गोल्डेन न्यूज संवाददाता
होटल प्रतिनिधि समाज पोखराले १२ सदस्यीय सल्लाहकार चयन गरेको छ । समाज नवनिर्वाचित दीपेन्द्र पहारीको अध्यक्षतामा हालै सम्पन्न बैठकले १२ सदस्यीय सल्लाहकार समिति चयन गरेको हो । समितिको सदस्यमा संस्थापक अध्यक्ष यामकुमार गुरुङ, पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष भरतराज पराजुली, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सूर्यबहादुर भुजेल, समाजका पूर्व अध्यक्ष लक्ष्मण सुवेदी, भेकेन्द्रकुमार श्रेष्ठ, भीम पराजुली, हरिकुमार श्रेष्ठ, अनिलकुमार सिंह र कृष्ण केसीर खवराज पहारी रहेका छन्। यस्तै समाजको कानुनी सल्लाहकारमा पोखरा उप–महानगरपालिकाका वरिष्ठ कानुनी अधिकृत नारायणप्रसाद शर्मा र प्रेस सल्लाहकारमा प्रेमनारायण न्यौपाने मनोनीत भएको समाजका प्रथम उपाध्यक्ष नगेन्द्रबहादुर थापाले जानकारी दिए । यसैबीच समाजले शुक्रबार पर्यटक बसपार्कस्थित आफ्नै कार्यालय प्राङ्गणमा सल्लाहकारहरूलाई एक कार्यक्रम बीच स्वागत ग¥यो । समाजका अध्यक्ष दीपेन्द्र पहारीले खादा र अबिर लगाएर सल्लाहकारहरूलाई स्वागत गरेका थिए । सो अवसरमा अध्यक्ष पहारीले समाजका गतिविधिलाई आगामी दिनमा के कसरी अगाडि बढाउन सकिन्छ त्यसको लागि सल्लाहकारबाट ठूलो अपेक्षा राखेको बताए । उनले सेभ द फेवा भन्ने नारासहित समाजले भदौ २६, २७ र २८ गते तीन दिन फेवाताल सरसफाइ कार्यक्रम राखिएको हुँदा सो कार्यक्रममा सहभागिता जनाउन सम्पूर्ण सङ्घसंस्थालाई अनुरोध गरेका थिए। समाजले शनिबार बिहान साढे सात बजेदेखि क्याम्पिङचोकबाट सरसफाइको सुरुवात गर्दैछ । कार्यक्रमको सञ्चालन प्रथम उपाध्यक्ष नगेन्द्रबहादुर थापाले गरेका थिए ।समाजको साउन ३० गते सम्पन्न सातौं अधिवेशनले दीपेन्द्र पहारीको अध्यक्षतामा प्रथम उपाध्यक्ष नगेन्द्रबहादुर थापा, द्वितीय उपाध्यक्ष राजेश गुरुङ, तृतीय उपाध्यक्ष हेमराज पराजुली, महासचिव राजकुमार गुरुङ, सचिव बाबुराम आचार्य, कोषाध्यक्ष माधव लम्साल तथा मोहन बस्नेत, प्रविण लामिछाने, राजु सापकोटा, पवनराज बसौला, मोतिराम पौडेल र पुरुषोत्तम न्यौपाने सदस्य रहेको १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको थियो ।
Post a Comment