गोल्डेन न्यूज संवाददाता
स्थानीय निकायलाई सञ्चार आधुनिक सञ्जालसगँ जोड्ने र विद्युतीय सुशासन गर्ने उद्देश्यले पोखरामा एक हप्ते तालिम सम्पन्न भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय विकास तथा सामुदायीक विकासको आयोजना तथा युएन भोलुन्टरस नेपालको सहयोगमा प्रयोगात्मक तालिम संचालन भएको हो । पश्चिमाञ्चलाका १६ जिल्ला र पुराना १२ नगरपालिकाका गरि २८ जना आइसिटी स्वयम्सेवकहरु तालिममा सहभागीता जनाएका थिए । तालिम समापन कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव ईश्वरराज पौडेलले प्रविधिले मारेको फड्को सगै सरकारी कार्यालयलाई पनि अगाडि बढाउन तालिम फलदायी हुने बताए । उनले सूचना, सञ्चार र प्रविधिले स्थानीय निकायलाई सक्षम बनाउन सकेमा सेवाग्राहीले सहज र छिटो सेवा पाउने बताए । उनले भने–‘कास्की जिल्ला विकास समितिमा काम गर्दा प्रविधिकै कारण महत्वपुर्ण काम छिटो र छरितो गर्दै आएको थिए ।’
त्यसैगरि युएन भोलुन्टर्रस नेपालकी मार्टिना भोसले नेपालमा स्वयम् सेवकहरुले शान्ति र विकासका लागी प्रविधि विकासद्वारा सघाएको बताइन् । एलजिसिडिपि कार्यक्रम अन्तरगत १६ जिल्ला र १२ नगरपालिकामा प्राविधिक शसक्ती करणका लागी सोलार, सर्भर र इन्टरनेट सेवा मन्त्रालयले प्रदान गरि सकेको छ । तालिम प्राप्त गरेका स्वयम्सेवकहरुले सर्भर र इन्टरनेटका बारेमा कर्मचारीलाई ज्ञान हस्तान्तरण गरेर सेवामा प्रभावकारिता बढाउने मुख्य उद्देश्य रहेको तालिमका प्रशिक्षक एकेन्द्र लम्सालले जानकारी दिए । आइसिटि एक्सपट समेत रहेका लम्सालले तालिममा सूचना प्रविधिको पूर्वाधार, क्लाउड प्रणाली, सर्भर व्यवस्थापन, सुचना प्रणाली लगाएतका बारेमा तालिम प्रदान गरेको जानकारी दिए । तालिमपछि उनीहरुले कसरी सेवाग्राहीलाई छिटो र प्रभावकारी सेवा दिन सकिन्छ भने बारेमा जानकारी भएको लम्सालले बताए । तालिमलाई प्रभावकारी बनाउन इन्टरनेटमा प्रत्यक्ष प्रशारण गरि तालिम संचालन गरेको अर्का प्रशिक्षक विक्रम खतिवडाले जानकारी दिए ।
Post a Comment