गोल्डेन न्यूज संवाददाता
बन्दलाई सदा बन्द गरौँ’ भन्ने अभियान अन्तर्गत पोखराका व्यवसायीहरुले अघिल्लो चरणमा बन्दको भद्र अवज्ञा गर्ने बाचा गरेका छन् । कास्कीमा क्रियाशिल विभिन्न राजनीतिक दल तथा उनीहरुको भातृसंगठनको उपस्थितिमा शुक्रबार आयोजित छलफल कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले जुनसुकै दल वा समूहले बन्द आह्वान गरे पनि आफूहरु त्यसको विरुद्धमा रहेको घोषणा गरे । ‘हामी स्वेच्छिक रुपले कसैले बन्दको समर्थन गर्छ भने केही भन्दैनौँ तर बन्दकै क्रममा आफ्नो व्यवसाय र सवारी चलाउन पाउनेलाई कतैबाट रोकिनु हुँदैन’,उनले राजनीतिक दलहरुतफ संकेत गर्दै भने–‘जसरी हामीले बन्द बिरुद्धको हाम्रो आह्वानमा सबै खुसी हुनुभएको छैन, त्यसैगर कसैले आह्वान गरेको बन्दबिरुद्ध उभिन पाउनु हाम्रो अधिकार हो ।’ मोफसल अर्थात पोखरा लगायतका क्षेत्रमा गरिने जुन मागका साथ बन्द गरिए पनि त्यसको सुनुवाई नभएको दृष्टान्त दिँदै उनले जायज माग छन् भने सिँहदरबार नै घेर्न बन्द आह्वानकर्तालाई अनुरोध गरे । बन्द क्रुर र अमानवीय बन्दै गएको चिन्ता व्यक्त गर्दै उनले जातीय सद्भाव र सामाजिक सहिष्णुता खल्बलिने गरी आयोजना हुने बन्दका कार्यक्रम कुनै पनि हालतमा क्षम्य नहुने बताए । पोखरालाई लक्षित गरी जसले बन्द आह्वान गरे भने व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द नगर्ने, बन्दको अघिल्लो दिन माइकिङ गरेर बन्दविरुद्ध अभियान थालिने, बन्दको दिनमा आफ्ना सवारी साधन चलाउने तथा एउटै समयमा व्यवसाय खोलेर बन्दको विकल्प खोज्न आग्रह गरिने उनले जानकारी दिए । ‘बन्द र हड्तालले पोखरा जस्तो पर्यटकीय सहरलाई मृत सहर बनाइसक्यो, कम्तिमा राम्रो कामको सुरुवात यहाँबाट गरौँ ।’– उनले भने । कार्यक्रमको सहजिकरण गरेका थापाको भनाइ सुनेपछि विभिन्न राजनीतिक दलका नेता तथा विद्यार्थी संगठनहरुले बन्द सधैँको लागि बन्द गरौँ भन्ने अभियानमा आफ्नो नैतिक समर्थन रहेको बताएका थिए । सो अवसरमा बोल्दै नेपाली काँग्रेस कास्कीका सचिव कृष्ण केसीले बन्द रोक्न कसैले अभियान थाल्नै पर्छ भन्दै नेपाली काँग्रेस हार र जीतलाई पर छाडेर शान्ति तथा सम्वृद्धिका लागि बन्द सदा बन्द गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । एकीकृत माओवादीका नेता बखानसिँह गुरुङले बन्द आह्वान गरेपछि बन्द आह्वानकर्ता नै खुसी नहुने अवस्था सृजना भएको स्वीकार्दै बन्दको प्रतिकार हैन कि यो अभियानमा सबै एक हुनुपर्नेमा जोड दिए । न्यायपूर्ण आन्दोलनमा समर्थन गर्नु जायज भएको तर अर्काको अधिकारको सम्मान गर्ने कुरामा सबै सचेत हुनुपर्ने उनको धारणा थियो । नेकपा– माओवादीका नेता जगन तिवारीले नागरिक समाजको दवाबलाई राजनीतिक दलहरुले सुन्ने हो भने बन्द सदाको लागि बन्द हुने बताए । इन्सेक पश्चिमाञ्चलका प्रमुख शिव खकुरेलले बन्द गर्न पाउने अधिकार जस्तै बन्द मान्दिन भन्ने अधिकार पनि भएको उल्लेख बन्दको विपक्षमा लाग्नेहरुको सम्मान हुनुपर्नेमा जोड दिए । हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले लगातारको बन्दले शैक्षिक गुणस्तर गिर्दै गएको र यसको मूल्य सिंगो पुस्ताले चुकाउनु पर्ने अवस्था आएकोले बन्द सदाको लागि बन्द गर्नुपर्ने बताए । शान्तिको लागि नागरिक समाजको सञ्जालका विष्णु बरालले जनताले कहिँ कतै बन्द नगरेको र राजनीतिक पार्टीकै कारणले जनताले दुःख पाएको बताए ।
नेपाल विद्यार्थी संघका नेता भानु ढकालले बन्दको क्रममा व्यवसायीहरुले नै फलानोले पसल खोल्यो भनेर छुस्के लगाउने बानीबारे सचेत हुन आग्रह गरे । अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटाले अमानवीय र दानवीय बन्द आफ्नो माउ पार्टी एमाले र आफ्नो संगठनले पनि नगर्ने प्रतिवद्धता जनाए । अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष कृष्ण दाहालले सामान्य माग राख्दै बन्द गर्ने परिपाटी राम्रो नभएको बताए । अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसका अध्यक्ष क्षितिज सापकोटाले व्यवसायीहरुले पनि आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिँदै अनैतिक कुराको पछि लागेर आफूहरुले बन्द आह्वान नगर्ने बताए । पृथ्वी राजमार्ग बस संचालक समितिका महासचिव योगेन्द्र केसीले सडकमा व्यापार गर्ने यातायात व्यसायीहरुलाई बन्दले ब्यवसाय छाडौँ कि गरौँ भन्ने अवस्था आएको बताए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले पोखरालाई बन्द मुक्त क्षेत्र घोषणा गरे मात्र यहाँको पर्यटन उद्योग बाँच्न सक्ने जनाए । उपभोक्ता मञ्च कास्कीका सचिव राजु अधिकारी, व्यवसायी विष्णुप्रसाद बाँस्तोला, धिरज थापा लगायतले पनि मन्तव्य राखेका थिए ।

Post a Comment