0
गोल्डेन न्यूज संवाददाता
 टुँडिखेल हेमजा फेदी ट्याक्सी इकाईको आयोजामा हेमजामा प्रथम सेभेन ए साईड ट्याक्सी कप फुटबल प्रतियोगिता–२०७२ हुने भएको छ । शान्ति सद्भाव र समृद्धिः मजदूर÷व्यवसाय बीच एकता र विकासका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता असोज २ गते देखि ४ गतेसम्म हेमजाको गैरी खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ । ट्याक्सी व्यवसाय समिति पोखराको पहलमा हरेक वर्ष समितिमा आवद्ध ईकाईहरुले प्रतियोगिता आयोजना गर्ने प्रचलन अनुसार यो वर्ष टुँडिखेल हेमजा फेदी ट्याक्सी इकाईले पाएको हो । यस अघिको संस्करण भद्रकाली ट्याक्सी इकाईले आयोजना गरेको थियो । टुँडिखेल हेमजा फेदी ट्याक्सी इकाईको यो प्रतियोगित प्रथम भएपनि ट्याक्सी व्यवसायी समितिको पहलमा भएको यो पाँचौं संस्करण हो । प्रतियोगितालाई सम्पन्न गर्नका लागि टुँडिखेल हेमजा फेदी ट्याक्सी इकाईका निर्वतमान संयोजक नारायणबहादुर कुँवरको संयोजकत्वमा एक कार्य सम्पादन समिति समेत गठन गरेको छ । प्रतियोगितालाई सफल बनाउनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । जसमा अर्थ संकलन उप–समितिको संयोजकमा रामचन्द्र सुवेदी, प्रचार–प्रसार उप–समिति संयोजकमा ईन्द्रबहादुर कार्की, मैदान व्यवस्थापन उपसमिति संयोजकमा वसन्त थापा, खेल सामाग्री र रेफ्री व्यवस्थापन उपसमिति संयोजकमा खड्क बहादुर केसी, स्वागत सत्कार उपसमिति संयोजकमा लक्ष्मण भण्डारी रहेका छन् । स्वंयमसेवक उपसमिति संयोजकमा सर्वजित कुँवर, कार्यक्रम सञ्चालन उपसमिति संयोजकमा बावुराम अधिकारी, अनुगमन उपसमितिमा ट्याक्सी व्यवसाय समिति पोखरा, खाजा व्यवस्थापन उपसमिति संयोजकमा खड्कबहादुर केसी, युवा परिचालन उपसमिति संयोजकमा नारायणबहादुर कुँवर रहेका छन् । त्यसैगरि स्वास्थ्य सेवा उपसमिति संयोजकमा ध्रुवबहादुर कुँवर, पार्किङ्ग व्यवस्थापन उपसमिति संयोजकमा शिवराज कुँवर, टीम व्यवस्थापन उपसमिति संयोजकमा कृष्ण श्रेष्ठ, सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा शंकर तिमिल्सिना र सास्कृतिक कार्यक्रम व्यवस्थापन उप–समितिको संयोजकमा नेत्र वुढाथोकी रहेका छन् । प्रतियोगितामा ६ लाख ३० हजार पाँच सय ५४ रुपैयाँ संकलन हुने र पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैया खर्च हुने अनुमान गरिएको छ । ट्याक्सी व्यवसाय समिति पोखराको मुख्य प्रायोजनमा हुन लागेको उक्त प्रतियोगितामा प्रथम हुने टीमलाई ६६ हजार ६ सय ६६ ट्रफि मेडल र प्रमाण पत्र, द्वितीय हुनेलाई ३८ हजार आठ सय ८८ ट्रफि, मेडल र प्रमाण पत्र साथै सान्त्वना हुने दुई टीमलाई पनि नगद पाँचरपाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा ट्याक्सी व्यवासय समिति पोखराको माताहतमा गठन भएको इकईहरुले मात्रै सहभागिता जनाउन पाउने छन् । प्रतियोगिता सफल बनाउनका लागि विभिन्न उपसमितिले आफ्ना गतिविधिलाई तीव्रताका साथ अगाडि बढाएको छ संयोजक कुँवरले प्रतियोगिता लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि सवैलाई सहयोग गर्न आग्रह गरे । टीम दर्ताका लागि तिन हजार रुपैयाँ तोकिएको छ । टीम दर्ता खुल्ला भएकोले समयमा आएर टीम दर्ता गर्न कुँवरले आग्रह गरेका छन् । प्रतियोगितामा २० टीमको सहभागी हुने आयोजकले अपेक्षा गरेको छ ।

Post a Comment

 
Top