0
लायन्स क्लब अफ पोखरा सेती गण्डकी र लयान्स क्लब अफ गोल्डेन चौतारीको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव रहेको बेला लायन्स क्लबले आकस्मीक रुपमा रक्तदान कार्यक्रम गरेको लायन्स क्लब अफ पोखरा सेती गण्डकीका अध्यक्ष मिलन थापाले बताइन । लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बि वानका गभर्नर धुव्र बहादुर थापाले पहिलो रक्तदाता पश्चिम पृतनाका हबल्दार जंगबहादुर ठाडा लाई ब्लड ब्याग हस्तान्तरण गरि रक्तदानको उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रममा डिष्ट्रिक्ट एड्भाइजर दिनबन्दु पौडेल, एमजेएफ किशोर बराल, डिष्ट्रिक्ट एरिया कोअर्डिनेटर दुर्गा ढकाल, रिजन चियर पर्सन देव कुमारी हिराचन लगायतले रक्तदानको महत्व बारे बोलेका थिए । रक्तदान कार्यक्रममा पश्चिम पृतनाका सेना, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका सदस्यहरु, तथा आयोजक लायन्सका सदस्य र अन्य आमन्त्रितले रक्तदान गरेका थिए । लायन्स क्लब अफ पोखरा सेती गण्डकीका अध्यक्ष मिलन थापाको अध्यक्षतामा भएको कार्यक्रम संचालन सचिव कल्पना थापाले गरेका भने स्वागत सोविता खड्काले गरेका थिए ।

Post a Comment

 
Top