गोल्डेन न्यूज संवाददाता
पोखरामा यात्रु ठग्ने बसलाई कार्वाही शुरु भएको छ । नागरिक सचेत भए भने गलत गर्नेहरु आफै ठीक ठाँउमा आउछन् भन्ने गतिलो उदारण पोखरा बनेको छ । पोखराका यात्रुहरुले नेपाल सरकारले तोकेको भाडादर भन्दा सार्वजनिक सवारी साधनले बढि भाडा असुलेको गुनासो आए पछि बढि भाडा असुल्ने सवारी लाई कार्बाही गरेको ट्राफिक कार्यलय कास्कीका प्रमुख श्यामु अर्यालले बताए । यात्रुले गरेको गुनासोको आधारमा आधा दर्जन भन्दा बढि सवारी साधनलाई कार्बाही गरीसकेको उनले बताउनु भयो । पोखरामा गुड्ने सार्वजनिक सवारी साधनले बढि भाडा अशुल्ने गरेको गुनासो यात्रुले ट्राफिक कार्यालयमा पुगेर स्वयमले गराउन थाले पछि अहिले आधा दर्जन भन्दा बढी सवारी साधन कार्बाहीमा परेका हुन् । बारम्बार यात्रु ठग्ने प्रक्रिया नरोके पछि आफू ट्राफिक नियम नमान्ने र यात्रुसंग बढि भाडा अशुल्नेलाई कार्वाही गराउन शुरु गरेको स्थानीय रामप्रसाद खतीवडाले बताए । खतिवडाले पोखेरेली यात्रु सचेत भएको बताउदै गाडीका स्टाफ हरुको ब्यबहार राम्रो नभएकोले आफुले गल्ती गर्ने लाई कार्वाही गराउन उजुरी गर्ने गरेको बताए ।अहिले आफूले उजुरी गरेका सवै सवारी साधन लाई ट्राफिकले कार्वाही गरेको उनको भनाई थियो । खतिवडाले लेखनाथ पोखरा चल्ने माइक्रो, पोखरा माइक्रो, दमौली पोखरा चल्ने बसमा यात्रु ठगिने गरेको गुनासो गरे । यस्तै अर्का स्थानीय राममणि दाहालले बिहीबार बढि भाडा असुल्ने ना५ख ६३६५ नम्बरको बसलाई ट्राफिकमा उजुरी गरेर कार्बाही गराएको बताए । चाउथेबाट पृथ्वीचोक आएको २२ रुपैयाँ भाडा भनेपछि दाहालले ट्राफिक कार्यालयमा उजुरी गरेको ५ मिनेटमा सो बसलाई १ हजार जरीवाना सहित बढि लिएको भाडा ट्राफिकले फिर्ता गराएको बताए । ‘सार्वजनिक सवारी साधनमा चढ्दा यात्रुलाई बसका स्टाफले गर्ने व्यवहार धेरैलाई मन पर्देन उनीहरुको बोलीले पनि धेरै यात्रु उनीहरुसंग चिडिने गरेका छन्’, सीता गुरुङले भनिन्–‘अब उनीहरुसंग झगडा गर्नु भन्दा ट्राफिकमा उजुरी गरे रामे हुने रहिछ ।’ ट्राफिक प्रमुख अर्यालले सवारी साधनमा भाडामा आफू ठगिए उजुरी गर्न सबैलाई आग्रह गरेका छन् । यसैबीच पोखरा बस व्यवसायी समितिका अध्यक्ष रमेश गिरीले तोकेको भाडादर भन्दा बढि भाडा लिने सवारी साधनलाई कार्बाही गराउनु राम्रो भएको भन्दैै नराम्रो काम गर्ने लाई आफूहरुको सरक्षण नहुने पनि गिरी बताउँछन् । गिरीले आफूपनि कुनै कुनै बेला यात्रु बनेर छड्के जाँचमा हिड्ने गरेको बताए ।
Post a Comment