गोल्डेन न्यूज संवाददाता
हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपाल रेडक्रस सोसाइटी राखी युवा रेडक्रस सर्कल लेखनाथ नगरपालिका वडा ४ र ५ ले १८औँ खुल्ला तीज गीत प्रतियोगिता एवम निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । तीज गीत प्रतियोगीतमा नविना रानाभाटको समूह प्रथम, खास्टे तालबाराही समूह द्वितीय, स्वेच्छा भण्डारीको समूह तृतीय र वविता ढुङ्गानाको समूह सान्त्वना भएका छन् । प्रतियोगितामा उत्कृष्ट भेषभूषामा मन्जिता अधिकारीको समूह र उत्कृष्ट नृत्यमा ममता बन्जरालाई पनि पुरस्कृत गरिएको थियो । विजेता समूहलाई नगद पुरस्कार सहित प्रमाणपत्रको वितरण गरियो । यसअघि कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति वामदेव ढुङगाना हरितालिका तीजको अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गरेका थिए । प्रतियोगितामा ईश्वरी प्रसास अधिकारी, मनहरी ढुङगाना र सन्तोष सुवेदीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा पानी पिउने प्रतियोगिता पनि अत्यान्त रमाइलो ढंगबाट गरिएको थियो । उक्त प्रतियोगितामा गोमा बन्जरा बिजेता भइन । कार्यक्रमका अतिथि कलाकार सन्तोष सुवेदी र सिमरन कुँवरको साँगीतिक प्रस्तुतिमा दर्शकहरुको उल्लेख्य साथ रहेको थियो । कार्यक्रमको राखिएको निःशुल्क स्वास्थ्य शिविरमा ७३ जनाले स्वास्थ्य जाँच गराएको थिए । कार्यक्रममा विमल भण्डारी, राजन ढुंगाना, विकास रानाभाटलाई उत्कृष्ट स्वयमसेवकको सम्मान गरिएको थियो । राखि युवा रेडक्रस सर्कलका अध्यक्ष सन्दिप ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक विमल भण्डारीले गरेका थिए भने कार्यक्रमको संचालन विकास रानाभाट र राजन ढुङ्गानाले गरेका थिए ।
यसैगरी पोखरा–१० मा रहेको रामघाट महिला समूहले आयोजना गरेको खुल्ला पाँचांै तीज तीज प्रतियोगिाता सम्पन्न भएको छ । संविधान सभाका सभासद शारदा पौडेलले उद्घाटन गरेको प्रतियोगितामा १८ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा मनकामना दिदी बहिनी समूह विन्ध्यवासिनी प्रथम, एकलधारा आमा समूह द्वित्तीय, प्रेममाया राना मगरको समूह बाग्लुङले तृतीय स्थान हासिल गरेका छन् । प्रतियोगितामा अंमरसिह दृष्टि विहिन समूह र कास्की नेत्रहिन संघ बुढीबजारको समूहले सान्त्वना स्थान प्राप्त गरे । प्रथम, द्वित्तीय, तृतीय र सान्त्वना हुनेले क्रमश ः १० हजार पाँच सय, ७ हजार पाँच सय, पाँच हजार पाँच सय र एक हजार पाँच सय रुपैयाँ नगद पुरस्कारको साथमा प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेका छन् । यसैगरी उत्कृष्ट नृत्यतर्फ मट्रोपोलिटन एकेडेमी रामघाट र उत्कृष्ट भेषभूषामा ढिकालेथर फुच्ची समूह उत्कृष्ट भएका छन् । रामघाट लक्ष्मीनारायण मन्दिर प्राङ्गणमा भएको प्रतियोगितामा चर्चित लोकदोहोरी गायक प्रजापति पराजुली, प्राज्ञ हरिदेवी कोइराला, गायक पदमराज ढकाल, दुर्गाप्रसाद कोइरला लगायतको प्रस्तुतिमा सहभागीहरु नाचेर साथ दिइएका थिए । कार्यक्रमका निर्णायक संयोजक लोकदोहोरी गायक दुर्गा प्रसाद कोइरालाले सवै समूहको प्रस्तुति उत्कृष्ट रहेको बताउदै उत्कृष्टबाट सर्वोत्कृष्ट समूह छनौट परेको बताए । आयोजक समूहका अध्यक्ष अनिता तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सरिता तिमिल्सिना, कार्यक्रम सञ्चालन समूहका सचिव कलावती तिमिल्सिना, अनु श्रेष्ठ र सीता तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा स्थानीय ज्येष्ठ महिला, एकल महिलाहरुलाई सम्मान गरिएको थियो ।
यसैगरी अर्घौंकालिका युवा क्लब ले आयोजना गरेको पाँचौं खुल्ला तीजगीत प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन गर्दे कार्यक्रमका प्रमुख अतिथि क्रियाशील पत्रकार महिला समूह कास्कीका अध्यक्ष महिला अधिकारकर्मी सरिता तिम्सिना पगेनीले तीज गीतमा महिलाहरुले महिलाअधिकार र सशक्तिकरणका विषयवस्तुलाई पनि समावेश गर्न आग्रह गरिन् । प्रतियोगितमा दिदिबहिनी आमा समूह प्रथम, कालिका इङ्लिस बोडिङ स्कूलको समूह द्वितीय, नबिना घिमिरेको समूह तृतीय, शान्ति मैदान आमा समूहले सान्त्वना स्थान हासिल गरेका थिए भने उत्कृष्ट भेषभूषा अनू थापाको समूहले हात पारेको छ । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिव कृष्ण के.सी, कालिकाका सचिव शोभाखर ढकाल, महिला अधिकार मञ्च कालिकाका अध्यक्ष विष्णुमाया पौडेल, सामुदायिक सेवा केन्द्रका राजेश भण्डारी, वैदेशिक परामर्शका वीरेन्द्र भण्डारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा हाँस्य कलाकार दिपक थापा, पोखरेली पाँडे रामचन्द्र अधिकारी, दोहोरी कलाकार सपना सुनार, सजना बाँस्तोला, अनिल कुमार ढकाल, पद्म थापा, मधु चापागाइँ, रविन खड्का लगायतको प्रस्तुति रहेको थियो । क्लबका अध्यक्ष रविराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य सदस्य सागर अधिकारी, कार्यक्रमको संचालन श्रीकृष्ण तिमिल्सिनाले गरेका थिए ।
यसैगरी जागृति युवा कल्व थुम्कीको आयोजनामा थुम्कीमा आयोजित हरितालिका तीज महोत्सव सम्पन्न भएको छ । महोत्सवमा छिमेकी गाविसबाट पनि दर्शक आएको बताइन्छ । महोत्सवमा भलिवल प्रतियोगिता, ठेला हान्ने प्रतियोगिता एवं स्थानीय कलाकारहरुको प्रस्तुतिमा दर्शक आकर्षित बनेका थिए । पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनालले कार्यक्रम उद्घाटन गर्दै महोत्सवले स्थानीय कला संस्कृतिको पहिचानमा सहयोग पु¥याउने बताए । कुल ८ वटा टीमले भाग लिएको कार्यक्रममा सूर्य भुजेल, भिम बहादुर नेपाली, अर्जुन वि.क, भोजराज ओझा, मनमाया गुरुङ, सूर्य भुजेल, नगेन्द्र रुपाखेती, राजेन्द्र सुवेदी, लोकगायक सन्तोष अधिकारी, मिरा अधिकारी, गा.वि.स सचिव रामचन्द्र भण्डारी लगायतले बोलेका थिए । विकास ओझाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन रामहरी ओझाले गरेका थिए ।
यसैगरी नेपाली महिलाहरुको माहान पर्व हरितालिका तीजको अवसरमा नेकपा एमाले र अखिल नेपाल महिला संघ वडां न. ११ फूलवारीको संयुक्त आयोजनामा खुल्ल तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका कास्की जिल्ला इन्चार्ज मानबहादुर जिसीले महिलाहरुलाई तीज पर्वको अवसरमा यस्तो तीज गीत प्रतियोगिता गरेर महिला भित्र रहेका आन्तरिक प्रतिभाको विकास हुने बताए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य मित्रकुमारी गुरुगं सुवेदीले महिला बीचको सम्बन्ध अझ प्रगाढ हुन सक्ने यस तीज पर्वलाई बढी तडक–भडक नगर क्षमता अभिवृद्धिको रुपमा मनाउनुपर्नेमा जोड दिए । अनेम संघकी केन्द्रीय सचिव श्रृजना शर्माले आप्mनो संस्कृति जर्गेना गर्नका लागिमात्र यो पर्व मनाउने हैन अतिसाधारण पहिरनमा श्रृजनात्मक कार्यको सुरुवात गरी मनाउन पर्ने बताइन । कार्यक्रममा केन्द्रिय सल्लाहकार गजकुमारी गुरुङ, अनेमा संघ जिल्ला कास्कीका कार्यवाहक अध्यक्ष रत्न गुरुङ, नगर अध्यक्ष गंगा कुँवर, नगर समन्वय समितिका संयोजक पवित्र गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा बीस समूहको सहभागिता रहेको थियो र सहभागिहरुमा प्रथम हुने प्रेमा राना मगरको समूह नदीपूर, द्वितीय काम धेनु आमा समूह, तृतीय मगर नेपाल एकाई राम बजार, चौथो परोपकार सर्वेश्वर आमा समूह मासवार भए भने सान्त्वना धरहरा आमा समूह काँहु र परोपकार सर्वेश्वर महिला समूह गैह्रापाटन र उत्कृष्ट नृत्यमा निशा सुवेदी, दिदी बहिनी समूह फूलवारी र भेषभूषामा पुरानो कलधारा १२ बाल क्लब विजय भएको छ ।
यसैगरी नेपाली महिलाहरुको माहान पर्व हरितालिका तीजको अवसरमा नेकपा एमाले र अखिल नेपाल महिला संघ वडां न. ११ फूलवारीको संयुक्त आयोजनामा खुल्ल तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका कास्की जिल्ला इन्चार्ज मानबहादुर जिसीले महिलाहरुलाई तीज पर्वको अवसरमा यस्तो तीज गीत प्रतियोगिता गरेर महिला भित्र रहेका आन्तरिक प्रतिभाको विकास हुने बताए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य मित्रकुमारी गुरुगं सुवेदीले महिला बीचको सम्बन्ध अझ प्रगाढ हुन सक्ने यस तीज पर्वलाई बढी तडक–भडक नगर क्षमता अभिवृद्धिको रुपमा मनाउनुपर्नेमा जोड दिए । अनेम संघकी केन्द्रीय सचिव श्रृजना शर्माले आप्mनो संस्कृति जर्गेना गर्नका लागिमात्र यो पर्व मनाउने हैन अतिसाधारण पहिरनमा श्रृजनात्मक कार्यको सुरुवात गरी मनाउन पर्ने बताइन । कार्यक्रममा केन्द्रिय सल्लाहकार गजकुमारी गुरुङ, अनेमा संघ जिल्ला कास्कीका कार्यवाहक अध्यक्ष रत्न गुरुङ, नगर अध्यक्ष गंगा कुँवर, नगर समन्वय समितिका संयोजक पवित्र गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा बीस समूहको सहभागिता रहेको थियो र सहभागिहरुमा प्रथम हुने प्रेमा राना मगरको समूह नदीपूर, द्वितीय काम धेनु आमा समूह, तृतीय मगर नेपाल एकाई राम बजार, चौथो परोपकार सर्वेश्वर आमा समूह मासवार भए भने सान्त्वना धरहरा आमा समूह काँहु र परोपकार सर्वेश्वर महिला समूह गैह्रापाटन र उत्कृष्ट नृत्यमा निशा सुवेदी, दिदी बहिनी समूह फूलवारी र भेषभूषामा पुरानो कलधारा १२ बाल क्लब विजय भएको छ ।
यसैगरी बाकोट वराह क्लव, दाङसिङ कास्कीको आयोजनामा विभिन्न खेलकुदका तथा साँस्कृतिक कार्यक्रम जारी छ । बिहीवार भएको दाङसिङ युवा क्लव र पोखरा शान्ति टोलबीचको भलिवल खेलमा दुई सेटले दाङसिङ विजयी भएको छ । भलिवल प्रतियोगितामा १५ समुहको सहभागिता रहेको छ । बाँकी खेलहरु शुक्रवार हुने क्लव सचिव विशाल गुरुङले जानकारी दिए । यसैगरी लेखनाथ नगरपालिका वडा नं.१२ ढुङ्गेपाटन स्थित प्रगतिशील महिला समूहले आयोजना गरेको दोस्रो ढुङ्गेपाटन तीज मेला बुधबार सम्पन्न भएको छ । मेलामा खुल्ला तीज गीत प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता र मकैका दाना संख्या पहिचान गर्ने प्रतियोगिता समेत आयोजना गरिएको थियो । कुल २२ समूह सहभागी भएको तीजगीत प्रतियोगितामा सीता अधिकारीको समूह लेनपा १३ प्रथम भई रु.८ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको थियो ।
त्यसैगरी लेखनाथ मेमोरियल बोर्डिङ्ग स्कूल अनामनगर लेखनाथले दोस्रो स्थान प्राप्त गरी रु.६ हजार नगद पुरस्कार सहित प्रमाणपत्र पत्र प्राप्त गरेको थियो । त्यसैगरी लेखनाथ १२ खुदी निवासी भूमिका बसौलाको समूहले तृतीय स्थान र त्रिभुवन शान्ति उच्च मावि खुदीले सान्त्वना स्थान प्राप्त गरी नगद रु.४ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरेका छन् भने उत्कृष्ट नृत्य तर्फ सिद्धिविनायक बोर्डिङ्ग स्कूलकी छात्रा वर्षा रानाभाट भए । त्यस्तै रस्साकस्सी प्रतियोगितामा लेखनाथ १२ ढुङ्गेपाटन निवासी रविलाल अधिकारीको टोली विजयी भएको छ भने घैंटो फुटाउने प्रतियोगिता मा लेखनाथ १२ निवासी विष्णु प्रसाद सुवेदी र मकैको दान संख्या पहिचान गर्ने प्रतियोगितामा ढुङ्गेपाटन निवासी दधिराम भट्टराई विजयी भएका छन् । कार्यक्रममा नारी सेवा समिति कास्कीका अध्यक्ष सिता बरालले बोलेका थिए । समूहकी अध्यक्ष ईन्दिरा तिवारीको अध्यक्षतामा सम्पन्न मेलाको संयोजक समूहकी सदस्य विष्णु सुवेदी रहेकी थिइन । कार्यक्रम सम्पन्न गराउन प्रेम प्रसाद चुवाईलाई घैंटो फुटाउने प्रतियोगिता उपसमिति संयोजक, सविन तिवारी लेखना बाल संरक्षण क्लवलाई मकैको दाना संख्या पहिचान प्रतियोगिता उपसमिति संयोजक, रस्सा कस्सी प्रतियोगिता संयोजक गजेन्द्र प्रसाद चुवाई, आर्थिक संकलन उपसमितिमा सावित्री बाँस्तोला र माया पौडेल रहेका थिए । मेला अन्तर्गत तीजगीत प्रतियोगितामा प्राज्ञ सभासद् नगेन सिंहको संयोजकत्वमा कलाकार मोति गिरी र दुर्गा न्यौपाने सदस्य रहेको निर्णायक समिति गठन गरिएको थियो ।a
Post a Comment