गोल्डेन न्यूज संवाददाता
औषधि ब्यबस्था विभागको सूचिमै नभएका औषधिहरु कास्कीका एग्रोभेट पसलहरुमा भेटिएका छन् । जिल्ला अनुगमन समितिले पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकामा सोमवार गरेको अनुगमनको क्रममा औषधि व्यवस्था विभागको सूचीमै नभएको ३र४ वटा कम्पनीहरुको १५÷२० थरि औषधिहरु बजारमा भेटिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए । अनुगमनका क्रममा नेदरल्याण्डबाट आयात भएका अधिकांश औषधिहरुमा मूल्य (एमआरपी) नलेखिएको, नेपालमै उत्पादन भएका ४÷५ थरि औषधिमा पनि मूल्य प्रिन्ट नभएको र म्याद नाघेका औषधि समेत भेटिएको उनले बताए । अनुगमन समितिले बिक्रीमा राखिएका म्याद नाघेका औषधिहरु जफत गरि नष्ट गरेको छ । पहिलो पटक भएकाले हाललाई अन्य कारबाही नगर्ने र आगामी दिनमा गल्ति दोहो¥याएमा कार्बाही गर्ने शर्तमा छोडिएको कोइरालाले बताए । अनुगमन समितिले भ्याक्सिन जन्य औषधिहरु ४ डिग्री सेल्सिसमा स्टोर नगरेमा प्रभाब नहुने भएकोले लोडसेडिङको विकल्प नभएकालाई अनिवार्य बिद्युतको बैकल्पिक व्यवस्था गर्न सुझाब दिएको छ । ‘उपभोक्ता हित विपरितका सामाग्री बजारमा भेटिंदा समेत अनुगमन टोलीले औषधिको मूल्य र बैधानिकताको सम्बन्धमा कारबाही गर्न नमिल्ने भएकाले क्षेत्राधिकार प्राप्त अन्य निकायलाई गुहार्नुपर्ने भएको छ ।’ मञ्चका अध्यक्ष कोइरालाले भने । अनुगमनमा कोइराला सहित जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. राकेश प्रजापति, पशु चिकित्सक ठगेन्द्र प्र. अर्याल , पशु प्राबिधिक सुरेश कुमार श्रेष्ठ र प्रशासनका कृष्ण प्रसाद गौतमको सहभागिता थियो ।
Post a Comment