गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल मंगलबार मित्रराष्ट्र चीनको १० दिने अध्ययन अवलोकन भ्रमणमा निस्केको छ ।भूकम्पपछि शिथिल बनेको पोखराको पर्यटन उद्योगलाई माथि उकास्न, लगानीका अवसरहरुबारे जानकारी लिन तथा नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको संघका कार्यबाहक अध्यक्ष प्रकाशदेव पालिखेले बताए । भ्रमण टोेलीको नेतृत्व पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले गरेका छन् । भ्रमण दलमा संघका प्रथम उपाध्यक्ष देव क्षेत्री, द्वितीय उपाध्यक्ष मीनराज काफ्ले,महासचिव रविन्द्रबहादुर प्रजु, कार्यसमिति सदस्यहरु सीता गुरुङ,अर्जुन पोखरेल, अमितराज मुल्मी, बलराम आचार्य र सुनिल गुरुङ तथा संघका कार्यकारी निर्देशक टोपबहादुर थापा रहेका छन् । भ्रमण टोलीलाई संघका कार्यवाहक अध्यक्ष प्रकाशदेव पालिखेले बिदाई गरे । संघका अध्यक्ष विन्दुकुमार थापाका अनुसार टोलीले हङकङ, चीनको व्यापारिक सहर ग्वान्जाओ,सांघाई, बेइजिङ लगायतका सहरहरुको भ्रमण गर्नेछ । ग्वान्जाओमा रहँदा प्रतिनिधिमण्डले त्यहाँ आयोजना हुने विज्ञापन मेलामा सहभागिता जनाउनुका साथै उद्योव वाणिज्य संघसँग अन्तरक्रिया समेत आयोजना गर्नेछ । भूकम्पपछि पनि पोखरा सुरक्षित छ भन्ने सन्देश प्रवाहित गर्नु भ्रमणको मुख्य उदेश्य भएको बताउँदै अध्यक्ष थापाले त्यसका लागि सांघाइ र बेइजिङमा हुने द्विपक्षीय छलफल पोखरा प्रवद्र्धनमै केन्दित रहने जानकारी दिए ।
Post a Comment