गोल्डेन न्यूज संवाददाता
पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठानको आयोजनामा वर्तमान परिस्थितिमा राष्ट्रियताको सवाल विषयक अन्तरक्रिया कार्यक्रम एवं दोस्रो साधारण सभा शनिवार पोखरामा एक समारोहका बिच सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि एवं वक्ता साध्यबहादुर भण्डारीले राष्ट्रियताको विषयमा आफ्नो धारणा राख्दै राष्ट्रियता देखिने हुनु प¥यो ना कि कोठे राष्ट्रियता र सुगौली सन्धीदेखि हालसम्म आउंँदा विदेशीहरुको नजर नेपालप्रति दिने भन्दा पनि लिने बढी हुनाले र हाम्रा राजनेताहरुमा दक्षिण तर्फको मोह बढी हुंदा राष्ट्रियता खतरामा परेको कुरा राख्दै स्व. वि.पी कोईरालाले तत्कालीन अवस्थामा लिएको राष्ट्रभक्तिको उदाहरण प्रस्तुत गरे । उनले आफ्नो हक र अधिकारको बारेमा नेपालीले जारी गरेको संविधान राम्रो भएतापनि सबै पक्ष नसमेटिंदा आज यो अवस्था आएको र यसैको फाईदा भारतले लिन खोजेको भन्दै हाम्रा राजनीतिक दलका नेताहरुको भारतप्रतिको मोहले यो अवस्था आएको र डा. बावुराम भट्टराईले गरेको विपा सम्झौता पनि नेपालीहरुको हितमा नभएको र त्यसमा उहां आफैं चुकेको आज छर्लङ्ग भएको दृष्टान्त प्रस्तुत गरेका थिए ।
पांच वटा बुंदामा केन्द्रीत रहेर प्रमुख अतिथि भण्डारीले गरेको मन्तव्यका लागि टिप्पणीकारद्वय गोपाल शिवाकोटी चिन्तनले पद्मरत्न र दमननाथ ढुंगानाले आज विदेशीका सामु लम्पसार परेर हाम्रो आफ्नो पहिचान निमिटयान्न पार्न खोजेको र संसारमा ९० प्रतिशत भन्दा बढी जनप्रतिनिधि हरुबाट जारी नेपालको संविधानका अन्तर वस्तुमा केही भिन्न मत रहे पनि संसारका उत्कृष्ट दश भित्र पर्ने भनि यसमा भारतको नकारात्मक प्रवृतिको खुलेर विरोध गर्नु पर्ने बताउंदै त्यसका लागि आजैबाट लाग्नु पर्ने बताए ।

अर्का टिप्पणीकार नेकपा एमाले अनुशासन आयोगका पूर्व के.सदस्य शेषमणि आचार्यले प्रमुख अतिथिबाट व्यक्त चीनले पनि जव सम्म तिव्बत मोह राख्छ तब सम्म हामी नेपालीहरुमा कुनै परिवर्तन नआउने भनी दिएको अभिव्यक्ति प्रति आफ्नो टिप्पणी प्रस्तुत गर्दै नेपाल सधैं एक चिनको पक्षमा रहेको र यसमा दुविधा गर्न नहुने भनी नेपाली राजनीतिक दलले सधैैं एक आपसमा मिलेर अघि बढेको खण्डमा देश प्रगतिउन्मुख हुने स्पष्ट पारे ।
प्रतिष्ठानका अध्यक्ष दिवाकर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वामपन्थी विश्लेषक एवं राजनीतिज्ञ रामराज रेग्मीले राष्ट्रियताका वारेमा जानकारी गराउँदै यथार्थपरक राष्ट्रभक्त र राष्ट्रियता प्रस्तुत गर्नु पर्ने बताए । कार्यक्रममा सचिव ठाकुर प्रसाद सुवेदी र कार्यवाहक कोषाध्यक्ष प्रदिप सुवेदीले प्रतिष्ठानबाट हाल सम्म भए गरेका प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Post a Comment