0
पोखरा ४ गैह्रापाटनमा रहेको सुगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पोमलाल गिरीको अध्यक्षतामा आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृृष्णप्रसाद ढकाल, सचिवमा नवराज तिवारी, कोषाध्यक्षमा रविन्द्रराज पौडेल, सह–सचिवमा लक्ष्मी न्यौपाने, सदस्यहरुमा शिवप्रसाद गौतम, रोशन श्रेष्ठ, हरिप्रसाद सापकोटा, शान्तरत्न गुभाजु, धर्मदत्त पौडेल र लेखा संयोजकमा भोविन्द्र गिरी निर्वाचित भएका छन् । अधिवक्ता शिवराज वाग्ले निर्वाचन संयोजक र खिमबहादुर गुरुङ्ग सदस्य रहेको निर्वाचन मण्डल एवं शेयर सदस्यहरुको सर्वसम्मतिले पदाधिकारी चयन भएको हो । नवनिर्वाचित अध्यक्ष गिरीले सहकारीको मूल्य, मान्यता र नीतिलाई अवलम्वन गर्दै शेयर सदस्यहरुको हकहित र उच्चतम प्रतिफल दिन आपूm हरदम कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीहरु समय सापेक्ष उत्पादनमुखी सुरक्षित क्षेत्रमा लगानी गरि अगाडि बढ्नुपर्ने बताए । सभामा संस्थाका शेयर सदस्यहरु राधा गुरुङ्ग, जीवन थापा, कृष्ण ताम्राकार र रामनाथ कुँवर खाँडलाई आ.व. २०७१÷०७२ मा उत्कृष्ट कारोबार गरेवापत सम्मान गरिएको थियो । त्यसैगरि २०७१ को प्रवेशिका परीक्षामा उत्तीर्ण शेयर सदस्यहरुका छोरा छोरीहरु विकल भुजेल, योजना अधिकारी, प्रिया गुरुङ्ग, सन्देश पौडेल र सजिना भुजलेलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा अध्यक्ष बावुराम बराल, कोषाध्यक्ष रविन्द्रराज पौडेल र लेखा संयोजक नारायण प्रसाद पौडेलले पेश गरेको प्रतिवेदन सर्वसम्मतले अनुमोदन गरिएको थियो । कार्यक्रममा मिन बहादुर गुरुङ्ग, नवराज तिवारी, लक्ष्मी न्यौपाने र पितमबहादुर सेनले बोलेका थिए ।

Post a Comment

 
Top