गोल्डेन न्यूज संवाददाता
कक्षा १२ पास गरेर कृषि पढ्न चाहनेहरुका लागि छुटै पुस्तक निस्केको छ । मंगलबारबाट बजारमा आएको पुस्तक कक्षा १२ पास गरेर कृषि पढ्न चाहने विद्यार्थीले नाम निकाल्नका लागि तयारी कक्षाका लागि पुस्तक उपयोगी हुने छ । लम्जुङ्ग कृषि क्याम्पसमा रहेको अनेरास्ववियु लम्जुङ्गले पुस्तक तयार गरि प्रकाशन गरेको अनेरास्ववियु लम्जुङ्ग कृषि क्याम्पस कमिटीका सदस्य जगदीश नाथ योगीले जानकारी दिए । कृषि पढ्नेका लागि तयारी गर्ने पुस्तक नभएका कारण आफूहरुले तयार गरेका योगीको भनाई छ । लम्जुङ्ग कृषि क्यापसमा अध्ययरत टपर विद्यार्थीहरुले पुस्तक तयार गरेका हुन् । पुस्तकमा अहिले सम्म सोधिएका प्रश्न र सम्भावीत प्रश्न उत्तर रहेको योगीले जानकारी दिए । पुस्तकको गौरब न्यौपानेले सम्पादन गरेका छन् । पुस्तकको ४ सय ५० रुपैया मूल्य रहेको योगीले जानकारी दिए । नेपाल भर तीनवटा क्यापसमा कृषि पढाइ हुँदै आएको छ । ती क्याम्पसमा करिब २ सय ५० जना विद्यार्थीले प्रत्येक वर्ष पढ्ने अवसर पाउने गर्दछन् । पढ्नका लागि करिब ५ हजार विद्यार्थीले आबेदन दिने गर्दछन् ।
Post a Comment