नेपालको संविधान– २०७२ राष्ट्रपति डा. रामवरण यादवबाट जारी भएको छ । लामो प्रतिक्षापछि देशको मुल कानुन त जारी भयो के अब विकासको पाटोमा पनि देश अगाडि बढ्ने सम्भावना छ ? जब देशमा शान्ति सुरक्षा राम्रो हुन्छ तबमात्र देश विकासमा अगाडि बढ्न सक्दछ । विकासको महत्वपूर्ण खुड्किलो भनेको नै शान्ती र स्थायित्व हो । शान्तीबिना देशले विकासमा गति लिने सक्दैन । नेपालको संविधान–२०७२ ले सबै जाति, धर्म समुदाय सबैको हक अधिकार स्थापित गरेको हुनाले अब देशमा शान्ति आउने छ । नेपालीको झण्डै ६५ वर्षदेखिको आफ्नै भाग्य र भविष्य कोर्ने संविधान बनाउने चाहना पुरा भएको छ । सम्पूर्ण नेपाली गौरवान्वित भएका छौं । यसका लागि दोस्रो संविधानसभामा आफ्ना प्रतिनिधि चुनेर पठाएका थियौं । हाम्रो आशा, भरोसा र विश्वास पुरा गर्नको लागि परेका सुशिल कोइराला, केपि शर्मा ओली र पुष्पकमल दाहालले जनतालाई गुन लगाई इतिहासमा सच्चा जनताका नेताका रुपमा आफुहरुलाई चिनाएका छन् । हामी सवै नेपाली जनता वा हिमाल पहाड तराई मदेश नेपाली जनताको तर्फ देखि मुरीमुरी धन्यवाद दिन्छौं । अब हामी नेपाली एक भइ नेपालको निर्माण गर्नका लागि काधमा काध हातमा हात मिलाई अगाडि बढ्नु छ, हामी बीच केही हक अधिकार वा सुविधा सिमांकनमा विवाद भए पनि सवै कुराहरु एक आपमा वसी छलफल गरी मिल्दै जानेछन् ।
नेपालमा अब संघीय लोकतान्त्रीक गणतन्त्रको जग बसेको छ । कसैका असहमती भए पनि यसै भित्रबाट निकासका बाटा खुल्ने छन् । हामीले सर्व प्रथम राष्ट्र र राष्ट्रियतालाई सर्वोपरी मानि बहुजात, वर्ण, धर्म, संस्कृति, लिङ्ग सवैको साझा फुलवारी नेपाललाई हाम्रो संस्कृति, परम्परा र प्रकृतिको अनुपम सुन्दरताले सिंगारीएको विश्वको एक मात्र देश हो यसको सुभाष विश्वमा फैलाऔं । यस्तो सुन्दर देशको संविधान पनि सुन्दर नै बनेको छ । संविधानको स्वागत देशभरी खुशी र उत्सव सिंगो मुलुक संविधानको स्वागतमा रमाएको पाइयो । नेपालको संविधान बनाउनका लागि संविधानसभालाई लामो समय लागेको छ भने ३२८ घण्टा ४५ मिनेटमा संविधानसभाले संविधान दिन सफल भयो यसरी संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ ।
संविधान दिनको लागि संविधानसभा ६ सय ७ दिन चलेको थियो यसैको फलस्वरुप विश्वको उत्कृष्ट संविधान नेपालले पाएको छ । यस संविधानमा भाग ३७ घार ३०८ र अनुसुची ९ रहेको छ । यो संविधानका धारामा छलफल हुँदा र धारा पारित गर्दा ५९७ सभासद मध्य ५०७ जना सभासदले यसको समर्थन गरेका थिए वा मतदान गरेका थिए भने यस संविधानको विपक्षमा २५ जना सभासदले मतदान गरेका थिए । संविधान निर्माण गर्दा अरु ६५ जना सभासद उपस्थित नै भएन भने संविधानमा हस्ताक्षर गर्ने सभासदको संख्या ५३७ रहेको छ । संविधान निर्माण गर्ने क्रममा सवै भन्दा जटिल विषय भनेको सिमांकन नै थियो । त्यसैगरी गाउँ कार्यपालीकाको वडा अध्यष देखि देशको कार्यकारी प्रमुखको विषयमा पनि गहन छलफल भैइ निकास निसकेको छ । नेपालीको आफ्नो भविष्य आफै लेख्ने सपना पुरा भएको छ । अब देशमा शान्ती, विकास निर्माण र अमनचैनको स्थितिको सुनिश्चिता बढ्दै गएको छ । यसको पछाडी सवै दलका प्रमुख नेता र सवै सभासदलाई श्रेय दिन हिचकिचाउनु हुँदैन । त्यसका अलावा नेपाली जनता, आम नागरिक समाज, बुद्धिजिवि, पत्रकार, शिक्षक, पेशाकर्मी, उद्योगी व्यवसायिक लगाएत सम्पूर्ण श्रमजिवि नेपालीको त्याग बलिदानले गर्दा संविधान जारी हुन सम्भव भएको छ । नेपालको संविधान २०७२ असोज ३ गतेलाई एउटा महत्व पूर्ण दिनको रुपमा लिइएको छ । असोज ३ लाई मानिसहरुले अनेक इतिहास र घटनाका मिति र तिथिसँग गाँसेर हेर्ने गरेको पाइएको छ । विश्व भरको इतिहास र नेपालको इतिहासको खोजी गर्ने हो भने असोज ३ मा ठूलो घटना परिघटना विभिन्न हिसावले महत्वपूर्ण दिनको रुपमा भएको ठिक २० महिना पछि नयाँ संविधान आएको छ । संविधान आए पछि नेपाल नयाँ मार्गमा प्रवेश गरेको छ । बहुप्रतिक्षित नयाँ संविधान बनाउका लागि ९०५ भन्दा बढी अभिमतका साथ पारित हुन, नेपालको लागि गौरवको विषय हो । वर्तमानमा देखिएका केही असन्तुष्टिका स्वरहरुलाई आगामी दिनमा रुपान्तरित संसदबाट निकास निकाल्ने कोशिष पक्कै पनि हुने छ । हाम्रो देशका केही नेताको क्षणिक स्वार्थका कारण नेपालले आजसम्म निकै दुःख व्यहोर्नु प¥यो, आफैले जन्माएको संविधानलाई कार्यान्वयन गर्ने र राष्ट्रिय एकतालाई टुट्न नदिने दिशामा हाम्रा राजनेताहरुलाई सजक बनाइ राख्नुपर्छ । नेपालको संविधानको पारम्भ भाग १ र भाग ४ को राज्यले निर्देशक सिद्धान्त नीति तथा दायित्वमा समाज वादवारे उल्लेख छ । प्रस्तावनामा लोकतान्त्रिक मुल्य र मान्यतामा आधारित समाजवाद प्रति प्रतिवद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्ने उल्लेख छ । राष्ट्रिय अर्थतन्त्रलाई आत्म निर्भर स्वतन्त्र तथा उन्नतिशिल बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक मुल उद्देश्य रहने छ । त्यस्तै भाग ४ को निर्देशक सिद्धान्तमा भनिएको छ नेपाल स्वतन्त्र अभिवाज्य सार्वभौसमत्ता सम्पन्न धर्म निरपेक्षा समावेशी लोकतान्त्रिक समाजवाद उन्मुख संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । अधिकांश परचालन स्रोत साधन तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण तुलनात्मक लाभका क्षेत्रको पहिचान गरी उद्योगको विकास र विस्तारद्वारा निर्यात प्रवद्र्धन लगाएत विषय पारित संविधानमा समावेश गरिएको छ । राष्ट्रिय अर्थतन्त्रको विकासका लागि उद्योगधन्दा स्रोतको संरक्षण र प्रवद्र्धन गरी नेपाली श्रम सिप र कच्चा पदार्थमा आधारित स्वदेशि लगानीलाई प्राथमिकता, आयात प्रतिस्थापन निर्यात प्रवद्र्धनको क्षेत्रमा बैदेशिक पुजी तथा प्रविधिको लगानीलाई आकर्षित गर्दै पूर्वाधार विकासमा प्रोत्साहन गर्नुपर्दछ । नेपालको संविधान २०७२ ले संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो तहको बजेट बनाउने छन् । प्रदेश र स्थानीय तहले बजेट पेश गर्ने समय संघिय कानुन बमोजिम हुनेछ । संविधानमा भनिएको छ संघ, प्रदेश र स्थानिय तहले आर्थिक अधिकार सम्बन्धी विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने नीति तथा योजना तजुमा स्रोतको प्रयोग वा विकासबाट प्राप्त लाभको समन्वयिक वितरणको व्यवस्था गर्नूपर्ने छ । लाभको निश्चित अंश सेवा वा वस्तुको रुपमा परियोजना प्रभावित क्षेत्र र स्थानीय समुदायलाई कानुन बमोजिम वितरण गर्नुपर्ने छ । स्थानीय समुदायलाई सवै क्षेत्रमा सामेल गराई अगाडि बढ्नुपर्ने हुन्छ । संघ, प्रदेश र स्थानिय तहको स्रोतको बाँडफाँडको विषयमा राम्रो ध्यान पुराएर गर्नुपर्ने हुन्छ जति स्रोत र साधनको उपयोग राम्रोसँग गरिन्छ उति देश निर्माणको गतिमा अगाडि बढ्दछ । अब संविधान पारित भएपछि ग्रामिण क्षेत्रका सर्वसाधारण उत्साहि बन्दै संविधानले स्थापित्व प्रदान गर्नेमा आशावादी देखिएका छन् । यस जिल्लाका स्थानिय सञ्चार माध्यमहरुबाट पनि संविधानसभाबाट जारी संविधानको पक्षमा प्रचारप्रसार गर्ने काममा ठूलो भूमिका खेलेका छन् । संविधानले सवैको प्रतिनिधित्व गरेको छ । यो संविधानमा सैद्धािन्ीक र नीतिगत रुपले हेर्ने हो भने संविधानले परिवर्तनका मुलभूत मुद्धाहरुलाई निर्णायक रुपले संस्थागत गरेको छ । जुन आफैमा महत्वपूर्ण उपलब्धी हो ।

नेपाली जनताले चुनेका प्रतिनिधि आफैले पहिलो पटक लेखेको नेपालको जनमैत्री संविधान जारी भईसकेको छ । वि.सं. २०६३ साल देखि शुरु भएको लामो एवम् पट्यारलाग्दो संक्रमणकालको अन्ते भएको छ । संविधानसभाबाट नेपालको संविधान बन्दैन भन्ने भ्रमको पनि गलत सावित भएको छ । अब यस संविधानको कार्यान्वयन पक्ष कडाइका साथ लागू गर्नुपर्छ । संविधान घोषणा भएको खुसीयालीमा असोज ३ र ४ गते देश भरी दिपप्रज्वलन गरी मनाइएको छ । भने नेपालका ठूलो र साना दल मिलि देशभर संयुक्त आमसभाहरु भउका थिए । संविधान निर्माणमा भएका राम्रा नराम्रो पक्षको जानाकारी गराइएको थियो । संविधान निर्माणको समयमा मुलुकको ठूलो जनधनको क्षति व्यहोरेको छ । यस्तो परिस्थितिमा पनि संविधान जारी भयो यसको अपनत्व सबैले लिनैपर्छ । नेपालमा लिखित संविधानको आधारमा शासन व्यवस्था सञ्चालन गर्ने क्रम ६८ वर्ष भयो भने यो संविधान सातौं संविधान हो । नयाँ संविधानको महत्वपूर्ण पक्ष त यसको प्रक्रियानै हो । संविधान जनताको मतबाट संसद प्रतिनिधिहरुको हातबाट संविधान बनेको छ । यसको सफल कार्यान्वयन भएमा देश अग्रगतिमा अगाडि बढ्ने छ ।
साभार ः जनमञ्च
साभार ः जनमञ्च
Post a Comment