0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल क्षेत्रीय  खेलकुद विकास  समितिका अध्यक्ष खगराज पौडेलले खेलकुद विकासका लागि सवैको सहकार्य र एकता आवश्यक रहेको बताएका छन् । कास्की जिल्ला खेलकुद विकास समितिले सोमबार आयोजना गरेको खेलकुद क्षेत्रमा रहेका समस्या र सातांै राष्ट्रिय खेलकुद प्रतियोगिता बारे आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै खेलमा हारजित भएपनि खेलको विकासमा  सवैको जित हुने गरि हातेमालो गरेर अगाडि बढने बताए । समग्र पश्चिमाञ्चल र पोखराको खेलकुद विकासका लागि एकता आवश्यक रहेको समेत उनले बताए । खेलकुद क्षेत्रमा भएका समस्या पहिचान गरि समाधान गर्न अन्तत्र्रिmया कार्यक्रम आयोजना गरिएको बताए । उनले समस्याको पहिचान नगरि निराकरण नहुने भन्दै आआफना योजनाहरु ल्याउन आग्रह गरे । उनले संघहरुले ल्याएका योजनालाई पुरा गराउन आवश्यक सवै ठाँउमा पहल गर्ने जिम्मेवारी आफूहरुको भएको बताए  । उनले कास्की जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षक विहिन खेलहरुका लागि प्रशिक्षक पठाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षण विभाग प्रमुखलाई पत्र पठाइएको जानकारी दिए । कास्कीमा रहेका विभिन्न खेलकुद संघहरुले खेलाडीहरुको संरक्षण, खेलकुद मैदानको अभाव, पोखरा रगंशालामा खानेपानी, शौचालय  र खेल प्रशिक्षक  उपलब्ध गराउन क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिका पदाधिकारीलाई आग्रह गरे । बोल्दै अधिकांश खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधिले प्रशिक्षकको अभावले खेल गतिविधि अगाडि बढन नसकेको गुनासो गरेका थिए । केहीले मैदान अभाव, खानेपानी र शौचालयले खेलाडीलाई आवश्यक खेल क्षेत्रमा टिकाउन समस्या भएको बताएका थिए । उनीहरुले खेल प्रशिक्षणका लागि जग्गा उपलब्ध गराउन आग्रह समेत गरेका थिए ।कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले  खेल प्रशिक्षक, खानेपानीको र शौचायलको समस्यालाई समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले पोखरा रगंशालाभित्र रहेको बोरिङलाई संचालनका लागि प्रक्रिया सुरु गरिने बताए । खेलकुदमा नयाँ जोश र जागरका साथ नयाँ टीम आएको बताउँदै सबैसंग सहकार्य गरेर अगाडि बढने बताए । युवा र नयाँ नेतृत्व जोश र जागरका साथ आएको बताउदै पोखरा रगंशालाको भौतिक पूर्वाधार र खेलाडीहरुका समस्या समाधान गर्न ध्यान दिने बताए ।

Post a Comment

 
Top