गोल्डेन न्यूज संवाददाता
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१५ को आठांै साधारणसभा शनिवार सम्पन्न भएको छ । त्यसअवसरमा संगम योग के.सी स्मृति पुरस्कार–२०७२ बाट भोजराज घिमिरेलाई सम्मान गरिएको थियो। तीन दशकभन्दा बढि समयदेखि सहकारीको विकासमा पु¥याएको योगदानको कदरगर्दै घिमिरेलाई सो पुरस्कार प्रदान गरिएको थियो। उनलाई नगद पाँच हजार पाँच रुपैया सहित ताम्रपत्र र दोसल्ला प्रदान गरिएको छ । सभासद् शारदा पौडेल, संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष निरज थापा र कास्की बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष सुदिप ढकालले संयुक्त रुपमा उनलाई सम्मान गरेका थिए ।
कार्यक्रममा राष्ट्रपतिबाट कृषि दिवसमा सम्मानित शेयर सदस्य खेम थापा, उत्कृष्ट कारोबार गर्ने बेलु गुरुङ, उत्कृष्ट निक्षेपकर्ता झलकबहादुर भण्डारी, उत्कृष्ट कर्मचारी विकल्प कुँवर, एसएलसीमा उत्कृष्ट अङ्क ल्याउने छात्र आशिष थापा र छात्रा योजना अधिकारीलाई पनि सम्मान गरिएको थियो । साधारणसभाको उद्घाटन गर्दै सभासद् शारदा पौडेलले सहकारी अभियानले सफलता हासिल गरेको बताईन् । कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष सुदिप ढकाल, संचय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण कार्की, विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र शर्मा, संस्थाका सल्लाहाकार गणेश बराईली, पुरस्कार छनौट समितिका सदस्य अर्जुन बन्जारा, पुरस्कारका संरक्षक लक्ष्मी के.सी, प्रवन्धक अपिल कोइराला, शेयर सदस्य नारायण श्रेष्ठले बोलेका थिए । संस्थाका अध्यक्ष निरज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दलबहादुर कुँवरले स्वागत र सचिव दयाराम गौतमले कार्यक्रम संचालन गरेका थिए ।
यसैगरी नौबिसे दुग्ध सहकारी संस्थाको अध्यक्षमा विश्वेश्वर ढकाल चयन भएका छन । लेखनाथ १ र ८ को नौबिसेमा रहेको नौबिसे दुग्ध सहकारी संस्था लिमिडेटको शनिबार सम्पन्न चौथो बिशेष अधिबेशनले ढकालको अध्यक्षतामा नौ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सरजु अधिकारी, सचिबमा संजयबाबु भट्टराई र कोषाध्यक्षमा बुद्धीसागर पौडेल चयन भएका छन । त्यसैगरी सदस्यहरुमा बिनिता पराजुली, मदनबाबु जमरकट्टेल, शान्ता पौडेल, सन्तोष अधिकारी र कृष्णप्रसाद सुबेदीलाई चयन गरिएको छ । यसैगरी संस्थाको लेखासमितिको संयोजकमा नारायणप्रसाद ओझा र सदस्यहरुमा सुरज तिवारी र पुष्पराज चापागाईलाई चयन भएका छन । हेम बहादुर बानियाँ संयोजक ,बिमल न्यौपाने र दुर्गा प्रसाद अधिकारी सदस्य रहेको निर्वाचन मन्डलले नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको नवनिर्वाचित कार्यसमिति सदस्य सन्तोष अधिकारीले जानकारी दिए ।
यसैगरी घरदैलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुद्धचोकको पोखरामा भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले रामबहादुर बानियाँको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कमलबहादुर बस्नेत, सचिवमा चन्द्रेश्वर बस्ताकोटी, कोषाध्यक्षमा शान्ता थापा, सदस्यहरुमा रुद्रबहादुर कार्की (ख), नरबहादुर बानियाँ, मिनबहादुर खत्री, रमेशबहादुर खत्री, तुलसी सुनुवार राई, सावित्री थापा र कृष्णबहादुर थापा रहेका छन् । साथै संस्थाको लेखा समितिको संयोजकमा निलबहादुर कार्की र सदस्यहरुमा शोकबहादुर कार्की र दीपक थापालाई चयन गरिएको छ ।
यसअघि कार्यक्रमको उद्घाटन नेपाल राष्ट्रिय वाणिज्य बैँक अमरसिंह शाखाका प्रमुख प्रमोद अधिकारीले गरेका थिए । पदम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला पशुसेवा कार्यलय कास्कीका प्रमुख डा. राकेश प्रजापति, नौबिसे दुग्ध सहकारी संस्था लिमिडेटका सचिब विशेश्वर ढकाल र सदस्य बिनिता पराजुली लगायतले बोलेका थिए ।यसैबीच बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुद्ध विशालवजारको आयोजनामा शनिवार संस्थाका संचालक, कर्मचारी तथा विभिन्न उपसमितिका सदस्यहरुको लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बलराम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य प्रशिक्षक सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका तालिम अधिकृत ईश्वरी ढकालले सहभागिहरुलाई संस्थाले अवलम्वन गर्नुपर्ने नीति नियम एवं संचालक र कर्मचारीको दायित्वको वारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष नगेन्द्र पोखरेल, सचिव धुर्वप्रसाद रेग्मी तथा संचालक प्रजनकुमार थापा लगायतले यस प्रकारको तालिमले सहकारीलाई सफल वनाउन सहयोग पुग्ने धारणा राखेका थिए । संस्थाको आठौंैँ वार्षिक साधारणसभाले पारित गरेको नीति तथा कार्यक्रम अन्तर्गत तालिम आयोजना गरिएको अध्यक्ष बलराम गौतमले जानकारी दिए । कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।
Post a Comment