0
गोल्डेन न्यूज संवाददाता
पोखराको सिर्जनाचोकमा रहेको सञ्चय बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा नारायण कार्की सर्बसम्मत निर्वाचित भएका छन् । सहकारीको १६औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट कार्कीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा पीताम्बर शर्मा, सचिवमा गणेशबहादुर थापा, कोषाध्यक्षमा रेखा थापा कार्की निर्वाचित भएको प्रवन्ध निर्देशक जगन श्रेष्ठले जानकारी दिए । सहकारीका सञ्चालकहरुमा सूर्यबहादुर गुरुङ, ईन्द्रकमल मानन्धर र भगवान प्रसाद उपाध्याय चयन भए । त्यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजकमा यज्ञराज शर्मा र सदस्यमा कृष्णा श्रेष्ठ र नेत्रनारायण सुवेदी चयन भएको श्रेष्ठले जानकारी दिए । ऋण समितिका संयोजकमा करुणानिधी शर्मा, सदस्यमा नवीनबहादुर अधिकारी र भोलानाथ पौडेल निर्वाचित भएका छन् ।
साधारण सभाको अवसरमा ७५ वर्ष उमेर पुरा भएका शेयर सदस्य फणिनारायण पोखरेललाई दोशल्लाबाट सम्मानित गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । ‘एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीहरु १३ जनालाई नगदसहित सम्मान गरियो,’ अध्यक्ष कार्कीले भने । सहकारीले आगामी ४ वर्षभित्र २ हजार शेयर सदस्य पु¥याउने लक्ष्य लिएको छ । सहकारीमा अहिले करिब १२ सय शेयर सदस्य छन् । शेयर पुँजी बृद्धि गरी १० करोड पु¥याउने तथा लगानी ७३ करोड पु¥याउने लक्ष्य छ । ‘चार वर्षभित्र निक्षेप ७० करोड पु¥याउने लक्ष्य साधारणसभाबाट लिइएको छ,’ कार्कीले भने ।
सहकारीले पोखराको नागढुंगामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । आफ्नो भवन बनाउनका लागि जग्गा खरिद गरिसकेको सहकारीले जलविद्युत परियोजनामा पनि लगानी गरेको छ । नेशनल को–अपरेटर्स एलाइन्सका अध्यक्ष डिल्लिराम तिवारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा तारा पाखे, डा. पुष्पराज शर्मा, तारादेवी दुवेलगायतले बोलेका थिए ।

Post a Comment

 
Top