कास्की चापाकोट गाविस वडा नं. ७ स्थित श्री सिद्धबराह उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पराजुली सम्मानित भएका छन् । शिक्षा दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय कास्कीले मंगलबार आयोजना गरेको एक कार्यक्रममा पराजुलीलाई सम्मान गरिएको हो । पराजुलीलाई उच्च मावि तथा मावि तहको उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्षको रुपमा राष्ट्रिय शिक्षा सम्मान प्रदान गरिएको हो । पराजुली चापाकोट गाविसका पूर्व अध्यक्ष एवं नेपाल किसान संघ कास्कीका अध्यक्ष समेत हुन् । पराजुलीसंगै भगवती निमावि पुम्दी–भुम्दीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्णप्रकाश गुरुङ समेत सम्मानित भएका छन् । उनलाई प्रावि÷निमावि तहमा उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्षको रुपमा राष्ट्रिय शिक्षा सम्मान प्रदान गरिएको हो । यसैगरी सामुदायिक विद्यालयबाट एसएलसी परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने दाङसिं मोहरिया मावि दाङसिंका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज गुरुङ समेत जिल्ला शिक्षा सम्मानबाट सम्मानित भएका छन् । उनीहरुलाई निमित्त क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोलाले सम्मान गरेका हुन् । निमित्त स्थानीय विकास अधिकारी एवं जिल्ला शिक्षा समितिका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment