गोल्डेन न्यूज संवाददाता
पोखराको सबैभन्दा पुरानो र ठूलो क्याम्पस पृथ्वीनारायण बहुमुखी क्याम्पस स्थापना भएको ५६ वर्ष पुगेको छ । क्याम्पस स्थापना भएको ५५ वर्ष पूरा गरी ५६ वर्ष प्रवेश गरेको अवसरमा क्याम्पसले आफ्नो ५६ औं वार्षिकोत्सव मनाएको छ । एक कार्यक्रमका वीच झण्डोत्तोलन गर्दै क्याम्पसले वार्षिकोत्सवको विविध कार्यक्रम सम्पन्न ग¥यो । क्याम्पसमा २५ वर्ष भन्दा वढी प्राध्यापन तथा सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा प्रदान, विद्यार्थीहरुलाई विभिन्न व्यक्तिहरुद्वारा स्थापित छात्रवृत्ति वितरण ग¥यो । क्याम्पसमा २५ वर्षसम्म निरन्तर प्राध्यापन सेवामा लागेका प्रा.डा. अक्कलदेव मिश्र, प्रा.डा. कुशुमाकर न्यौपाने, उपप्राध्यापक जनपुकार मुननकमी, र कार्यालय सहयोगी राम आचार्यलाई क्याम्पसले दीर्घसेवा पदकवाट सम्मान ग¥यो । वार्षिकोत्सवको अवसर पारेर पूर्व क्याम्पस प्रमूख गणेशवहादुर गुरुङद्वारा आफ्ना स्व.वुवा शेरवहादुर तथा मुमा पूर्णकुमारी गुरुङको नाममा स्थापना गरेको शेरवहादुर तथा पूर्णकुमारी गुरुङ पुरस्कार समेत वितरण ग¥यो ।शेरवहादुर तथा पूर्णकुमारी गुरुङ पुरस्कारद्वारा सम्मानित हुनेहरुमा राजनीतिशास्ततर्फ अर्जुन वस्नेत, समाजशास्त्रतर्फ रुपक कोइराला, अर्थशास्ततर्फ प्रभा शर्मा, भूगोलतर्फ तुलसीप्रसाद पौडेल, जनसंख्यातर्फ रेखा सुवेदी छन् । उनीहरुलाई नगद जनही पाँच÷पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र द्वारा सम्मान गरिएको सो पुरस्कार गुठीका अध्यक्ष उमानाथ बरालले बताए । मानविकी तथा समाजशास्त्र स्नातकोत्तर तहको फरक ६ विषयको प्रथम वर्षको परीक्षामा सर्वाधिक अंक ल्याउने विद्यार्थीहरु लाई विगत तीन वर्षदेखि उक्त पुरस्कार वितरण गरिदै आएको वरालले प्रष्ट पार्नुभयो ।त्यस्तै, क्याम्पसका पूर्व प्राध्यापक गोविन्दप्रसाद जोशीद्वारा आफ्ना माता पिता मुक्तिध्वज÷सूर्यकुमारी जोशी शिक्षा पुरस्कारद्वारा शिक्षा संकाय विएडबाट सर्वोत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रा जेहेन्दार विद्यार्थीहरुलाई सम्मान ग¥यो । क्याम्पसले आशिष केसी र कमला श्रेष्ठलाई मुक्तिध्वज÷ सूर्यकुमारी जोशी पुरस्कार प्रदान ग¥यो । त्यस्तै, क्याम्पसको वार्षिकोत्सवको अवसर पारेर १२ उपप्राध्यापक तथा १० जना कर्मचारीलाई सम्मान ग¥यो । सम्मानित हुने उपप्राध्यापकहरुमा चद्रनाथ अधिकारी, रामचन्द्र पोखरेल, सूर्यवहादुर जिसी, हरिप्रसाद सुवेदी, निर्मलकुमार कार्की मनवहादुर भुजेल, अर्जुनप्रसाद सुवेदी, सनतकुमार श्रेष्ठ, दिपेन्द्र पराजुली, राधादेवी शर्मा, कमल वहादुर कोइराला र नविनकुमार अधिकारी छन् । उनीहरुलाई कदरपत्र, दोसल्ला र मायाको चिनो करुवाद्वारा सम्मान गरिएको हो ।त्यस्तै, सम्मानित हुने कर्मचारीहरुमा उपप्रशासक माधवप्रसाद ताम्राकार, ल्याव अधिकृत अम्मरवहादुर थापा, मुख्य कार्यालय सहायक पूर्णवहादुर गुरुङ, ल्याव असिष्टेन्ट निराजनवहादुर थापा, ईडिटर राजेन्द्र सुवेदी, कार्यलय सहायक गुनादेवी राणा, कार्यलय सहायक शालिकराम पौडेल, सिनियर चौकीदार लोकवहादुर कार्की, कार्यालय सहयोगीहरु कमलवहादुर मगर र ओमलाल जलारी छन् । उनीहरुलाई कदरपत्र, दोसल्ला र मायाको चिनो करुवाद्वारा सम्मान गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि एवं क्याम्पसका संस्थापक जर्ज जोन सरले क्याम्पससंग आवद्व हुनेहरुले शिक्षाको आदर्शलाई भुल्न नहुनेमा जोड दिए । शैक्षिक आदर्शलाई आत्मसाथ गरेर व्यवहारमा उत्रन सकेमा नै क्याम्पसको गरिमा वढ्न सक्ने उनको भनाई थियो । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्यहरु कोमलनाथ वराल र ऋषि सापकोटा, सम्मानित प्रा.डा. अक्कलदेव मिश्र, प्राध्यापक ईकाई संघका वेदनाथ शर्मा, कर्मचारी संघका रामविक्रम राणा, अखिल क्रान्तिकारीका क्षितिज सापकोटा, अनेरास्ववियुका विवेक देवकोटा, नेविसंघका वालकृष्ण सापकोटा, अनेरास्ववियु छैटौंका दानवहादुर सारुमगर लगायतले शुभकामाना दिएका थिए ।क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्रवहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रा. दिपकचन्द्र वाग्लेले गरेका थिए । प्रा. नन्दलाल अधिकारीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन क्याम्पसका सन्ध्याकालीन प्रमुख चोलाकान्त ओझाले गरेका थिए ।
Post a Comment