गोल्डेन न्यूज संवाददाता
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरामा सोमबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । संस्थाको १९ औं वार्षिकोत्सवमा हरितालिका तीज महोत्सवको अवसर पारी चौथो राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरिएको हो । ३ दिनसम्म चल्ने प्रतियोगितामा ६ टीम सहभागी छन् । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले उद्घाटन गरे । मंगलबार एपीएफले २ खेलमा जित हात पा¥यो । पहिलो खेलमा एपीएफले रुपन्देहीलाई सोझो सेटमा पराजित ग¥यो । एपीएफले २५–३, २५–१० र २५–९ को स्कोरमा रुपन्देहीलाई हराएको हो । खेलमा एपीएफकी सरस्वती चौधरी वुमन अफ दी म्याच भइन् । त्यस्तै पश्चिमाञ्चल भलिबल संघ सँगको अर्को खेलमा उसले २५–१९, २५–१७ र २५–१४ को सोझो सेटमा नजिता आफ्नो पक्षमा पा¥यो । खेलमा एपीएफकी रेश्मा भण्डारी वुमन अफ दी म्याच बनिन् । अर्को खेलमा मध्यमाञ्चल भलिबल संघ प्रतियोगितामा सहभागी नहुँदा नेपाल आर्मीले वाकओभर पायो भने चौथो तथा अन्तिम खेलमा न्यू डायमण्डले ३–१ को सेटमा नेपाल आर्मीको चुनौती समाप्त पा¥यो । न्यू डायमण्डले आर्मीसँगको खेलमा २५–२०, २१–२५, २५–१२ र २५–२२ को स्कोर खडा गरेको थियो ।
खेलमा न्यू डायमण्डकी प्रतिभा माली वुमन अफ दी म्याच घोषित भइन् । मंगलबार बिहान पश्चिमाञ्चल र रुपन्देहीबीच लिगको अन्तिम खेल हुने खेलसंयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मंगलबार नै सेमीफाइनलका खेल सुरु हुनेछन् । प्रतियोगिता विजेतालाई ५० हजार, उपविजेतालाई २५ हजार तथा उत्कृष्ट खेलाडी लगायत विधागत पुरस्कार दिइनेछ । आयोजकले प्याराफिट निर्माण गरी सशुल्क खेल हेर्ने व्यवस्था मिलाएको छ । उता, अन्तरमावि छात्रा भलिबल प्रतियोगिता पनि सुरु भएको छ । खेलमा ८ टिम सहभागी छन् । पहिलो दिनको खेलमा टप्स, भाष्कर मेमोरियल, छोरेपाटन उच्च मावि र इन्द्रराज्यलक्ष्मी उच्च मावि विजयी भए । टप्सले कुमुदिनीलाई २५–७ र २५–१३ को सेटमा पराजित ग¥यो भने भाष्करले सिर्जना उच्च माविको चुनौतीलाई १४–२५, २५–२१ र ९–२२ को स्कोरमा समाप्त पा¥यो । त्यस्तै छोरेपाटन उच्च माविले सान फ्रान्सिस्कोलाई २५–६ र २५–९ को सेटमा हराउँदा इन्द्रराज्यलक्ष्मी उच्च माविले करुणानीधि उच्च माविलाई २५–१२, २४–२६ र ११–१५ को सेटमा हरायो । अन्तरमावि छात्रा भलिबल विजेतालाई २५ हजार र उपविजेतालाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रचार संयोजक अर्जुन अधिकारीले बताए ।

Post a Comment