जागरण अभियान नेपालले हेमजामा वृहत् शान्ति तथा सद्भाव ¥याली सम्पन्न गरेको छ । हेमजाको लामाचौताराबाट सुरु भएको उक्त ¥याली मिलनचोकमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा हेमजामा अवस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । आमा समूह, लायन्स क्लब, युवा क्लब, विद्यार्थीहरू, समाजसेवी, विभिन्न राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताहरू, सामाजिक एवम् साँस्कृतिक संघसंस्था समेतको उत्साहजनक सहभागिता रहेको थियो । ¥यालीपछि आयोजित सभालाई संवोधन गर्दै अग्रज मानवअधिकारकर्मी टेकनाथ बरालले नेपाली जनताले विभिन्न समयमा ठूलाठूला आन्दोलन सफल बनाए तर कुनै पनि आन्दोलनलाई नेतृत्वले संस्थागत गर्न नसकेको कुरा व्यक्त गरे । अब पार्टी राजनीतिभन्दा माथि उठेर आन्दोलनका उपलब्धिलाई जनताका हित हुने गरी संस्थागत गर्नका लागि राष्ट्रिय स्वर उर्लिनुपर्नेमा उनले जोड दिए । हेमजाबाट उठेको यो राष्ट्रवादी स्वर सम्पूर्ण देशभरिनै पु¥याउन आगामी दिनमा जागरण अभियान लाग्नुपर्ने उनको सुझाव थियो । उनले मानवअधिकारको सुनिश्चितता हुने स्थिति सिजैना नभएसम्म र देश विखण्डन हुने अवस्थासम्म यो शान्तिपूर्ण अभियान रोक्न नहुनेमा जोड दिए । कार्यव्रmममा देवीस्थान भजन मण्डलीले भजन प्रस्तुत गरेको थियो भने हेमजा बोर्डिङका विद्यार्थीले राष्ट्रिय गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । देशमा बढ्दै गरेको द्वन्द्व, अस्थिरताका साथै अराजकताको अन्त्य गर्नका लागि युवाहरूको सव्रिmयतामा खोलिएको यस संस्थाले देशमा रहेका सम्पूर्ण देशप्रेमीहरू लाई जागरुक गराउने उद्देश्य लिएको छ । हेमजाबाट सुरु भएको यो अभियान आगामी दिनमा देशका विभिन्न क्षेत्रमा सञ्चालन गरिने संस्थाका प्रथम उपाध्यक्ष सञ्जिव पौडेलले जानकारी दिए । आगामी दिनमा राष्ट्रिय सवालमा विभिन्न विद्वानहरूको उपस्थितिमा बहस एवम् अन्तव्रिर्mया कार्यव्रmम समेत संस्थाले आयोजना गर्ने छ । जागरण अभियान नेपालका अध्यक्ष मोतीराज तिमिल्सिनाको अध्यक्षमा सम्पन्न कार्यव्रmममा कार्यव्रmमका संयोजक भरतराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संस्थाका महासचिव शंकरमणि त्रिपाठीले कार्यव्रmम सञ्चालन गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment