गोल्डेन न्यूज संवाददाता
रेष्टुरेण्ट एण्ड वार एशोसिएसन (रेवान) पोखराले विश्व पर्यटन दिवसको उपलक्ष्यमा मिनि सडक महोत्सव आयोजना गर्ने भएको छ । पोखरामा आन्तरिक तथा बाहय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त महोत्सव सफल पार्न सोमबार विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरु बीच छलफल सम्पन्न भएको छ । छलफलमा रेवान पोखराका अध्यक्ष गोपीवहादुर भट्टराईले मिनि सडक महोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरु, राष्ट्रियस्तरका कलाकारहरुको लाइभ व्याण्डको प्रस्तुति, गन्दर्भहरुको सारंगी गायन, पञ्चेबाजा, साँस्कृतिक कार्यक्रम, लाखे नाच, विभिन्न वृत्तचित्रको प्रदर्शनी, हस्तकलाका सामाग्रीहरुको प्रदर्शन, प्रस्तुति रहने जानकारी गराएका थिए । महोत्सव लेकसाइडको अम्मट (फेवालेक रेष्टुरेण्ट) देखि बाराही चोक सम्मको क्षेत्रमा साँझ ५ बजेबाट बेलुका अवेरसम्म आयोजना गर्ने पनि जानकारी गरिने पनि उनले जनाए । वैठकमा पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले भुकम्प पछि पर्यटन क्षेत्रमा सुस्ताएको पर्यटन क्षेत्रमा पर्यटक भित्र्याउन विभिन्न कार्यक्रमहरु राख्नु पर्ने भनाई राख्दै महोत्सवलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यसैगरी राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका संयोजक गोविन्दराज पहारी, पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली, टान पश्चिमाञ्चलका अध्यक्ष रामचन्द्र शर्मा, नाट्टा पोखराका उपाध्यक्ष दिल गौतम, एगा पोखराका अध्यक्ष पुस्कल बहादुर थापा, टेसा पोखराका अध्यक्ष चन्द्र शर्मा, नेपाली काग्रेसका वडा सभापति दिपकविर कुँवर, वुक सप एशोसिएशनका सचिव भरत वहादुर पौडेल, वातावरण तथा संरक्षण सुधार समितीका अध्यक्ष राजन पौडेल, किमवारी टोल विकास संस्थाका अध्यक्ष आनन्द कुँवर, सामुदायिक सेवा केन्दका अध्यक्ष हिरु पुन, रेवानका सल्लाहकार सूर्य बहादुर भुजेल, मितेरी युवा क्लवका अध्यक्ष खेम पहारीहरुले आ–आफ्नो भनाई राख्दै सडक महोत्सवलाई भव्य रुपमा सफल पार्न आ–आफ्नो तर्फवाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन रेवानका महासचिव लक्ष्मण वरालले गरेका थिए भने महोत्सव संयोजक भिमसेन भुजेलले स्वागत मन्तव्य सहित महोत्सवको बारेमा प्रकास पारेका थिए ।
Post a Comment