गोल्डेन न्यूज संवाददाता
दोश्रो पोखरा ओपन टेनिस प्रतियोगिता सोमबारदेखि पोखरा रंगशालामा शुरु भएको छ । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ्गले एक समारोहका बीच प्रतियोगिताका प्राविधिक संयोजक निरज थापालाई बल हस्तान्तण गर्दै प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै उनले पोखरा रंगशालामा थप टेनिस कोर्ट निर्माण गर्न समितिले राखेप र खेलकुद मन्त्रालयसंग समन्वय गर्ने बताए । त्यस्तै पोखराका टेनिस प्रशिक्षकका लागि पनि राखेपसंग अनुरोध गर्ने पनि गुरुङ्गले बताए । टेनिस कोर्ट नजिकै ट्याक्सि प्रशिक्षण भैरहेकोमा यसले यहाँ आउने खेलाडीलाई अफ्ट्यारो परेको भन्दै छिट्टटैनै त्यसलाई पनि उचित स्थानमा व्यवस्थापन गर्ने उनले बताए । प्रतियोगिताको उद्घाटन खेलमा राजन पौडेलले पदम गुरुङ्गलाई ६–३, ६–० को सोझो सेटमा पराजित गरे । त्यस्तै ‘बि’ क्याटोगोरितर्फको खेलमा सक्षम विजुक्छेले वीरेन्द्र लामामाथि कठिन जित निकाले । पहिलो सेट ६–३ ले आफ्नों पक्षमा पारेका विजुक्छेले दोश्रो सेट ३–६ मा लामालाई सम्पिए । तेश्रो सेट सुपरटाईमा १०–७ ले आफ्नों पोल्टामा पार्दै उनले पनि प्रतियोगितामा विजयी शुरुवात गरे । त्यस्तै ‘ए’ तर्फको अर्को खेलमा धरमबहादुर लामिछानेले धर्म कोइरालालाई ६–४, ६–२ ले पराजित गरे । पहिलो सेटमा ४–१ ले पछि परेका लामिछानेले त्यसपछि सम्हालिएको खेल प्रस्तुत गर्दै जित हाँसिल गरेका हुन् । ए तर्फकै अन्य खेलमा अनिल शाहीले नविन श्रेष्ठलाई ६–०,६–२ ले तथा निरज थापाले शरण गुरुङ्गलाई ६–१, ६–१ ले पराजित गरे भने शंकर कार्की र नविन चालिसेवीचको खेल खराब मौसमका कारण पुरा हुन नकसेको प्रकाश रानाले जानकारी दिए । वि तर्फका अन्य खेलमा लक्ष्मण पहारीले प्रेम सुवेदीलाई ६–२, ६–१ ले, सुरेश श्रेष्ठले राजेन्द्र घिमिरेलाई ६–२, ६–१ मा पराजित गरे । यसअघि कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रतियोगिता संयोजक शान्ता श्रेष्ठले स्वागत तथा खेलाडी सूर्य भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए । २६ गते सम्म चल्ने प्रतियोगितामा पुरुष एकल तथा डबल्सका इभेण्टहरुमा प्रतिस्पर्धा हुने छ ।
Post a Comment