गोल्डेन न्यूज संवाददाता
भाद्र कृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको दिनको सम्झनामा शनिबार विभिन्न कार्यक्रमका साथ जन्माष्टमी पर्व पोखरामा धूमधाम मनाइएको छ । जन्माष्टमीको अवसर पारि पोखराका विभिन्न धार्मिक संघ–संस्था, आमा समूह र विभिन्न संस्थाहरुले एक तथा संयुक्त ¥याली, झाँकी प्रदर्शन गर्नुका साथै भुजन चूड्का समेत प्रदर्शन गरे । यसैक्रममा पोखरा उप–महानगरपालिका वडा नं. १८ राधाकृष्ण टोलमा रहेको राधाकृष्ण मन्दिरमा विविध कार्यक्रम गरियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभासद शारदा पौडेलले कृष्ण जन्माष्टमीको धार्मिक एवं सांस्कृतिक महिमा आफ्नै प्रकारको रहेको भन्दै आफूलाई धार्मिक कार्यक्रममा आउनु पाएकोमा खुशी व्यक्त गरिन । पौडेलले नेपालका राजनीतिक दलहरुको आफ्नो स्वास्थका कारण धर्मलाई संकटमा नपार्न समेत आग्रह गर्दै नेपालमा करिव ८४ प्रतिशत हिन्दु धर्म मान्ने धर्मावलम्बीहरु रहेको हुँदा जनमत संग्रह गरेर धर्मको ढुंगो लगाउन समेत आग्रह गरिन । कार्यक्रममा विशेष अतिथि भागवत भाष्कर युवा पण्डित कमलनयन, नेपाली काँग्रेस इकाई १८ का सभापति बोधबहादुर कार्की, ए माओवादीका इकाई अध्यक्ष खड्क वि.क., वडा नारिक मञ्च १८ का संयोजक ललितबहादुर बानियाँ, टोल समन्वय समिति १८ का अध्यक्ष तोरण खड्का, महिला समन्वय समिति १८ की अध्यक्ष इन्द्रामाया बानियाँ,समाजसेवी रोमबहादुर कार्की मिरा आचार्य, लगायतले बोलेका थिए । राधाकृष्ण मन्दिरबाट सुरु भएको विभिन्न संघ संस्थाहरुको ब्यानर सहितको भजन किर्तन, नाचगान सहितको सांस्कृतिक झाँकी वडा कार्यालय १८, मनकामना टोल, शुभकामना टोल, मसिना, खाल्टे हुँदै राधाकृष्ण टोल मन्दिरमा आएर कार्यक्रममा सहभागी भएको थियो । उपस्थिति भजनकीर्तन सहितको झाँकीमा प्रथम ब्रहमाकुमारी ईश्वरी विद्यालय विद्यालय छिनेडाँडा, द्वितीय दुर्गा भगवती आमा समूह, तृतीय श्री शुक्रराज उच्च मा.वि. र सान्त्वना समाज सुधार आमा समूह मनकामना टोल भएको थियो । कर्यक्रममा प्रमुख अतिथि पौडेलले समाजमा रही योगदान गरेको विभिन्न व्यक्ति तथा मन्दिरका पूर्व अध्यक्षहरुलाई टोपी, र कदर पत्रले सम्मान गरेकी थिइन् भने मन्दिर व्यवस्थापनका लागि रु.१ लाख १ हजार दिने प्रतिवद्धता समेत व्यक्त गरेकी समितिका कोषाध्यक्ष खिमबहादुर जि.सी.ले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । मन्दिर संरक्षण समितिका अध्यक्ष टिकाराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सरिता कार्की र सञ्चालन सचिव गोविन्द भण्डारीले गरेका थिए ।यसैगरी पोखरा उप–महानगरपालिका वडा नं. ५, पस्र्याङस्थित राधाकृष्ण मन्दिर, सहनशिल महिला समूह, श्रीपति कोइराला गुठी परिवार, साधाकृष्ण शिवालय टोल विकास संस्थाको संयुक्त रुपमा आयोजित कृष्णाष्टमी शोभायात्रा महोत्सवमा निकालिएको झाँकी, भजनकीर्तन सहितको ¥यालीले पोखरा नगर परिक्रममा ग¥यो । यसैगरी पोखराको लामाचौरमा भएको भजन चुड्का प्रतियोगिता मा बडहर बोट आमा समूह प्रथम भएको छ । शुक्ला साहित्य समितिले आयोजना गरेको प्रतियोगितामा पञ्चासे भजनकीर्तन समूह द्वितीय, हरिश्चन्द्र भजन समूह तृतीय, र संरक्षण आमा समूह सान्त्वना भएको छ । विजयी समूहलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत उदयबहादुर रानामगर समितिका संरक्षक कुञ्जराज थापा, समाजसेवी हरि बरुवाल, नरनाथ भट्टराई, वसन्त तिमिल्सेना, मोहन सुनार, कृष्णचन्द्र भट्टराईले पुरस्कार वितरण गरे । कार्यक्रममा मिलिजुली भजन समूहले सुदामाको कथा सहितको भजन नृत्य प्रस्तुत गरेको शिवहरि अधिकारीले जानकारी दिए । समितिका अध्यक्ष इन्दु भट्टराईकको अध्यक्षतमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगरले धार्मिक सद्भाव बढाउन यस्ता कार्यक्रमले सहयोग पु¥याउने बताए । कार्यंक्रममा संरक्षक कुञ्जराज थापा, पूर्व अध्यक्ष नेत्रबहादुर बानियाँ, निर्णायक मण्डलका शान्तिरमण पौडेल, विस्नुहरी ढकाल, सिर्जना थापा, कार्र्यक्रम संयोजक डोब बहादुर थापा, कुल बहादुर लगायतले भजन संस्कृतिका बारेमा पछिल्लो पुस्तालाई जानकारी दिन कार्यक्रम सफल भएको बताएका थिए । कार्यक्रममा अन्नपूर्ण आत्म निर्भर बाल आश्रमका बालबालिकाले मंगलधून प्रस्तुत गरेका थिए । ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको विश्वास छ । मामा कंश लगायतको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गराएका थिए । बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधासँग गरेको प्रेमप्रसंगका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलनोत्सवका रुपमा पनि मनाउने गरिन्छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसका अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा अवतरण गरेको मानिन्छ । कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गरेका थिए । कौरव र पाण्डवकाबीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यका पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा कृष्णले युद्धको शिक्षा थिए । मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षाका लागि धरतीमा अवतरित कृष्णले कंस, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिलाई अन्त्य गरेका थिए । पर्वको अवसरमा पोखरामा रहेको विन्ध्यवासिनी मन्दिरका साथै विभिन्न स्थानमा रहेका कृष्ण तथा राधाकृष्ण मन्दिर, ललितपुर पाटनको मंगलबजारस्थित श्रीकृष्ण मन्दिर, काठमाडौं गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित कृष्ण भावनामृत संघको मन्दिर, हाँडीगाउँस्थित पीपलबोटभित्र रहेको कृष्णमन्दिर लगायत देशभरका कृष्ण मन्दिरमा पूजा आराधना गर्नेको बिहानैदेखि भिड लागेको छ । विभिन्न स्थानमा रथयात्रा तथा शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । जन्माष्टमीमा महिलाहरू व्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति संगीत गाउँछन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास छ ।
Post a Comment