0
गोल्डेन न्यूज संवाददाता
हरितालिक तीजको अवसरमा भाद्र ३० गते आदर्श समाज (सामाजिक संस्था) पोखरा–१२ रानीपौवाले आफ्नै प्राङ्णमा सातौं खुल्ला तीज गीत प्रतियोगिता तयारीलाई अन्तिम चरणमा पु¥याएको छ ।
 
‘पर्व तथा संस्कृति जर्गना गरौँ, तीज पर्व भव्य रुपले सफल पारांै’ भन्ने मूल उद्देश्यका गर्ने तीज गीत प्रतियोगिताको लागि शान्ता बाँस्तोलाको मूल संयोजकत्वमा गठित १९ सदस्यीय मूल समितिले आफ्नो जिम्मेवारीलाई पूरा गर्दे अन्तिम चरणमा पु¥याएको छ । प्रतियोगितामा स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकार उपस्थिति रहने छ । प्रतियोगितामा मुख्य प्रायोजक सागर ज्वेलर्स न्यूरोड र प्रायोजकमा ग्लोवल कलिजियट उमावि रानीपौवा रहेको छ । प्रथम पुरस्कार १० हजार, द्वितीय  ७ हजार, तृतीय  ४ हजार ५ सय सान्त्वना  २ हजार उत्कृष्ट, नृत्य १ हजार ५ सय उत्कृष्ट भेषभूषा १ हजार ५ सय रहने छ भने कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न टोल, छरछिमेक, व्यापारी, संघसंस्था र शुभेच्छुकहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आर्थिक सङ्कलन भइरहेको क्लवले जनाएको छ ।
 
संस्थाको २५औँ वर्ष तथा रजत वर्षको अवसर पारेर वर्ष भरि विभिन्न खालका सांस्कृतिक, धार्मिक, सामाजिक, आर्थिक, शैक्षिक, नैतिक गतिविधिमा अझ बढी प्रभावकारी रुपले संस्थालाई अगाडि बढाउने संस्थाका पूर्व अध्यक्ष एवं सातौँ खुल्ला तीज गीत प्रतियोगिताका कोषाध्यक्ष वसन्तराज कोइरालाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top