0
गोल्डेन न्यूज संवाददाता
नेपाल विद्यार्थी संघ कास्कीको संयोजक सुवास कोइरालाले संघको  विधान–२०२७ को परिमार्जित नियमावली–२०७० अनुसार जिल्ला कार्यसमिति विस्तार गरेका छन् । संगठनको मर्म, भावना, अनुरुप कलम र मसाल अंकित रक्तरञ्जित झण्डालाई सदैव उच्च कायम राख्ने अभियानमा सहभागी रहने प्रण गर्दै निम्न कार्यसमिति बिस्तार गरिएको उनले बताए । उनका अनुसार संघको सल्लाहकारमा निवर्तमान अध्यक्ष कल्याणबाबु भण्डारीलाई मनोनित गरिएको छ । संघको कार्यसमितिमा पदाधिकारीहरुको चयन नगरिएको भएपनि कास्की जिल्ला कार्यसमितिको सदस्यहरुमा बिनोद मरासिनी, अभियान कोइराला, यानी परियार, विशाल बराल, विक्रमादित्य सिंह गिरी, विकास थापा, अन्जान थापा, सूर्य पौडेल, ठाकुर बराल, विष्णु पौडेल, प्रकाश चन्द्र सापकोटा,  हेमन्त पाण्डे, नारायण अधिकारी, पर्वत भण्डारी, कविन्द्र कोइराला, सागर पौडेल, राजिव गिरी, राजन पोख्रेल, विनोद पोख्रेल, संघर्ष कोइराला, गोपी तिवारी, पुरुषोत्तम पंगेनी, कुशल पौडेल, दिपक गुरुङ, विकास गुरुङ, धिरज गुरुङ, बोधराज ढकाल, विश्वास तिमिल्सिना, प्रिन्स जैसवाल, दिपु गुरुङ, अमित गिरी, सन्ध्या अधिकारी, अत्पर्ण चौधरी रहेका छन् । यसैगरी फरहान खाड, सुन्दर पुन, विनय गुरुङ, सविन सुनार, केशव आचार्य, आयुष अधिकारी, तृष्णा न्यौपाने, सुजित कोइराला, सन्तोष आचार्य, राजु ढकाल, अनु सिमल,  सोनु रोनियार, चन्द्र गुरुङ, सुवास थापा समेत जिल्ला कार्यसमिति सदस्यमा मनोनित भएका छन् । यसैगरी पदेन सदस्य क्षेत्रीय अध्यक्षहरुमन कास्की क्षेत्र नं. १ भोजबहादुर गुरुङ, क्षेत्र नं. २ गोविन्द नेपाली, क्षेत्र नं. ३ रेखा भण्डारी र क्षेत्र नं. ४ किरण पौडेलरहेको संयोजक कोइरालाले गोल्डेन न्यूज दैनिकलाई बताए ।
 
यसैबीच नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थानका विद्यार्थी नेता एवं ईकाई कोषाध्यक्ष भिष्मराज जोशी सेती नदीको किनारमा यही भदौ २९ गते चिप्लिएर हराईरहेकोमा प्रेस विज्ञप्ती जारी गरी नेविसंघ कास्कीले दुखित भएको जनाएको छ । नेविसंघ कास्की जिल्ला अध्यक्ष मदनराज पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा कैलाली अत्तरिया स्थायी घर भएका जोशी मेधावी, जेहेन्दार एवं संगठनका लागि कर्तव्यनिष्ठ नेता एवं कार्यकर्ता रहेका थिए । घटना लगत्तै उनको आजका दिनसम्म उद्धारमा खटिएका नेपाल प्रहरी सशत्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा, विद्यार्थी  एवं क्याम्पस प्रशासनले उद्धारमा देखाएको कुशलताप्रति सद्भाव प्रकट गर्दै यथासक्दो उनको स्थिति पत्ता लगाउन नेविसंघ जिम्मेवार निकाय समक्ष आग्रह गर्दछ । विज्ञप्तीमा जनाईए अनुसार क्याम्पस प्रशासनको प्रत्यक्ष निगरानीमा रहेको विद्यार्थीको यो घटनालाई क्याम्पस प्रशासनको कमजोरीको कारणले यो घटना घट्न गएको बताएका छन् । र यथासक्दो क्याम्पस प्रशासनले स्पष्ट पार्नुपर्ने नेवि संघले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ । अन्यथा आफ्नो कार्यकर्ताको लागि नेवि संघ कास्की जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने अध्यक्ष पौडेलले बताए ।

Post a Comment

 
Top