0
कलाकारिता तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएकोमा पोखरामा विभिन्न चार स्रष्टा सम्मानित भएका छन् । सम्मानित हुनेमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य चोलेन्द्र पौडेल, लोकबाजा संरक्षण समूह पोखराका उपाध्यक्ष जयकुमार परियार, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कास्कीका सदस्य अमर धिताल र पत्रकार विजय नेपाल छन् । पोखरा लनर्स एकेडेमी पोखराले आइतबार विद्यालयमा आयोजना गरेको रमाइलो तीज विशेष कार्यक्रम अवसरमा उनीहरुलाई सम्मापत्र र दोसल्लासहित सम्मान गरेको हो । सम्मानितको तर्फबाट गायक पौडेलले सम्मानले अझ जिम्मेवार महसुस गराएको बताए । प्रमुख अतिथिसमेत रहेका उनले तीज सँस्कृतिलाई विकृतिरहीत बनाउनुपर्ने भन्दै विद्यालयको प्रगतिको कामना पनि गरे । तीज विशेष कार्यक्रममा छात्रछात्राहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितात्मक रुपमा भएको गायनतर्फ प्रथम कक्षा ६, द्वितीय  कक्षा ९ र तृतीय कक्षा ७ भएका थिए । नृत्यतर्फ कक्षा ४ प्रथम, कक्षा ८ द्वितीय र कक्षा १० तृतीय भए । विद्यालयका संस्थापक प्राचार्य विधान गौतमको अध्यक्षतामा भएको समारोहमा स्वागत सह–प्राचार्य उष्णा गौतम र संचालन अंग्रेजी शिक्षक शिव परियारले तथा विद्यार्थीहरु विपना मरासिनी र बालकृष्ण पौडेलले संयुक्त गरेका थिए । कृष्णप्रसाद लम्सालको संयोजकत्वमा भएको सो कार्यक्रममा लोक तथा दोहोरीगायक चोलेन्द्र पौडेल, जयकुमार परियार, अमर धिताल, चाहना श्रीले तीजे भाखामा विद्यार्थीहरुलाई नचाएर रमाइलो गरेका थिए । कार्यक्रममा नायिकासमेत रहेकी गायिका चाहनाश्रीलाई सम्मानपत्र प्रदान गरिएको थियो । विद्यालयका संस्थापक प्राचार्य विधान गौतमले विद्यालय स्थापना भएको १० वर्ष पुगेको अवसरमा विद्यालयले उदाहरणीय १० कार्यक्रम गर्ने बताए । उनले यसअघि लागूऔषध विरुद्ध सचेतनामूलक कार्यक्रम, सरसफाई कार्यक्रम, चित्रकला प्रतियोगिता, वृक्षरोपण सम्पन्न भएको जनाए ।


Post a Comment

 
Top