जिल्ला शिक्षा कार्यालयले लापर्बाही गर्दा एउटाले पाउनुपर्ने पुरस्कार अर्काले थापेका छन् । २०७१ सालको एसएलसी परीक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीको पुरस्कार अमरसिंह उच्च माविकी छात्रा सचिना कुँवरले पाउनुपर्नेमा शितलादेवी सामुदायिक उच्च माविकी पम्फा रानामगरले पाएपछि कार्यालयले लापर्बाही गरेको ठहर भएको हो । २०७१ को एसएलसी परिक्षाफल अनुसार कास्की जिल्ला भरका सामुदायिक विद्यालयमा सचिना कुँवरले सबैभन्दा धेरै अंक ल्याएकी छन् । मार्क सिटअनुसार उनले परीक्षामा ८८.५० प्रतिशत ल्याएर कास्की जिल्लाको सामुदायिक स्कुलहरुको नतिजा टप गरेकी थिईन् । यद्यपि शितलादेबी सामुदायिक स्कुलकी पम्फा रानामगरले ८७ प्रतिशत मात्रै अंक प्राप्त गरेकी थिईन् । ‘यो त सरासर शिक्षा कार्यालयको लापर्बाही देखिन्छ । यस्तो खालको बेवास्ता पनि गर्ने हो’, सचिनाका अभिभावक कृष्णबहादुर कुँवरले भने–‘जे गरे नी हुन्छ भन्ने खालको मानसिकतामा शिक्षा कार्यालयका कर्मचारीहरुले काम गरेको देखिन्छ ।’ यस्तो लापरबाहिकै कारणले धेरै विद्यार्थी र अभिभावकहरु मारमा परेको उनले बताए । उनले नियतवश कर्मचारीहरुले यस्तो काम गरेको पनि आरोप लगाए । यद्यपि शिक्षा कार्यालयले भने यो भूलवश भएको स्वीकार गरेको छ । जिल्ला शिक्षा कार्यालय कास्कीका परीक्षा शाखा प्रमुख गोविन्द पोखरेलले शिक्षा कार्यालयको तर्फबाट सामुदायिक स्कुलहरुमा जिल्लाकै उत्कृष्ट अंक ल्याउने विद्यार्थी छनौट गरेका थिए । ‘कतिपटक काम गर्ने बेलामा यस्ता त्रुटीहरु हुन्छन् । र, हामी हामीले गरेको गल्तीको प्रायश्चित गर्छौँ ।’ सहयाक जिल्ला शिक्षा अधिकारी केदारराज आचार्यले भने–‘र, भुलसुधार तुरुन्तै स्थानीय पत्रपत्रिकामा निकाल्नुका साथै सचिनालाई चाँडै कुनै समारोहको अवसर पारेर उत्कृष्ट अंक ल्याउने विद्यार्थीको रुपमा सम्मान गर्छौँ ।’ अमरसिंह उच्च माविका प्राचार्य केशव आचार्यले सचिनाको सम्मानको लागि विद्यालयले शिक्षा कार्यालयलाई दबाब दिईरहेको बताए । ‘कार्यालयले भुलवश भएको बताएकोले अगाडि कुनै प्रकृया नअपनाई संयम अपनाएका छौँ ।’ आचार्यले भने–‘हामीले यो सवाललाई मिलाईसकेका छौँ ।’ उनले आफ्नो विद्यालयबाट सम्पूर्ण कागजात जिल्ला शिक्षा कार्यालयमा पठाउँदा पनि भूल भएको प्रति भने गुनासो व्यक्त गरेको छ ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
शिक्षा गतिबिधी
» जिशिकाको लापर्वाहीले एउटाको पुरस्कार अर्कैलाई
Subscribe to:
Post Comments (Atom)
Post a Comment