0
नेष्डो नेपालको २०औं वार्षिकोत्सवलाई वर्षभरी विभिन्न कार्यक्रम सहित मनाउने क्रममा एक दिने लघु वित्त प्रवद्र्धन एवम् सेवा विस्तार कार्यक्रम वाग्लुङ्ग जिल्लाको वलेवामा वुधवार सम्पन्न भयो । संस्था स्थापनाको २०औं वर्षको अवसरमा चालु आर्थिक वर्ष २०७२÷७३ मा ८० हजार विपन्न परिवारलाई लघु वित्तीय सेवामा पु¥याउनुको साथै सेवामा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले यस वर्षभर लघुवित्त प्रवद्र्धन एवम् सेवा विस्तार अभियान सञ्चालन गर्न लागेको हो । अभियान अन्तर्गत वाग्लुङ्ग वलेवामा आयोजित कार्यक्रममा वोल्दै संस्थाका कार्यकारी प्रमुख विश्वप्रकाश प्रसाईले देशमा राजनीतिक परिवर्तनको लागि जति नै पहल भए पनि आर्थिक विकासमा खासै ध्यान पुग्न नसकेको वताए ।  कार्यक्रममा नेपाली काँग्रेस पुँयुपाटाका उपसभापति रत्नकर शर्मा, मनकामना महिला स्वावलम्वन केन्द्र केन्द्र नं. ६३ का प्रमुख राधिका कुँवरले नेष्डो नेपालले महिलाको आर्थिक सम्वृद्धि एवम् शसक्तिकरणमा पु¥याएको योगदानको खुलेर प्रशंसा गरेका थिए । नेष्डोको वाग्लुङ्ग शाखाका प्रवन्धक सुगत पौडेलको अध्यक्षता, संस्थाका लघु वित्त प्रमुख विश्ववन्धु प्रसाईको स्वागत गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

Post a Comment

 
Top