकी अध्यक्ष सविता बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैगरी लायन्स क्लब अफ पोखरा ग्रिनटाउन र लायन्स क्लब अफ पिससिटीले संयुक्त रुपमा पोखरा–१३, कुँडहरस्थित कुंडहर प्राथमिक विद्यालयको दिृष्टिबिहिन छात्राबासमा रहेका दृष्टिबिहिन बिद्यार्थीहरुलाई एक छाक खाना खुवाउनुका साथै आवश्यक खाद्यान्न सामाग्रीहरु वितरण गरेको छ । पोखरामा रहेर पनि ओझलमा परेको उक्त स्कूलमा वितरित सामाग्रीमा दैनिक उपभोग्य खाद्यवस्तु लगायत विद्यार्थीहरुलाई नास्ताको रुपमा प्रयोग हुने खाद्य सामाग्रीहरु रहेको ग्रीन टाउन लायन्सकी अध्यक्ष अम्विका शर्माले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन । कार्यक्रममा लायन्स डिष्ट्रिक्टका चिल्ड्रेन सर्पोटका चिफ डीन कुमारी शर्मा, रिजन चियरपर्सन गौरब राज भण्डारी, जोन चेयरपर्सनद्वय मदन द्वा र चूडामणि बराल, इन्दिरा बराल र टुम्ला श्रेष्ठ लगायत सहभागी थिए । त्यसैगरि लायन्स क्लब अफ पोखरा ग्रिन टाउनका अध्यक्ष अम्बिका शर्मा लगायत अन्य पदाधिकारीहरु र लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष सावित्री बराल सिग्देल लगायत अन्य पदाधिकारी को सहभागी थिए । यसैगरी लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हातामा रहेको लायन्स पार्कमा वृक्षारोपण तथा गोडमेल गरेको छ । क्लबका अध्यक्ष प्रदिप कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा क्लबमा आवद्ध सदस्यहरुले लायन्स पार्कको भित्र तथा बाहिर रहेका बिरुवाको गोडमेल तथा सरसफाई गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब डिष्ट्रिक्टक ३२५ बी वानका ट्रि प्लान्टेसन चियरपर्सन तीर्थबहादुर बस्नेतले बिरुवा रोपेर मात्रै कर्तब्य पुरा नहुने हुँदा त्यसको हेरचाहका लागि गोडमेल अति आवश्यक रहेकोमा जोड दिए । संस्थाका अध्यक्ष  प्रदिप कुँवरले बार्षिक रुपमा घोषित कार्यक्रम बाहेक सामाजिक महत्वका बिभिन्न कार्यमा क्लबले कार्य गर्ने तथा पर्यटन प्रवद्र्धनका गतिबिधीमा पनि क्लबले भुमिका खेल्ने बताए । कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष सुदिप पौडेल, तृतीय उपाध्यक्ष निरन केसी, सहसचिब किसन गिरी लगायतले बोलेका थिए ।

Post a Comment

 
Top