लायन्स क्लव अफ पोखरा फिस्टेलसिटी र पहार ट्रष्ट नेपालको सयुक्त आयोजनामा मंगलबार पोखरा उपमहानगरपालिका २६, सराङकोटको ढकालथर गोठादीका २१ घर पहिरो पीडितलाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । पहिरो पीडितलाई चामल, तेल, चिनी, दाल र ४ बण्डल जस्ता पाता वितरण गरिएको होे । पहार ट्रष्टको तर्फबाट ८० हजार रुपैयाँ बराबरको र लायन्स क्लव अफ पोखरा फिस्टेल सिटीको तर्फबाट २५ हजार सहित एक लाख पाँच हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको छ । सो अवसरमा क्लवको तर्फबाट जनजागृति उच्च माविलाई छुट्टै २५ हजार नगद प्रदान गरिएको थियो । क्लवका अध्यक्ष लायन मनोहर बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट डिजाष्टर रिलिफ चियर पर्सन उत्तममान बुद्धाचार्य, संस्थापक अध्यक्ष धनिराम बराल, पूर्व अध्यक्ष उमानाथ बराल, कार्यक्रम संयोजक पूर्व अध्यक्ष प्रेम बहादुर जिसी, जोन चियर पर्सन कविराज आचार्य, सचिव श्यामबहादुर श्रेष्ठ, सहसचिव ओमप्रसाद गौचन, निर्देशक तीर्थराज अधिकारी, लियोका अध्यक्ष नवराज पौडेल, प्रथम उपाध्यक्ष ओमप्रकाश वि.क., समाजसेवी तिर्थबहादुर थापामगर, जानुका ढकाल, पहार ट्रष्ट नेपालका महासचिव विजुली बहादुर गुरुङ, कोषाध्यक्ष धना गुरुङ, सदस्यहरु शान्ता गुरुङ र छवि गौडेलले मन्तव्य राखेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment